संकेत, संकेत, संकेत

सिउँडी
नेपाली कांग्रेस पार्टीका यी नेताजीहरूले ‘जुत्ता’ भनेर कतातिर संकेत गर्न खोजेका हुन् ?
विमल निभा

काठमाडौँ — नेपाली कांग्रेस पार्टीका नेताजीहरूलाई खुला सडकमा जुत्ता पालिस गरिरहेको देखेर मलाई रमाइलो नै लाग्यो । त्यसपछि अकस्मात कुनै बखतको राजधानी काठमाडौंको बाँसबारीस्थित बाँसबारी छाला जुत्ता कारखानाको स्मरण भयो ।

संकेत, संकेत, संकेत

यसको एकमात्र कारण के हो भने त्यो जुत्ता कारखाना (एक समय) कांग्रेसी सरकारले नै नबेचेको भए यी प्रौढ टाइपका युवा कांग्रेसीहरूलाई जुत्ता पालिस गरेर चमचम चमकाउन कत्ति सुविधा हुने थियो † (कुनै ‘जुत्ता अभाव’बाट नै गुज्रनुपर्ने थिएन ।)

‘यो तपाईंको गलत बुझाइ हो मिस्टर ।’ एक नेपाली कांग्रेस समर्थक मसँग पुरै

रुष्ट भए ।

‘कस्तो गलत बुझाइ मित्र ?’ मैले तत्कालै सोधेंँ ।

‘यो त हाम्रा आदरणीय नेताहरूका सांकेतिक विरोधको कार्यक्रम हो ।’ उनले मुख बंग्याएर भने, ‘तपाईले कुरै बुझ्नुभएन ।’

‘ठिक छ ।’ मैले भनँें, ‘तर यसरी सडकमा जुत्ता पालिस गरेर कसको विरोध गरिएको हो ?’

‘मैले भनिहालेंँ नि, यो मात्र एक संकेत हो ।’

‘त्यसो भए, कतातिरको संकेत हो, मित्र ?’

‘यसको जवाफमा उनले केही भन्न खोजेका थिए, तर आखिरमा चुप लागे । र निधारमा धर्साे पारेर केही सोच्न थाले । अब मैलेचाहिँं के गर्ने त ? मेरो पनि कांग्रेसी समर्थकसँगै समान गतिले चिन्तन चालु भयो । हो, नयाँबानेश्वर चोकमा यसरी प्रदर्शित यो कांग्रेसी मार्का जुत्ता पालिसको खास अर्थचाहिंँ के हो नि ? अर्काे शब्दमा नेपाली कांग्रेस पार्टीका यी नेताजीहरूले ‘जुत्ता’ भनेर कतातिर संकेत गर्न खोजेका हुन् ? अझ सरल पाराले भन्ने हो भने यिनीहरूले हाकाहाकी केलाई ‘जुत्ता’ भनेका हुन् ? यो विलकुलै स्पष्ट छैन । (एउटा अन्तराल) । यदि देशलाई जुत्ता भनिएको हो भने यो खतरनाक कुरो हो । हुन त यी कांग्रेसीहरूले आफ्नो देशलाई कहिल्यै शिरमा राख्ने कुनै जमर्काे नै गरेनन् । अब एकदमसँग पयरमै राखे भनेर पनि म भन्दिन । (अझै बुझ्ने कोसिस गर्नाेस् ।) तर यहाँनेर एउटा ठाडो प्रश्न भने खडा हुन्छ– अधिकांश समय नेपाली कांग्रेस पार्टीको सरकार रहेको यो देश नेपाल यतिसारो फुस्रो, धुमिल र कान्तिहीन किन देखिएको हो ? यसैको आधिकारिक उत्तर दिन नेपाली कांग्रेस पार्टीका यी नेताजीहरू हातमा ब्रस र जुत्ता पालिस लिएर अघि सरेका हुन् भने यो बेठिक पनि होइन ।

जे होस्, कदाचित यो देशका अढाई करोड जनतालाई नै जुत्ता भन्न खोजिएको हो भने यो अरू खतरनाक हुनेछ । र यो मेरो विचारमा नेपाली कांग्रेस पार्टीको एकमुष्ट स्वास्थ्यको हितमा पनि छैन । (डेन्जर है) । यही सिलसिलामा एउटा बासी नभइसकेको उदाहरण । केही समय अघि सम्पन्न भइसकेको आमचुनावलाई याद गर्नाेस्, त्यसबखत के घटित भएको थियो ? वास्तवमा नेपाली जनताले दिल खोलेर आआफ्ना निर्णायक जुत्ताको समुचित प्रयोग गरेका थिए । (मेरो पनि संकेत) । र अन्तत: नतिजा के र कस्तो आयो ? सायद यसको सही जवाफ दिन नेपाली कांग्रेस पार्टीका कुनै पनि कांग्रेसीले त्यति सहज महसुस गर्ने छैनन् । त्यसकारण म नै अघि सरेर भन्छु– अझ धेरैजसो नेपाली जनता खाली खुट्टा छन् । केही गरी सबैसँग आआफ्नो कडा खालको छालाको जुत्ता भएको भए नेपाली कांग्रेस पार्टीको के हविगत हुने थियो † (यत्ति नै भनँु) ।

अँ, आफ्नै प्रिय पार्टी नेपाली कांग्रेसलाई जुत्ता भन्न खोजिएको हो भने मेरो भन्नु केही छैन । तथापि केही त जरुर भन्नेछु । र मेरो भन्नु के हो भने नेपाली कांग्रेस पार्टी वस्तुत: जुत्ता हो भने कुन खाले जुत्ता हो ? मतलव यो हाम्रो छिमेकी मुलुक भारतको कुनै अति सम्पन्न भारतीय जुत्ता कम्पनीको पेटेन्ट

जुत्ता हो या यतैतिरको नरम–नरम छालाको स्वदेशी जुत्ता नै ? यस सन्दर्भमा म जस्तो गैरकांग्रेसीले केही भन्न मनासिव छैन ।

तसर्थ यी हाल हातमा ब्रस र जुत्ता पालिस लिएर अघि बढेका नेपाली कांग्रेस पार्टीका नेताजीहरूले नै सत्य–तथ्य खुलाए बेस हुनेछ ।


अन्त्यमा,

यो जुत्ता पालिसलाई नेपाली कांग्रेस पार्टीका नेताजीहरूका फगत ठट्टा भन्नेहरू पनि छन् । तर कुन्नि, किन मलाई त यो एक गम्भीर कार्य नै लागिरहेको छ † मेरो तात्पर्य के हो भने कांग्रेसीहरूले बाँसबारी छाला जुत्ता कारखाना मात्र नभएर अरू कारखानाहरू पनि साहुमहाजनहरूलाई राजीखुसीले बेचेका छन् । जस्तै– भृकुटी कागत कारखाना, वीरगन्ज चिनी मिल, जनकपुर चुरोट कारखाना, विराटनगर जुट मिल, वीरगन्ज कृषि औजार कारखाना इत्यादि । यी तमाम सस्तैमा बिक्री भएका कारखाना अर्थात् यस्तै प्रकृतिका धेरथोर काममा पनि कांग्रेसीहरूले यसरी आँखा गाड्ने हो भने अन्य मिहिनेती नेपाली जनताले के गर्ने ?

प्रकाशित : माघ २०, २०७४ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?