बालबालिकालाई इन्टरनेटको खतराबाट यसरी बचाउनुस्

जगन कार्की

लण्डन — बेलायतमा गत महिना एउटा रोबोलोक्स भन्ने मोबाइल एप्सबाट बालबालिकाहरुलाई इच्छा अनुसार गेम बनाउन मिल्ने सामाजिक सञ्जाल जस्तो साइटमा कयौं बालबालिकाहरुलाई अञ्जान व्यक्तिहरुका फ्रेन्ड रिक्वेस्ट आउने र कार्टुनको भर्चुअल दुनियाँमा बिबिध अनियन्त्रित गतिबिधि हुने गरेको खबर संगै एप्स र सामाजिक सञ्जालको सुरक्षा सम्बन्धि खतरा बढेका खबरहरु सुनिन थालेका छन् ।

आजका बालबालिकाहरु सूचना र जानकारीको सागररुपी डिजिटल युगमा जन्म लिएका छन् । यिनीहरुका सामु अथाह सूचना, जानकारी र यसलाई हासिल गर्ने स्रोत र साधनहरु बिद्यमान छन्, त्यसका बाबजुद सुरक्षित रुपमा भरपर्दो र उचित मनोरञ्जोन, अद्ययनका सामग्री फेला पार्न भने चुनौतीको बिषय बन्दै गएको छ । कयौं यौन दुराचारीहरुदेखि बिबिध अपराधिक मानसिकता बोकेका व्यक्ति तथा प्रवृतिहरुलाई छद्म भेषमा लुकेर बालबालिकाहरुको कलिलो, अबोध मस्तिस्कमा प्रहार गर्न इन्टरनेट एउटा सजिलो माध्यम बन्दै गएको छ ।

Yamaha

यति सम्मकी कतिपय एप्सहरुले बालबालिकाहरुका फोटो खिचिने क्यामेरा अन गरेर हरेक गतिबिधि नियाल्ने, बसेको स्थान वरिपरिको सम्पूर्ण नक्सासम्म कैद गर्ने गरेकोसम्म घटनाहरु सुन्न पाइन्छ । यस्तो अवस्थामा बालबालिकाहरुले खेल्ने गेम कति सुरक्षित छन् उनीहरुले चलाउने साइट कति सुरक्षित छन् भनेर निगरानी नगरी खेल्न तथा खुल्ला रुपमा इन्टरनेटमा छोड्न जोखिमपूर्ण रहेको कुरा सुरक्षा बिज्ञहरुद्वारा बताईंदै आइएको छ ।

बालबालिकाहरुले कलिलै उमेरमा यौनजन्य, नकारात्मक तस्बिर र भिडियो हेर्न पुगे उनीहरुको कलिलो मानसिकतामा असर गर्नेदेखि बिबिध अपराधिक गतिविधिमा संलग्न हुनेसम्मका गम्भीर घटनाहरु निम्त्याउनु भन्दा अगावै हामी अभिभावक र सबै जिम्मेवार पक्ष चनाखो हुन जरुरी छ ।

यसरी दैनिक रुपमा बढिरहेको जोखिमलाई मध्यनजर गर्दै बेलायत सरकारलाई बालबालिकाहरुलाई अनलाइनको दुनियाँमा सुरक्षित राख्न सन् २००८ मा नै बाल शोषणबिरुद्ध आवाज उठाउने संस्था एनएसपीसीसीले सुझावसहित ध्यानाकर्षण गराएको १० वर्ष पुग्दासमेत उल्लेख्य ध्यान नपुगे बताइएको छ । सो संस्थाले हाल बेलायतमा मात्रै बालयौन शोषणका घटनाहरु ३१ प्रतिशतले बढेको र ९० प्रतिशत शोषणकर्ताहरु इन्टरनेटको माध्यमलाई प्रयोग गर्ने गरेको तथ्य सार्बजनिक गरेको छ ।

