कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

योगलाई राष्ट्रीय नीतिमै पार्नुपर्ने कारणहरु

काठमाडौँ — “सबैका लागि योग सधैंका लागि योग” यही नाराका साथ यसपालिको राष्ट्रिय योग दिवस मनाईदैछ । विश्वभरी जुन २१ लाई अन्तराष्ट्रिय योग दिवस मनाउन लागिएको केहि बर्ष भयो तर नेपालले योग दिवस मनाउन लागेको करिव चार दशक भईसकेको छ ।

योगलाई राष्ट्रीय नीतिमै पार्नुपर्ने कारणहरु

यद्यपि यस बिषयले आफ्नो प्रभाव भने उल्लेख्य मात्रामा जनाउन सकिरहेको छैन । हरेक पक्षको प्रभाव क्षेत्र वडाउनका लागि राष्ट्रले साथ दिन आवस्यक छ । यदि राज्यले नीतिगत रुपमा विकास गर्ने दृढ निर्णय लिएमा कुनै पनि कुरा अलमलमा पर्दैन भन्ने तथ्य छिमेकी मुलुक भारतले अन्तराष्ट्रिय योग दिवसका लगि चालेको कदम र यसको सफलताबाट लिन सकिन्छ ।


भारतको राष्ट्रिय नीतिमै पूर्वीय दर्शनलाई विश्वव्यापिकरण गर्ने कुरालाई प्राथमिकतामा राखेको छ । साथै उ आाफुलाई एकिकृत प्राकृतिक चिकित्साको क्षेत्रमा विश्व गुरुको रुपमा चिनाउन चाहन्छ । जसलाई सार्थकतामा पुऱ्याउन आयुस नामक मन्त्रालयमार्फत सोहि अनुरुप काम पनि गरिरहेको छ ।

तर, अर्को तर्फ पूर्वीय दर्शनको जननी, पौराणिक ऋषिहरुको तपोभूमि, योगको जननी, आयुर्वेदिक जडिबुटिको भण्डार मानिने नेपाल यसको जगेर्णमा चुकिरहेको छ । यद्यपि यस विषयका नेपालका ज्ञाता मानिने डा. हरिप्रसाद पोख्रेलको एकल प्रयासले प्रारम्भ भएको योग दिवस विस्तारै घाँडा टेकेर वामे सर्दै छ । अर्को खुशीको कुरा गत बर्षदेखि शिक्षा मन्त्रालयले पनि यसलाई चासो दिन थालेकाले पोख्रेल लगायतका समुहको मुहारमा आशाको किरण झल्किएको छ । यो आम नेपालीका लागि सुखद क्षण हो ।


आशाका केहि किरण झुल्किए पनि नेपालमा वर्तमान २१औं शताब्दीको अन्त्यसम्म आईपुग्दा समेत यसको संस्थागत विकास हुन नस्क्दा अनगिन्ति फाईदा लिनबाट नेपाल चुकिरहेको छ । योगको संस्थागत विकाश हुन किन आबश्यक छ त भन्ने बारेमा यस लेखमा चर्चा गरिएको छ ।


वास्तविकताको उजागर गर्न :


अनगिन्ती पूर्वीय दर्शन शास्त्रका ज्ञाताहरुका अनुसार नेपाल ज्ञानको जन्मथलो, ऋषिहरुको तपोभूमि र आयुर्वेदिक जडिवुटिको श्रोत र भण्डार अनि बुद्ध, जनक, सीता जस्ता महानपुरुष गोरखनाथ जस्ता योगीको जन्मथलो भएर पनि सधैं छायामा परिरहेको छ । बुद्ध भारतमा नभई नेपालमा जन्मिएका हुन् भनेर बारम्वार भन्नु पर्ने आवश्यकता छ यस्ता तथ्यहीन कुरालाई विश्व विख्यात हुनबाट जोगाउन र पुरातात्विक तथ्यलाई आधुनिक संरचनाका आधारमा खोज अनुसन्धान गरि बास्तविकतालाई उजागर गर्नका साथै आमनेपालीलाई योग के हो र यसको कति र कस्तो महत्व छ भनेर चिनाउन समेत ।


अनधिकृत रुपमा सञ्चालन भएका विषयगत विद्यालाई लगाम लगाउन :


नेपालमा सयौंको संख्यामा सानातिना योगकेन्द्रहरु सञ्चालनमा छन् । जस मध्ये अधिक केन्द्रहरु योगको मर्म विपरित कमाई गर्ने थलोका रुपमा मात्र चलिरहेका छन् । जसले विश्व बजारमा योगको जननी नेपालको वास्तविक अवस्थाप्रति सकारात्मकताको विकास हुन सकेके छैन । यसर्थ यस्ता अनधिकृत योग केन्द्र तथा यसका सहयोगि संस्था जस्तै आयुर्वेद, प्रकृतिक चिकित्साका क्षेत्रमा खुलेका साना तिना औषधालयहरुको नियमन र नियन्त्रण गर्न यस कुरालाई चिर्न समेत यसको संस्थागत विकासको खााचो छ ।


मापदण्ड निर्धारण गर्न :


