‘पसिनाको हिसाब खोजौं’

विन्दा पाण्डे

काठमाडौँ — नेपालका ५६ प्रतिशत परिवारका सदस्य न्यून आम्दानीका लागि वैदेशिक रोजगारीका लागि खाडी तथा मलेसियामा छन्।

विदेशिएका कामदारहरूको परिवार सँगै बस्ने,लालाबालासँग खेल्ने खुसी खोसिएको छ। वैदेशिक रोजगार वैकल्पिक बन्नुपथ्र्यो। तर योअनिवार्यबन्न गयो।

Yamaha

पछिल्ला वर्षहरूमा कतारले कामदारका हित र सुरक्षाका लागि केही महत्वपूर्ण प्रतिबद्धता जनाएको छ। कफलालाई पूर्णरूपमा हटाउने, श्रम निरीक्षण प्रणाली, पेसागतसुरक्षा र स्वास्थ्य प्रणालीलाई सुधार गर्ने, तलब पाउने वातावरणको थप सुनिश्चितता,द्विपक्षीय सम्झौतालाई कडाइसाथ लागू गर्ने र भेदभावविना न्यूनतम तलब तोक्ने, कायर्थलोमा वर्कर काउन्सिल बन्ने, सरकारबाटै परिचयपत्र (आईडी) बनाइदिने विषयमाकतारको प्रतिबद्धता छ। कतारका यी प्रतिबद्धतालाई अनुगमन गर्न र कामदारको न्यायमा
पहुँच स्थापना गर्न अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को कार्यालय यही फेबु्रअरीभित्रस्थापना हुँदैछ। अब आईएलओको लेबर डेस्कमा नेपाली भाषा जान्ने हुनुपर्छ भन्ने हाम्रोलबिङ छ। यो कामदारका लागि सुखद पक्ष हो।

सन् २०१७ बाट आईएलओमा सामाजिक सुरक्षाको पुन: व्यवस्थापनमा कामदार लिनेदेशको योगदान हुनुपर्छ भन्ने विषयले बहस पाउन थालेको छ। एउटा देशले श्रमशक्तितयार गर्ने, अर्को देशले त्यसलाई प्रयोग गर्नेगरी फाइदा लिइरहेको छ। त्यसबापतश्रमशक्ति तयार गर्ने देशले के पाउने त? जुन देशको आर्थिक वृद्धिका लागि कामदारलेयोगदान पुर्‍याउँछ। त्यो देशले कामदार पठाइने मुलुकको वार्षिक बजेटमा सामाजिकसेवाको खर्चमा योगदान पुर्‍याउनुपर्छ। रेमिटेन्समा मात्रै बहस आयो। हामीले हाम्रो
पसिनाको मूल्य पनि खोज्नुपर्छ।

पाण्डे आईएलओका गभर्नर सदस्य हुन्।

Esewa Pasal

प्रकाशित : माघ २७, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दीर्घकालीन सुधारको खाँचो

कान्तिपुर संवाददाता

काठमाडौँ — राजनीतिक संकटका बेला राज्यहरूले मानवअधिकारप्रति कडाइको नीति लिने गरेको पाइन्छ।

कतार भने त्यसको ठिक विपरीत उभिएको छ। गल्फ को–अपरेसन काउन्सिल(जीसीसी) का अधिकांश राष्ट्र सम्मिलित तथा साउदी अरेबियाको नेतृत्वमा भएको आथिर्क तथा राजनीतिक नाकाबन्दीपछि पनि गत अक्टोबरमा कतारले अन्तर्राष्ट्रिय श्रम सगठन (आईएलओ) र अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आईटीयुसी) सँग आप्रवासीश्रमिकहरूको क्षेत्र सुधारको अभियानलाई गति प्रदान गर्ने सहमित गर्‍यो।
अन्य प्रतिबद्धताका अलावा कतारले जबर्जस्ती श्रम र मानव बेचबिखनको अन्त्य गर्ने,तलब सुरक्षा प्रणालीको सुधार र विस्तार गर्ने, श्रमिकहरू कुन देशका नागरिक हुन् भन्नेकुरासँग निरपेक्ष रहेर उनीहरूको न्यूनतम तलब दर लागू गर्ने र जुन देशबाटश्रमिकहरू आउँछन्, त्यही देशमा नै भिसा दिने व्यवस्था मिलाएर श्रमिक भर्नाकाक्रममा प्रारम्भमै उनीहरूमाथि हुने ज्यादतीको सम्बोधन गर्ने जस्ता सुधार गर्ने घोषणागर्‍यो।