बार्षिक रुपमा कम्तिमा पनि तीन हजार बालबालिका बालयौन शोषण र दुराचारको शिकार हुने गरेको तथ्यसंगै बेलायतमा बालबालिकाको अधिकांश समय व्यतित गर्ने थलो इन्टरनेटमा तिनलाई कसरी सुरक्षित राख्ने भन्ने मुद्दा पेचिलो बन्दै गएको छ ।

आधुनिक सञ्चार जगत र इन्टरनेटको माध्यमबाट सुसुप्त रुपमा जताततै पुगेका अनियन्त्रित आवश्यक तथा अनावश्यक सूचना र शन्देशहरुले हामीलाई जति सजिलो र सहजता प्रदान गरिरहेका छन् ति त्यो भन्दा खतरनाक पनि बन्ने गरेका छन् । हाम्रा बालबालिकाहरुलाई सुरक्षित बन्न भनेर मात्र हुँदैन । कसरी सुरक्षित बनाउन सकिन्छ र कसरी इन्टरनेटको सही प्रयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी राख्नु अत्यन्त जरुरी देखिएको छ । अबको युगमा अधिकांश अध्ययन, ब्यापार, ब्यबसायदेखि समाजका विभिन्न गतिबिधि इन्टरनेट बेगर करिव असम्भव भइसकेको छ । यस्तो अवस्थामा कलिला बालकालिकाहरुलाई इन्टरनेटमा आफ्नो जानकारी छोड्ने, के नछाड्ने र कसरी आफु बच्ने भन्ने कुरा जानकारी दिन जरुरी भएको छ ।

बालबालिकालाई हुनसक्ने खतराहरु ?

– साइवर बुलिंङको शिकार भएका ९५ प्रतिशत बालबालिकाहरुले कसैलाई नबताउने गरेको तथ्य छ । नग्न तस्बिर खिच्न लगाउने, उनीहरुका गोप्य सूचनाहरु रेकर्ड गर्ने अनि सार्बजनिक गर्दिने डर देखाउँदै गलतकाममा प्रयोग गर्ने अपराधिक घटनाहरुले बालबालिकाहरुको पढाई, परिवार, मानसिकतादेखि आत्महत्यासम्म गराउने गरेका बिबिध तथ्यहरु रहेका छन् ।

– अबोध बाल मस्तिष्क र मनोविज्ञानसंग खेलेर यौन दुराचारका कुकृत्य गर्नेहरु । बलात्कारदेखि बालबालिकाहरुलाई कलिलै उमेरमा हिस्टेरिया र मनोबैज्ञानिक समस्या निम्त्याउने घटना बन्न सक्छ ।

–बालबालिकाले राख्ने व्यक्तिगत विवरणहरु कालान्तरसम्ममा खतरा बन्न सक्ने देखिन्छ । इन्टरनेटका साइटले बालबालिकाको जन्म मिति अभिभावकहरुको विवरण माग्ने र रेकर्ड गरेर कालान्तरसम्म राख्ने हुन्छ जसले गर्दा व्यक्तिगत विवरणको गोपनियता रहँदैन ।

–गलत र संक्रमित लिंकहरुमा क्लिक गराएर बालबालिकाको सूचना र चिनारी चोर्ने | यस्तो अनलाइनमा हुने ठगीको धन्दाले अबोध र कलिला बालबालिकाहरुलाई सजिलै प्रलोभनमा फसाउन सक्दछन् । यिनीहरु जस्तोसुकै हर्कत गर्न सक्ने हुन्छन् ।

– विभिन्न उपहारको प्रलोभनले बालबालिकालाई फकाएर अपराधिक गतिबिधिमा फसाउने इत्यादी ।

यसै सन्दर्भमा बेलायतमा बिद्यालय शिक्षाको मापदण्ड हेर्ने अफस्टेडले बालबालिकाहरुलाई सुरक्षित राख्नका लागि अनलाइन सामग्रीहरु उपलब्ध गराएको छ । जहाँ आफ्ना बालबालिकाले खेल्ने गेम, कुन उमेर समूहले के कस्ता साइट चलाउन हुने नहुने सबै कुरा अभिभावक, बिद्यार्थी, शिक्षक र सबै सरोकारवालको लागि छुट्टा छुट्टै तयार पारेर अनलाइन हेल्प लाइनहरु सञ्चालन गरेको छ ।

