होटलहरुमा रंगेहात जोडीहरु समातिन्छन्, युवतीको बदनाम हुन्छ तर ति युवतीसँगै रहेका पुरुषको चर्चा हुँदैन, उसको बदनामी हुँदैन, समाजले उसैलाई मर्दको पगरी गुथाउँछ । एउटै कर्ममा एकै ठाउँमा भेटिएका दुई पात्र जोसुकै भएपनि सजायँको उत्तिकै भागिदार बन्नु पर्ने होइन र?
सहारा मरुभूमीको दक्षिणमा पर्ने रुवाण्डा अफ्रिका महादेशको एक सानो, भुपरिवेष्ठित र विपन्न मुलुक हो । सन् १९९४ मा यहाँ घटेको जातीय नरसंहारले संसारका धेरै देशहरुको ध्यान आकर्षित गर्यो । मानवता संवन्धि सूचाङ्कमा निम्न दर्जामा पर्ने र गरिबीले आक्रान्त पारेको देश उक्त घटना पश्चात संसारको एक तिव्र आर्थिक विकास गर्ने मुलुकहरु मध्येको एक भनेर चर्चामा छ ।
अन्तर्राष्ट्रिय बजारमा निर्यात व्यापार विस्तार नगरी उच्च आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुनेछ । यसका लागि औद्योगिकीकरण र व्यापार विविधिकरण त गर्नैपर्छ, तर यी सबैको पूर्वसर्त हो भरपर्दो रकम खर्चिलो यातायात सुविधा जसको हामीकहाँ अभाव छ ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले अमेरिकालाई ध्वस्त बनाउने परमाणु बमको स्विच आफ्नो टेबुलमा भएको बताएलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उस्तै चेतावनी उत्तर कोरियालाई दिए । वास्तविक विवाद भने उत्तर कोरिया र अमेरिकाबीच होइन । उत्तर कोरियाको सीमा अमेरिकासँग जोडिँदैन र त्यस्तो महत्त्वपूर्ण व्यापार पनि छैन ।
बिहेका लागि २० वर्ष पुग्नुपर्ने स्पष्ट कानुनी व्यवस्था छ । त्यति मात्र नभएर ‘बिहेवारी बीस वर्ष पारि’ सचेतनामूलक नारा श्रव्यदृश्य, छापालगायत सबै सञ्चार माध्यमबाट फैलिएको दशकौं भइसक्यो । तर नेपालमा बालविवाह ठूलो समस्याका रूपमा कायमै छ ।
मुलुकभर जतासुकैका सहरी र ग्रामीण क्षेत्रमा खानेपानी पर्याप्त र सहज उपलब्ध छैन । भूमिगत स्रोतबाट पानी निकाल्न सम्भव क्षेत्रमा उति समस्या नहोला तर पहाडी भूगोलमा अवस्थित सहरका लागि सहज खानेपानी ठूलो लगानीका परियोजनाबाट मात्रै सम्भव छ ।
अदुवाको भारत निकासीमा फेरि रोक लागेपछि नेपाली कृषकहरू मारमा परेका छन् । हजारौं टन अदुवा मुख्य गरी काँकडभिट्टा नाकामा भारतले प्रवेश नदिएपछि रोकिएको हो । पूर्वी पहाडका जिल्लाहरूबाट भारत निकासीका लागि अदुवा बोकेर काँकडभिट्टा पुगेका ४० ट्रक दुई सातादेखि थन्किएका छन् ।
करिव दुई सय बर्षअघि देखि लाहुर जान थालेका नेपाली जनजाति युवाहरु अझै पनि छाति नाप्न लालयित छन् । मुलुकले संघीयता र समावेशी संरचना अंगालिसकेको बेलामा पनि जनजाति युवाहरु लाहुरमै आफ्नो पहिचान खोजिरहेका छन् ।
अन्वेषक लैनसिंह बाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ कृतिको नामकामले नेपालको कला–सम्पदालाई फेरि पुनर्जीवन दिएको इतिहास त्यति पुरानो भइसकेको छैन । लैनसिंहकै छोरी कला अन्वेषक डा.डिना बाङ्देल पनि देश–देशावरमा नेपाली कला, संस्कृति र सभ्यताको व्याख्याता बनी हिंडेकी थिइन् ।
रोजगारीका लागि खाडी तथा मलेसिया पुगेका नेपालीमध्ये हजार हाराहारीले बर्सेनि ज्यान गुमाउने गरे पनि मृत्युदर नियन्त्रणका लागि नेपाल सरकार र रोजगारदाता मुलुक एवम् कम्पनीबाट ठोस पहल हुन सकेको छैन ।
राष्टिय, अन्तर्राष्टिय राजनीतिक वृत्तमा हलचल नै पैदा गर्ने गरी गएको असोज १७ गते नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धनको घोषणा गरेका थिए । केन्द्रको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले साझा उम्मेदवार दिने र निर्वाचनपश्चात् पार्टी एकीकरण गर्नेसम्मको घोषणा गरेका थिए ।
राजधानी सहरभित्रका पुराना बस्ती, परम्परागत पेसा तथा सहरी गरिबका पीडा समेटिएको साझा सवाल कार्यक्रम केही दिनअघि कान्तिपुर टेलिभिजनमा हेर्दा देशका दूरदराजका धेरैलाई पत्यार लागेन होला कि देशको केन्द्र काठमाडौं सहर यति खोक्रो छ र यहाँको चित्र यति रुग्ण छ ।
एउटा नीति कथा मैले बच्चामा सुनेकी थिएँ— कुनै देशमा एउटा बच्चा छोरा रहेछ । त्यो छोरा मेरो हो भनी दुई महिलाले दाबी गर्दै त्यो छोरा मैले लान पाउनुपर्छ भनी झगडा गर्दारहेछन् । त्यो झगडा बढ्दै गएर राजासम्म पुगेछ ।