हाल योगको व्यापारिक महत्वलाई मनन गरि हाम्रा छिमेकी मुलुकले योग, आयुर्वेद, प्रकृतिक चिकित्साका लगाएतका विभिन्न विधामा नेपालमा व्यापारिक प्रयोजनबाट शिक्षालयहरु धमाधम सञ्चालनमा ल्याउन लागेका छन् । यसको नियमन गर्ने निकाय भने नेपालमा हालसम्म छैन । यसर्थ योगको बहुआयामिक महत्वको मनन गर्दै व्यापारिक भन्दा अध्यात्मिक पक्षलाई जोड दिंदै नियमन र नियन्त्रण गर्ने निकायको रुपमा यसको संस्थागत विकासको अपरिहार्य छ ।


जडिबुटी तस्करि जोगाउन :


नेपाल हिमालयको देश अनि जडिबुटी हिमालयको सान भन्ने कुरा बुझेका देश र विदेशका आम व्यक्तिहरु अहिले व्यक्तिगत आम्दानीका लागि यसको तस्करी गरिरहेका छन् । जसले राष्ट्रको बहुमुल्य सम्पत्ति दिनानुदिन गुम हुँदैछ यसर्थ यसको महत्वलाई राष्ट्रिय स्तरमै जगेर्ना गर्न पनि योगको संस्थागत विकास हुन जरुरी छ । किनकि आयुर्वेद र प्राकृतिक चिकित्सा योगको सहयात्री हुन अर्थात एक अर्काका परिपुरक हुन् ।


अध्ययन र उपचारको नाममा बाहिरिने अर्थतन्त्रलाई जोगाउन :


हाल अनगिन्ति नेपालीहरु शिक्षा आर्जनका लागि विदेशमा पलायन हुन्छन् । कोहि रहरले कोहि बाध्यताले । तर योग, आयुर्वेद तथा प्राकृतिक चिकित्साको क्षेत्रमा भने यो बाध्यता छैन किनकी यसको संस्थागत बिकास नभएकै कारणले गर्दा शिक्षा र प्रमाण पत्रका लागि बर्षेनी सयौंको संख्यामा नेपालीहरु छिमेकी भारतलगायतका मुलुकमा जाने गरेका छन् । फलस्वरुप बर्षेनी करोडौं रकम बाहिरींदो छ ।

यसैगरि केहि सम्पन्न तथा यो परिपाटीसंग सन्तुष्ट र सचेत नागरिकहरु प्रकृतिक उपचार पद्धति र योगको महत्वलाई मनन गरि उपचार गराउन छिमेकी मुलुकका विभिन्न केन्द्रहरुमा धाउन थालेका छन् । जसको फलस्वरुप राष्ट्रको ढुकुटीको केहि अंश बाहिरिन थालेको छ । तसर्थ यसको जर्गेनाका लागि समेत योगको संस्थागत विकासको आवश्यकता देखिन्छ ।


बहुउपयोगी उपचार पद्धति :

उपचारका विभिन्न पद्धति मध्ये योग बहुउपयोगी सावित भएको छ । जसले एकै तरिकाबाट बिभिन्न रोगलाई नियन्त्रण गराउँछ भने मानिसको दिनचर्यालाई परिवर्तन गराई रोग लाग्नबाट समेत जोगाउँछ । योगको क्षेत्रमा भएका अनगिन्ति अनुसन्धानले यो कुराको पुष्टी गरेको छ जसको परिणाम यसले एउटा पूर्वीय विज्ञानको मान्यता पाएको छ । यदि संस्थागत बिकास भएमा नेपाल र नेपालीले समेत यसको फाईदा लिनेछन् ।


विद्यार्थी तथा अनुसन्धाताका लागि बहुउपयोगी :


योग, ध्यान तथा अन्य आसन, प्राणायम, मुद्रा, बन्दा आदिको एकिकृत रुप हो । जसले तनावलाई सामान्य अबस्थामा ल्याउन र दैनिकिलाई सामान्य बनाउन सहयोग गर्दछ । यसको परिणाम स्वरुप निरन्तर रुपमा आफ्नो कार्यमा लागि पर्ने अनुसन्धाता तथा सधैं परीक्षामा तनाव झेलिरहेका आम बिद्यार्थीलाई सामान्य अवस्थामा ल्याउन सहज हुन्छ । यदि योग संस्थागत हुन सकेमा विध्यालय र विश्वविध्यालयलाई समेत यो विषयलाई पाठ्यक्रममा राख्न सहज हुनेछ ।


उल्लेखित विभिन्न कारणबाट प्रष्ट हुन जान्छ की नेपालमा योगको संस्थागत विकासको अति आवस्यक रहेको छ । यसर्थ सरकारले नीतिगत रुपमा डा. पोख्रेल लगायतका समुहको प्रयासलाई सार्थकता प्रदान गर्न र राष्ट्रको बहुमुल्य क्षमतालाई पहिचान गरि यसको संस्थागत विकासका लागि कानुनी प्रक्रिया अगाडि बढाउनु पर्ने आजको पहिलो आवश्यकता हो ।


(लेखक भारतको बैङ्गलोरमा योग थेरापिष्ट छन् ।)

[email protected]


प्रकाशित : माघ १, २०७४ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?