२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४
विविधा

Bibidha

जनादेश

वाक् स्वतन्त्रतामा दोहोरो मापदण्डको उदाहरण सोनुकुमार

सोनुकुमार सुनुवारलाई राष्ट्रपतिलाई गालीगलौज गरिएको भन्दै न्यायिक हिरासतमा पठाइएको छ । तर, उनले जस्तै राष्ट्रपतिलाई गाली गर्नेहरुले मात्र होइन, त्यो भन्दा पनि पुरै जातीलाई नै गालिगलौज गर्नेहरुले उन्मुक्ति पाएका छन् । किन ? सोनु दलित र गरिव भएकाले त होइन ।

वाक् स्वतन्त्रतामा दोहोरो मापदण्डको उदाहरण सोनुकुमार
भाद्र ४, २०७४

बाढीबीच यसरी कट्यो दिन र रात

शनिबार (२८ साउन) बिहान सात बजे पलंगबाट भुईमा खुट्टा राख्दा झन्डैझन्डै घुँडासम्म पानी थियो । राति अबेरसम्म उठेको थिएँ । त्यसैले निन्द्राबाट ब्युझने बित्तिकै पानीमा खुट्टा चोपलिँदा सपनामा हो की विपनामा छुट्टयाउन कठिन भयो । कसैले बाथरुमको धारा खुल्लै छाडेकोले कोठामा पानी छिरेको हो की भनेर श्रीमतीलाई सोधेँ ।

बाढीबीच यसरी कट्यो दिन र रात
भाद्र ३, २०७४

सकसका ५६ दिन

२०७४ असार ४ गते । चितवन गीतानगरस्थित घरबाट बुबाले एकै सासमा यति कुरा भन्नुभयो, ‘लौन के गर्ने ? त त्यहाँ छस् । के कसो गर्नुपर्ने हो तुरुन्तै बुझिहाल । सकेसम्म छिटो गर्नुपर्‍यो ।’

सकसका ५६ दिन
श्रावण ३२, २०७४

डीभी बन्द गर्नुपर्छ भन्नेहरुको नाममा

विधेयकमा डाइभर्सिटी भिसा (डीभी) बन्द गर्नुपर्ने पनि उल्लेख छ । सन् २०१२ मा पनि दर्ता भएर असफल भएको यस्तो विधेयक यो पटक के हुन्छ त्यसको टुङ्गो नलागेसम्म यस्तै परिणाम आउँछ भन्न सकिन्न । तर, डीभी बन्द हुन लाग्यो भनेर समाचार बनाउने र यो समाचारबाट खुशी वा दुःखी हुनुपर्ने कारण के हो त्यो भने मैले बुझ्न सकेको छैन ।

डीभी बन्द गर्नुपर्छ भन्नेहरुको नाममा
श्रावण २७, २०७४

डेकेन्द्र बाँचेका भए...

उहाँले पत्रकारिता गर्दा माध्यमिक तहमा पढ्दै थिएँ । अपहरण, हत्या हुँदा प्लस टु पढ्दै थिएँ । त्यसैले उहाँसंग संगत हुने, चिनजान हुने मौका नै थिएन । परिचित नहुँदा उहाँको स्वभाव, आनीबानी, प्रेरणाबारे कुनै याद हुने कुरा पनि भएन । जब पत्रकारिता क्षेत्रमा प्रवेश गरेँ । तब सुनिएको नाम हो यो, अर्थात् डेकेन्द्रराज थापा ।

डेकेन्द्र बाँचेका भए...
श्रावण २२, २०७४

राष्ट्रियता 'अन द गो'

राष्ट्रलाई केन्द्रमा राखेर सोच्नु नै राष्ट्रियता हो । देशका बारेमा सही सोच राखेर सोही अनुरुप काम गर्नु नै देशलाई माया गरेको ठहरिन्छ । बोल्ने र गर्नेबीच यसलाई जोडेर हेर्ने चलन हाम्रो समाजमा पुरानै हो ।

राष्ट्रियता 'अन द गो'
श्रावण २०, २०७४

अमेरिका आउन लागेकाहरुलाई केही सुझाव

तपाई जसको भरमा र घरमा आउँदै हुनुहुन्छ त्यो कतिको बिश्वासिलो व्यक्ति हो त्यो राम्रोसँग बुझ्नुस् है । तपाईं नेपालमा हुँदा म छँदैछु भनेर भन्ने तर यहाँ आउन लागेको समय तर्केर हिड्ने कयौं व्यक्तिहरु हुन्छन् । जसको भरमा अमेरिका आयो त्यो व्यक्ति एअरपोर्टमा लिन नआएर बिचल्ली परेको घटनाहरु पनि भएका छन् ।

अमेरिका आउन लागेकाहरुलाई केही सुझाव
श्रावण १५, २०७४

माओवादीमा 'कोर्स करेक्सन' को उपाय : सामाजिकीकरण

पहिलो र दोस्रो चरणको स्थानीय चुनावको नतिजापछि माओवादीभित्र चुनाव हारको 'फ्याक्टर’ खोज्न थालियो । परम्परागत सोच, संगठनका ढाँचा, कार्यकर्ता परिचालन, आर्थिक व्यवस्थापनलगायतमा देखिएका कमिकमजोरीलाई चुनाव हारको मुख्य ‘फ्याक्टर’ का रुपमा धेरै नेता र कार्यकर्ताले विश्लेषण गरे । जुन दोस्रो संविधानसभाको चुनाव पछि यही तरिकाले भनिएको थियो ।

माओवादीमा 'कोर्स करेक्सन' को उपाय : सामाजिकीकरण
श्रावण १२, २०७४

खाडीमा एनआरएनएका सवालहरु

मध्यपूर्वमा गैर आवसीय नेपाली संघ (एनआरएन) को सदस्य किन बन्ने ? नेतृत्वमा को जाँदा के हुन्छ र ? मध्यपूर्वमा वैदेशिक रोजगारीमा कार्यरत झन्डै १७ लाखले बारम्वार यस्ता बिषय उठाइराख्छन् । जव जव एनआरएनएको अधिवेशनहरु हुन थाल्छन्, नयाँ सदस्य वन्ने प्रक्रिया शुरु हुन्छ । त्यतिखेर आम रुपमा यि बिषयप्रति प्रश्न उठ्न थालिहाल्छ ।

खाडीमा एनआरएनएका सवालहरु
श्रावण १०, २०७४

संस्मरणः राज्यशक्ति निकम्मा भएको त्यो क्षण

महोत्तरीको सिडिओ छँदाको कुरा हो । जिल्ला प्रशासन कार्यालय बसेको घर झण्डै सय बर्ष पुरानो रहेछ । प्रमुख जिल्ला अधिकारीको निबास रहेको जलेश्वर दरबार पनि संगसंगै जस्तो बनेको थियो भन्थे बुढापाका । त्यही दरबारबाट सिमापारि शुरशण्डका राजाकी छोरीसंग रामशम्शेर जबराको बिहा भएको थियो रे । पछि तिनै रामशम्शेर महोत्तरीको बडाहाकिम भएछन् ।

संस्मरणः राज्यशक्ति निकम्मा भएको त्यो क्षण