त्यसमध्येका केहि सामाग्रीहरु उपयोगी बन्न सक्छन् :

– https://www.net-aware.org.uk - यो साइटले तपाईका बालबालिकाले प्रयोग गरेको सामाजिक सञ्जाल र गेमहरु कुन उमेर समूहले खेल्न मिल्ने र कति सुरक्षित असुरक्षित रहेको जानकारी गराउँछ ।

– https://www.saferinternet.org.uk/advice-centre/parents-and-carers – इन्टरनेटमा सुरक्षित बन्न र बालबालिकाहरुलाई बनाउन कुन सबै पक्षले कस्तो कस्तो सावधानी अपनाउनु पर्ने र बालबालिकाहरुलाई कसरी शिक्षित गराउनु पर्नेबारे जानकारीहरु यो वेबसाइटमा पाउन सकिन्छ । यो साइटले केटाकेटीले सावधानी अपनाउन के गर्नुपर्ने, अभिभावाकले, शिक्षकलगायतले के–कस्ता सावधानी अपनाउनु पर्ने कुराहरुको जानकारी दिने गर्दछ ।

– http://www.breckfoundation.org – ब्रेक फाउन्डेसनले विभिन्न ठाउँहरुमा गएर साइबर चेतना र सुरक्षा सम्बन्धि तालिम तथा गोष्ठी संचालन गर्ने गर्दछन् ।

– http://www.pegi.info/en/index/ – युरोप भरीका बालबालिकाहरुले खेल्ने गेमहरु तिनको उमेर अनुसार सुरक्षित भए नभएको जानकारी यो साइटबाट पाउन सकिन्छ ।

– https://www.thinkuknow.co.uk – यो वेब साईटले उमेर अनुसार बालबालिकालाई अनलाइन सूचना र सुरक्षा सम्बन्धि चेतना प्रदान गर्ने गर्दछ ।

– https://www.childline.org.uk – बालबालिकाहरुलाई कुनैपनि समस्या परेमा तुरुन्त फोन गरेर सहायतालिन सकिने २४ घण्टा ७ दिन नै हेल्पलाइनमार्फत सूचना जानकारी र सुरक्षालिन सकिन्छ ।

– https://www.ceop.police.uk/safety-centre/ बाल यौन दुराचार, बाल हिंशाका घटना बारे प्रहरीलाई सहजै रिपोर्ट गर्न प्रहरीको हटलाइनको व्यवस्था गरिएको छ ।

निम्न कुराहरुमा ध्यान दिन आवश्यक छ:

१ ) बालबालिकाहरु अनलाइनमा के गर्छन् र के के साइट प्रयोग गर्छन् हेर्ने, अनुगमन गर्ने ।

२ ) इन्टरनेट प्रयोग गर्ने नियम बनाउने - अभिभावकहरु भएको समयमा मात्र प्रयोग गर्ने वा निश्चित मापदण्ड तयार गर्ने ।

३ ) आफ्नो गोपनियता कायम राख्न सिकाउने ।

४) बालबालिका हरुले इन्टरनेट चलाउने ठाउँ आफ्नो आँखाको वरिपरि बनाउने ।

५) सर्च इन्जनमा अश्लिल साइट र बालबालिकालाई असर गर्ने कुनै पनि साइट नखुल्ने गरि चाइल्ड लक गर्ने ।