त्यस्तै एउटा नयाँ कानुनले कतारका घरेलु श्रमिकहरू, खासगरी महिलाको केहीआधारभूत श्रम अधिकारलाई मान्यता प्रदान गर्न खोजेको छ। अर्को सबैभन्दा महत्त्वपूर्णविषयको रूपमा श्रमिकलाई रोजगारदाता परिवर्तन गर्ने र कतारबाट बाहिरिने कुरामारहेको प्रतिबन्ध हटाएर त्यहाँ विद्यमान कफला प्रणालीमा सुधार गर्ने कतारको प्रतिबद्धतालाई लिन सकिन्छ।सामान्य चलनचल्तीको भाषामा भन्ने हो भने कतारले आईएलओसँग गरेको प्रतिबद्धतालेसमस्याको गाँठोमै प्रहार गरेको छ। त्यति हुँदाहुँदै पनि सुधार अभियानमा उल्लेख्यचुनौतीहरू भने रहेका छन्। कतारमा झन्डै २४ लाख विदेशी श्रमिक रहेका छन्। तीमध्येअधिकांश न्यून तलबका काम गर्नेहरू छन्। नेपाली आप्रवासीहरू कुलमध्ये दोस्रो ठूलो सख्यामा रहेका छन्। जसको संख्या ४ लाखभन्दा बढी रहेको बताइन्छ। त्यत्रो संख्याकाश्रमिकहरूलाई सम्मानजक र मर्यादित रूपमा काम गर्न पाउने अवस्था सुनिश्चित गर्नकेही समय लाग्नेछ भने उल्लेख्य इच्छाशक्ति र स्रोतको पनि आवश्यकता पर्नेछ।

आईएलओसँग भएको सम्झौता अनुसार श्रमिकको सहभागिता बढाउने भनिएको छ। तरकतारले स्वतन्त्र ट्रेड युनियन माथिको प्रतिबन्ध हटाउन भने बाँकी नै छ। अहिलेसम्मपनि रोजगारदाताले उसका श्रमिकलाई ‘भागेको’ आरोपमा कानुनी कारबाही अगाडिबढाउन सक्छ। ‘भागेका’हरू विरुद्ध फौजदारी सजाय हुने प्रावधान छ। जसको चेपुवामात्यस्ता धेरै आप्रवासी श्रमिकहरू पर्ने गरेका छन्, जोसँग आफूमाथि ज्यादती गर्ने रोजगारदाताबाट उम्कन भाग्नुको विकल्प हुँदैन। काम छाडेर जान खोज्नेलाई प्रहरीलेअपराधी मानी पक्राउ गर्छ। पीडितको रूपमा स्वीकार गरी न्याय प्रदान गर्दैन भन्ने कुराजानेर नै ज्यादतीमा संलग्न केही रोजगारदाताले श्रमिकहरूको भिसा रद्द गरिदिने गर्छन्।

विवाहेत्तर यौनसम्बन्ध राख्नु महिला र पुरुष दुवैका लागि गैरकानुनी मानिन्छ। यसलेगर्दा यौन ज्यादतीमा परेका महिला श्रमिकहरूलाई सहयोग गरिनुको साटो उल्टैसजायको डर हुने गर्छ। श्रमिकहरूमाथि भएको व्यवहारको विरुद्ध उजुरी गरेकै कारणलेपनि श्रमिकहरूले प्रतिशोधको सामना गर्नुपर्ने हुनसक्छ। स्वतन्त्र नागरिक समाजकोभूमिका पनि अत्यन्तै सीमित पारिएको छ। नेपाल पत्रकार महासंघद्वारा हालसालै दोहामासम्पन्न एक कार्यक्रमबाट नेपाली पत्रकारहरूलाई पक्राउ गरी ६ घन्टासम्म बयान लिएर
छाडिएको घटनाले स्वतन्त्र पर्यवेक्षक एवं श्रमिकहरूमा समेत कतारका श्रमिकहरूकोजायज चासो र चिन्ताका विषय उठान गर्न डर पैदा गराएको छ।

