कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

राष्ट्रियता 'अन द गो'

सुधन सुवेदी

काठमाडौं — राष्ट्रलाई केन्द्रमा राखेर सोच्नु नै राष्ट्रियता हो । देशका बारेमा सही सोच राखेर सोही अनुरुप काम गर्नु नै देशलाई माया गरेको ठहरिन्छ । बोल्ने र गर्नेबीच यसलाई जोडेर हेर्ने चलन हाम्रो समाजमा पुरानै हो ।

राष्ट्रियता 'अन द गो'

गफमा विकासको साँचो नै आफ्नो हातमा भए झैं प्रस्तुत हुने अनि कामका बखत खोज्दा नभेटिने प्रवृत्ति हाबी छ हामीमा । सामाजिक सञ्जालको छहारीमा बिक्ने विषय भएको छ राष्ट्रियता । अनेक मोडेल र रंगमा यसका रुप देखाइएका छन् । परस्पर विरोधी कुरामा राष्ट्र जोड्ने सोझा मान्छेलाई पछि लगाउने सपना देखाउने, अनेक बहाना बनाएर कामबाट पन्छिने नेता अनि उनीहरुलाई पत्याउने हामी जनताको मेल बेजोड छ । आकास पाताल छुने कुरा गर्नेले धरातल बिर्सेको उदाहरणहरु प्रशस्त छन् ।

देश रेमिट्यान्सले धानेको छ । त्यही पैसो पठाउने मुन्छे विदेशमा छन् तिनीहरुलाई निर्वाचनमा सरिक गराइयोस् । डा. भट्टराईले यसो भनेर सञ्जालमा लेख्दा फेरि एक तरंग पैदा भएको छ ।
एकथरी समाज बिग्रेकामा चिन्ता गर्छन् । अर्कालाई दोषी देख्छन् । गाली गर्‍यो, जति चर्को भयो उति बढी ताली । के गर्ने, कसो गर्ने कुनै भेउ छैन । फगत् बोलीमा बिकाउन तल्लीन । यिनका पछाडि धेरै छम् ।

अलिक अघि एक पार्टीले स्थानीय चुनाव जित्ने अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाको रिपोर्ट भनेर सञ्जालमा देखियो । ती पार्टीका अन्धभक्तले बेजोडले शेयर गरे । भरे त्यो त गलत समाचार कसरी फैलिन्छ भनेर अध्ययनका लागि गरिएको प्रयोग थियो । हो यस्तै ब्राण्डको राष्ट्रियताले हामीलाई उभो लाग्न दिएन । गफ र भाषणमा चर्का, व्यवहारमा अत्तोपत्तो नहुनेहरु ।

यसै सन्दर्भमा ट्रक साहित्यको एक अंश सान्दर्भिक देखिन्छ ।

जिन्दगीले छिचोल्नुछ अझै थुप्रै गल्छिहरु ।
आकाश छुने कुरा गर्छन् धर्तिका अल्छिहरु ।।

अनि अर्काथरी कुरो गर्दैनन्, चर्चामा आउनु नि छैन यिनलाई । खालि आफ्नो काम सको अनि बाटो लाग्यो । यस्ता मान्छे धेरै ठाउँमा ओझेलमा परेका छन् । र यिनले गर्ने काम न राष्ट्रसेवा भयो न यिनमा राष्ट्रियता दख्ने चश्मा हामीसँग रह्यो ।

गैह्र आवासीय नेपालीका बारेमा कुरो उठ्ने बितिकै रगत उम्लेर विष ओकल्न केही तम्तयार हन्छन् भने अन्य बचावटमा । अनि यी बहस र झगडाले समाजलाई उर्जाशील बनाउनु पर्ने समाजशास्त्रीय कुरो पनि यस्तै प्रसङ्गमा फेल हुन्छ । यी कहिले नटुंगिने बहसबाट काममा रुपान्तरण ज्यादै न्यून भएको देखिन्छ ।

जुन उर्जा अरुलाई गलत सावित गर्न, अन्यका काम केही होइन भन्न खर्चिन्छौं त्यसको केही अंश मात्र सृजनात्मकतामा मात्र प्रयोग भएको भए यस्ता विषयमा लेखिरहनुपर्ने स्थिति आउँदैन थियो होला । यही प्रसङ्गमा संसार हल्लाउने स्टिभ जब्सको एप्पलको लोगोको कुरो विचारणीय छ ।

आधि टोकिएको त्यसमाथि कालो स्याउलाई लोगो बनाउने कुरो हाम्रा अगाडि जब्सले राखेका भए धेरले अस्वीकृत गर्ने थियौं होला । आज यही लोगो अनि ब्राण्डले संसार पिटेको छ । अनि ब्राण्ड भन्ने कुरो चित्र वा आकृति मात्र हैन अपनत्व पनि हो । अरुका कुरा सुन्न नसक्ने, सुनेर बहस नगर्ने सिधै आइडियालाई भएन भन्ने जमात ठूलै छ । र हाम्रामा जब्स जस्ता दिमाग भएकाहरु अरुका तल बसेर काम गर्न नै वाध्य छन् ।

राष्ट्रियता त त्यस्ता दिमागहरुलाई ठाउँ दिनु हो नि । प्रोत्साहन गर्नु हो । जसरी डाक्टरले खालि विरामी देख्छ तेसरी गर्न सकिने कुरोमा अवरोध नगरी साथ दिए गर्नेले धेर गर्थे । रेलिङ्ग भाँच्ने, टायर बाल्ने राष्ट्रियता नभएर बिरामी मानसिकताको उपज मात्र हो ।

देशमा बसेर माखो नमार्ने, क्रान्तिकारी कुरो गर्ने भन्दा त विदेश मै भए नि देशका लागि गर्ने उत्तम हैन र । अनि कसले के बोले भनेर विवाद गर्नु साटो काम गर्नेका काम मात्रैको मूल्याङ्कन भयो भने बाहिरिएका नि देश आउँथे यही पसिना बगाउँथे । राष्ट्रियताका सवालमा मुख हैन हात हेरियोस् सच्चा अर्थमा यो परिभाषित हुने थियो ।

प्रकाशित : श्रावण २२, २०७४ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?