अन्त्यमा

गम्भीर समस्या वा दुर्घटना नभई आँखा र चेत नखुल्ने हाम्रो परम्परागत शैलीलाई पुनरावलोकन गर्नुपर्ने देखिन्छ । नेपालमा पनि बालबालिकालाई इन्टरनेटबाट हुने खतराबाट जोगाउने तथा चेतना जगाउने कामहरु भएको पाइएतापनि पर्याप्त नभएको देखिन्छ । सिविनलगायतका केहि गैरसरकारी संस्था र सरकारी संस्थाहरुबाट भएका बिबिध प्रयासहरु पर्याप्त र हरेक बिद्यालय तथा अभिभावकको स्तरसम्म पुगेको देखिन्न । सन् २०१२ ताका सिविनले गरेको एउटा अद्यययनले निजी बिद्यालय पढ्ने ९५ प्रतिशत र सार्वजनिक बिद्यालयका करिव ६० प्रतिशत बिद्यार्थीली इन्टरनेट चलाउने गरेको तथ्य सार्बजनिक गरेको थियो । ७५ प्रतिशत बालबालिकाले खराब र अश्लिल तस्बिर देखेको र अधिकांश बालबालिका साइबर क्याफेमा गएर इन्टरनेट चलाउने गरेको पनि अद्यययनले देखाएको थियो । यो सामान्य तथ्यलाई मात्र पनि सम्बोधन गर्न साइबर क्याफेमा नानीहरुलाई सुरक्षित इन्टरनेट प्रदान गर्ने के गरिएको छ ? घरमा अभिभावकले के गर्नुपर्ने ? र बिद्यालयहरुमा कस्ता उपाय अपानाउनु पर्ने ? जस्ता यावत कुराहरु केहि जिम्मेवार निकायका रिपोर्टमा बाहेक काममा उलेख्य रुपमा नदेखिनु अत्यन्त डरलाग्दो पक्ष हो ।

हामीले हाम्रा भावी सन्ततिको सुरक्षा, शिक्षा र हुर्कनको लागि कस्तो बातावरण दिंदैछौं, त्यसैले हाम्रो भबिस्य निर्क्योल गर्ने पक्का भएकोले बेलैमा हाम्रा बालबालिकालाई सुरक्षित राख्न बालबालिकालाई सहायता र तिनको सुरक्षाको प्रत्याभूति र अनुगमन गर्ने अधिकार सम्पन्न साइबर गतिबिधि हेर्ने निकाय, प्रहरी, मनोविज्ञानका पारामर्सदाताहरुको टिम लगायतका निकायहरु साथै उचित नीति नियमहरुले सम्बोधन गर्न सख्त जरुरी देखिन्छ ।

(बेलायतमा ब्यापार प्रशासनमा बिद्यावारिधिरत लेखक, सामाजिक सञ्जाल तथा व्यापार प्रबर्धनमा दक्षता राक्दछन् । उनी हालसालै लन्डनस्थित एक सार्बजनिक बिद्यालयमा अभिभावकको प्रतिनिधित्व गर्दै गभर्नर पदमा पनि चुनिएका छन् )

twitter @bimaljagan EMAIL: jnkarki@gmail.com

Esewa Pasal

प्रकाशित : माघ २६, २०७४ १६:४२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

तस्बिरमा नेपाली सेना

चन्द्रशेखर अधिकारी

काठमाडौँ — महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सेना–नागरिक सम्बन्ध मजबुद बनाउने र सेनाबारे विगतदेखि वर्तमानसम्मको जानकारी दिने उद्देश्यसहित तीनदिने बृहत् प्रदर्शनी बिहीबार आरभ्म भएको छ । नागरिक र सैनिकको सम्बन्ध थप निकट ल्याउन नेपाली सेनाले यस प्रकारको प्रदर्शनी पहिलो पटक गरेको जनाएको छ ।

सेनाले प्रयोग गर्ने पुराना/आधुनिक हतियार, युनिफर्मको सुधार प्रक्रिया, सेनाको अभ्यास, काम, विकास परियोजनामा सेना, दुखमा सेना, पुराना इतिहास, बदलिँदै आएको पछिल्लो सेनाको अवस्थालगायतलाई उजागर गर्ने गरी प्रदर्शनी सुरु भएको हो।