जीसीसीका अन्य छिमेकी राष्ट्रहरूमा जस्तै गरेर कतारमा पनि माथि उल्लेख गरिएकाजस्ता चुनौतीहरू विद्यमान रहेका छन्। अहिलेसम्म पनि अन्य राष्ट्रहरूले नागरिकस्वतन्त्रतामाथिको बन्देजलाई निरन्तरता दिइरहँदा र नगन्य मात्रामा श्रम क्षेत्रको सुधारगरिरहँदा कतारले भने साहस र सुधारको लागि प्रतिबद्धता देखाएको छ। उसले आफ्नोसुधार प्रयासहरूको थालनीका लागि स्वतन्त्र पर्यवेक्षकहरूलाई संलग्न गराउने इच्छाशक्तिपनि देखाएको छ। आटीयुसीसँगै विल्डर्स एन्ड वुडवर्कर्स इन्टरनेसनल (बीडब्लुआई) समेतका दुइटा प्रमुख अन्तर्राष्ट्रिय ट्रेड युनियन प्रतिनिधिमूलक निकायहरूलाई २०२२ कोफिफा वल्र्डकप हुने साइटको संयुक्त निरीक्षणका लागि खुल्ला रूपमा आमन्त्रण गर्नुकतारको सच्चा प्रयासको द्योतक हो। यी प्रयासहरूलाई खाडी क्षेत्रमै भएका उल्लेख्य प्रयासका रूपमा लिन सकिन्छ। किनकि खाडीका सरकारहरू ट्रेड युनियनमाथि कठोरमानिन्छन्। सरकारी अधिकारीको प्रशासनिक सुधारका लागि क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कतारले अन्तर्राष्ट्रिय श्रम संगठनलाई कतारमै कार्यालय स्थापना गर्न खुला रूपमा
निमन्त्रणा गर्‍यो। अझ यतिसम्म कि आईएलओलाई श्रमिकहरूबाट सोझै उजुरीहरू ग्रहण गर्न अनुमतिसमेत दिएको छ। यस अघि त्यस्तो कहिल्यै भएको थिएन, जुन आफैँमासकारात्मक कदम हो। कतारको सन्देश स्पष्ट रूपमा आएको छ कि ‘हामी इमानदारीपूवर्क सुधार गर्न चाहन्छौँ र यसका लागि हामीले सहकार्य गर्नुपर्छ।’

कतारको श्रम क्षेत्र सुधारको प्रारम्भिक प्रयासहरूको अध्ययनका लागि मैले यसैमहिनाको प्रारम्भमा कतार भ्रमण गरेको थिएँ। सर्वसाधारण श्रमिकहरूका अलावा मैलेत्यहाँका श्रममन्त्री डा. इसा साद ए अल नाइमी र अन्य सरकारी अधिकारीहरूसँग पनिभेट गरेको थिएँ। हाम्रो लामो छलफलमा डा. इसाको यस विषयमा रहेको विस्तृतजानकारी, श्रम क्षेत्रको सुधार गर्ने उत्कट इच्छाशक्ति र आगामी दिनमा आइपर्न सक्नेचुनौतीहरूप्रतिको इमानदार स्वीकारोक्तिबाट म अत्यन्तै प्रभावित भएको छु। मैलेकुराकानी गरेका सबै श्रमिक र सरकारी बैठक बाहेकका मैले भेटेका अन्य व्यक्तिहरूलेआफू रोजगारीको आसमा र आफ्ना परिवारजनको उज्ज्वल भविष्यको अभिलाषा बोकेरकतार आएको बताए। उनीहरूले सुधारको यो प्रयासलाई सकारात्मक र चासो दुवैहिसाबले हेरेको पाएँ। एउटा होटलको डेस्क सहायकको रूपमा कार्यरत एकजना नेपालीश्रमिकले मलाई भने, ‘म यो कामना गरिरहेको छु कि अहिले भइरहेको यो सुधारको प्रयासले यहाँको अवस्था राम्रो बनाओस्। मेरो चाहना त यतिमात्र हो कि सम्मानजनक र
सुरक्षित तवरले काम गर्न पाइयोस्। कतारमा यो काम गर्ने अवसर पाएकोमा म धन्यवादपनि भन्न चाहन्छु, जसको कारणले गर्दा मैले मेरा बालबच्चाहरूलाई राम्रो स्कुलमापढाउनसकेको छु।’

यथार्थमा अहिलेको चरण भनेको प्रारम्भिक हो र विश्वको ध्यानाकृष्ट भएको श्रममापदण्डमा सुधार गर्न स्थायी प्रकृतिको दीर्घकालीन प्रयास आवश्यक पर्छ। ट्रेड युनियनअभियन्ता तथा नेपाल लगायतका सामुदायिक अभियन्ता सहितका श्रम अधिकारविज्ञहरू एवं नागरिक समाजको सहयोगबिना अहिले थालिएको सुधारका प्रयासहरूलेसफलता पाउन सक्दैन। कतारले उसका मनमोहक टावर निर्माण गरिदिने, भौतिक सरचनाहरूका सेवा प्रदान गरिदिने र बालबच्चाको स्याहार–सुसार गरिदिने हजारौँ महिलातथा पुरुष श्रमिकहरूको आधारभूत अधिकारप्रति बृहत्तर सम्मानको मार्गचित्र तयार
गरेकोमा त्यसको जश उसलाई दिनैपर्छ।

-मुस्तफा कादरी
कादरी श्रमिकहरूको अधिकारबारे अनुसन्धान गर्नेबेलायतमा मुख्यालय रहेको संस्था ‘इक्विडेम रिसर्च
एन्ड कन्सल्टिङ’का कार्यकारी निर्देशक हुन्।

प्रकाशित : माघ २७, २०७४ ०८:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT