१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

के अमेरिकी लोकतन्त्रले ट्रम्पलाई सुधार्लान्?

दिवाकर बागचन्द

काठमाडौं — जनवरी २० तारिख २०१७ मा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ ग्रहण गर्नेछन् | उनको शपथ ग्रहणको बेला ठुलो बिरोध प्रदर्शन हुने निश्चितप्राय: छ | बिरोध गर्न पाउनु सबैको अधिकार हो | यो लोकतन्त्रको आधारभूत मान्यता हो | तर ट्रम्पको शपथ ग्रहणको बिरोधको नैतिक आधार छैन |

के अमेरिकी लोकतन्त्रले ट्रम्पलाई सुधार्लान्?

किन भने उनले चुनाव जीतेका हुन् | उनको छाडा बोलि, चरित्र, व्यापारिक स्वार्थ र भद्दा आवरणका बावजूद अमेरिकी जनताले उनलाई चुन्यो | यसलाई लोकतन्त्रको त्रासदी भन्नुस् या सौन्दर्य जनतालाई गलत निर्णय गरेर पछुताउने अधिकार यसले दिन्छ | 

अमेरिकीका अगाडी बर्नी स्यानडर्स चरित्रवान, गरिब, कम्जोरका आवाज र सामाजिक न्यायका सच्चा नायक थिए | उनी डेमोक्रेटिक पार्टीको तर्फबाट प्रत्याशी हुन सकेनन् । अनुभवी तर परम्परागत राजनीतिज्ञ हिलारी क्लिन्टनलाई राष्ट्रपतिको प्रत्याशी बनाईयो | उनको काबिलियत भन्दा महिला राष्ट्रपतिको प्रत्याशी भनेर महिला हुनुलाई ठुलो योग्यता ठानियो | हिलारी शासकीय अहंकारले चूर थिइन् | बर्नी स्यानडर्सलाई उनले मान्छे गनिनन् । फलस्वरूप ट्रम्प जस्ता संचारमाध्यमले भुसुना र हाँसोका पात्र बनाइएका व्यक्ति राजनीतिज्ञको रूपमा उदाए |

डोनल्ड ट्रम्प र बर्नी स्यानडर्समा धेरै समानता थिए । दुवै पार्टी संस्थापन विरोधी, लोकप्रिय र अमेरिकाको बाह्यहस्तक्षेप विरोधी पात्रहरू थिए । बाहिर भन्दा देशभित्रका समस्या समाधानमा लाग्नु पर्छ भन्ने दुवैको अजेण्डा थियो, तर किन ट्रम्प रिपब्लिकन टिकट जितेर अन्ततोगत्वा रास्ट्रपति भए, र बर्नी पार्टी भित्रै हार मान्न तयार भए । पार्टी संस्थापन बिरुद्ध लड्न बर्नी धेरै शालिन भए तर ट्रम्प भने चतुर स्वभावका हुनाले साम, दाम, दण्ड, भेद प्रयोग गरेर एक पछि अर्को विजय हासिल गर्दै गरे । महिला, बिपन्न, शोषित पीडितको प्रतिनिधित्व नितान्त आवश्यक छ यो सर्वमान्य सिद्धान्त पनि हो | तर, महिला हुनु नै पीडित हुनु नै र शोसित हुनु नै मात्र योग्यता मान्ने हो भने यसले समाजलाई गुणस्तर विहीन बनाउँछ । को-को भन्दा बढी पिछडिएको छ भन्ने प्रमाणित गर्न होड नै सुरु हुन्छ ।

नतिजा हामीले देख्यौ ट्रम्पले चुनाव जिते | नतिजा जे सुकै होस् लोकतन्त्रमा चुन्ने र फाल्ने दुइटै ताकत हुन्छ | बराक ओबामाले आफ्नो फेयरवेल स्पीचमा भने झैँ "अमेरिकी जनता र लोकतन्त्रले मलाई असल राष्ट्रपति र मानिस बनायो ।" हो, यदि अमेरिकी लोकतन्त्रमा दम छ भने यसले ट्रम्पलाई असल राष्ट्रपति र मान्छे बनाउने छ | ट्रम्पले चीन र रसियासंग मिलेर काम गर्ने एउटा फरक खालको धारणा राखेका छन् | उनी आप्रवासीहरु प्रति बढी नै अनुदार देखिएका छन् | त्यसैले उनले आन्तरिक व्यवस्थापनमै धेरै समय खर्चने सम्भावना छ | जसका कारण इराक युद्ध जस्ता मानव संहारको सम्भावना कम हुने छ र शायद बिश्व शान्त रहने छ | ट्रम्प चुनि सके | उनलाई मौका दिनै पर्छ | राम्रो गरे बिश्वको मन जित्ने छन् | नराम्रो गरे लोकतन्त्रले उनका लागि नर्कको ढोका खोलि दिनेछ | लोकतन्त्र जिन्दाबाद .......​

प्रकाशित : माघ ६, २०७३ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?