‘नेपाली सेना इतिहासदेखि वर्तमानसम्म’ शीर्षकमा आयोजित प्रदर्शनीको प्रधानसेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरेर सर्वसाधारणका लागि समेत खुला गरिएको हो। सैन्य मुख्यालयमा रहेको आर्मी अफिसर्स क्लबमा र प्रांगणमा गरिएको उक्त प्रदर्शनीमा सर्वसाधारणदेखि विद्यार्थीहरुको चर्को भीड लागेको थियो।

‘ऐतिहासिक विषयले सधैं वर्तमानलाई घचघच्याउने हुनाले पनि यस प्रकारको प्रदर्शनी सेनाले गरेको हो,’ विद्यार्थीहरुलाई समेत बुझाउन व्यस्त रहेका सैनिक जनसम्पर्क निर्देशनालयअन्तर्गत श्रव्य–दृश्य महाशाखाका महासेनानी (कर्णेल) ईश्वरकुमार श्रेष्ठ भने, ‘उपलब्ध भएसम्म नेपाली सेनाको स्थापनादेखि अहिलेसम्मका सबै पक्ष झल्काउने खालका सामग्रीहरु प्रदर्शनीमा राखिएका छौँ।’

विभिन्न खण्डमा आयोजना गरिएको उक्त प्रदर्शनीमा नेपाली सेनाले आफ्नो स्थापनाकालदेखि विभिन्न कालखण्डमा राष्ट्र र जनताप्रति समर्पित भई गरेका गौरव गाथा समेटिएका तस्बिरहरु पनि थिए। तत्कालीन हातहतियार, ऐतिहासिक तथा हालका उपकरण र अन्य सैन्य सामग्रीदेखि नेपालमा नै बनेको बम डिस्पोजल उपकरणसमेत प्रदर्शनीमा थियो। उक्त बम डिस्पोजल गणेशविक्रम आलेको समूहले नेपाली सेनालाई बिक्री गरेको त्यहाँ उपस्थित एकले जानकारी दिए।

यस अलवा नेपाली सेनाले प्रकाशन गरेका पुस्तकहरुको अध्ययन गर्ने व्यवस्थासमेत गरिएको थियो। सेनाका सहप्रवक्ता तथा महासेनानी विजय थापाले यस्ता पुस्तकहरुको अध्ययन गर्न चाहनेलाई जनसम्पर्क दिर्नेशनालयका अधिकारीहरुसँग बसेर बुझ्ने र बढ्न पाउने उल्लेख गरे। जनसम्पर्क निर्देशनालयमा अधिकांश अधिकारीहरु त्यहाँ खटिएका थिए। प्रदर्शनी हेरेर केही ऐतिहासिक जानकारीका लागि पुस्तकसमेत अध्ययनका लागि राखिएका छन्।

नेपाली सेनाले आफ्नो जिम्मेवारी निर्वाहका क्रममा सम्पादन गरेका जोखिमपूर्ण काम, मुलुकको विकास–निर्माणका योगदान, विश्वका विभिन्न भागमा शान्ति स्थापना गर्न शान्तिसेनामार्फत गरेको सेवा, दैवी विपत्ति तथा आपत्कालीन अवस्थाका उद्धार, खोजलगायत विषय ‘शब्दचित्र र तस्बिर’ मा समेटिएका सामग्री पनि प्रदर्शनीमा समावेश गरिएको छ। नेपालको इतिहास सेनासँग जोडिएकाले पनि यो प्रदर्शनीले नेपालको पुरानो अवस्थालाई झल्काएको छ। फोटो प्रदर्शनीमा पहिलो र दोस्रो विश्व यद्धकालीन तस्बिर, राष्ट्रसंघीय शान्ति मिसनमा, नेचर कन्जरभेसन, विकास कार्यक्रम, हिमाल आरोहण, प्यारा जम्पलगायत विविध पक्ष समेटिएको थियो।

प्रकाशित : माघ २६, २०७४ १६:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT