कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अष्ट्रेलिया : एउटा गल्तीले दिएको देशब्यापी पीडा

नारायण खड्का

अष्ट्रेलिया — दुई साताअघि दक्षिण अफ्रिकासँग केप टाउनमा टेस्ट खेलिरहेका अष्ट्रेलियाका खेलाडीहरुले  बलसँग छेडखानी (बल ट्याम्परिङ) गरेपछि त्यसले विश्वब्यापी सनसनी मच्चायो ।

अष्ट्रेलिया : एउटा गल्तीले दिएको देशब्यापी पीडा

त्यो बल ट्याम्परिङ सामान्य थिएन् किनकी अष्ट्रेलियाली बलर क्यामरुन बेंङक्रफ्टले बलमा खस्रो कुरा (स्याण्डपेपर) दलेर बलको दिशा परिवर्तन गर्ने कोशिस गरेका थिए । त्यतिमात्र नभएर उक्त खस्रो बस्तुलाई उनले आफ्नो कट्टुमा लुकाउने प्रयास गरेका थिए । दक्षिण अफ्रिकासँग खेल हारिरहेको त्यो समयमा अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथ, सहकप्तान डेभिड वारनरसँगको सहकार्यमा भएको त्यो कार्य विश्वका कुनैपनि क्रिकेटप्रेमीलाई मन त परेन नै अष्ट्रेलियाका जनताले समेत मन पराएनन् ।


हरेक खेलले त्यो देशका जनतालाई कुनै न कुनै माध्यमबाट एकस्थानमा ल्याउने गर्छ । जीत र हार खेलको प्राकृतिक नियम भएपनि जीतमा देश रमाउने र हारमा देश रुने सामान्य नियम हो । त्यसमा पनि खेललाई उच्च प्राथमिकता दिएको र खेलको माध्यमबाट अलग पहिचान बनाएको अष्ट्रेलियाका खेलप्रेमी मात्र नभएर सबै जनताहरु अहिले स्तब्ध छन् त्यो पनि यस्तो खेल जसमा विश्वले नै अष्ट्रेलियालाई सशक्त टीमका रुपमा लिने गर्दछ ।


गल्ती गरेपछि सजाय भोग्नु नै पर्छ र सोही अनुरुप स्मिथ र वारनरले एक वर्षको घरेलु तथा अन्तराष्ट्रिय क्रिकेटमा प्रतिबन्ध भोगिसकेका छन् भने बलर बेङक्रफ्टले ९ महिनाको प्रतिबन्ध भोग्नु परेको छ । त्यतिमात्र नभएर लामो समयदेखि कोचको जिम्मेवारीमा रहेका डयारेन लिम्यानले समेत राजीनामा दिनुपरेको छ । अष्ट्रेलियाको क्रिकेट बोर्डले औपचारिक रुपमा ३ खेलाडीहरुलाई सजाय दिएको भएपनि कोच लिम्यानलाई भने बल ट्याम्परिङको बारेमा केही थाहा नभएको भन्दै सजायमुक्त गरिएको छ । यद्यपी उनले खेलाडीहरुको पत्रकार सम्मेलन लगत्तै राजीनामा दिएका थिए ।


अष्ट्रेलियामा क्रिकेट खेललाई अत्यधिक इज्जतिलो खेलका रुपमा लिइन्छ । यहाँ आयोजना हुने टेस्ट र वान डे खेलमा नै १ लाख दर्शकसम्म आउने गर्दछन्, प्रतियोगिता हेर्नका लागि । तर अहिले अष्ट्रेलीयाली खेलाडीहरुले गरेको यो कार्यपछि सामान्य क्रिकेटप्रेमीहरुले दुख ब्यक्त त गरिरहेका छन् नै प्रधानमन्त्री माल्कम टर्नबुल, विदेशमन्त्री जुलि बिशपलगायतले समेत यस कार्यको कडा शब्दमा विरोध गरेका छन् । उनीहरुले अष्ट्रेलीयाली खेलाडीहरुले कुनैपनि खेलमा अनैतिक कार्य गर्नै नसक्ने बताएका छन् । यो कार्य खेल र अष्ट्रेलीयाली संस्कार विपरित भएको बताएका छन् ।


निलम्बनमा परेर चौथा टेस्टलाई बिचमै छाडेर फर्किएका तीनै खेलाडीहरुले पत्रकार सम्मेलनमा आँशु झार्दै माफी मात्र मागेका थिएनन् कि आफ्नो गल्तीले समग्र खेलप्रेमीलाई परेको दुखप्रति क्षमायाचना समेत गरेका थिए । यि तिनैजना खेलाडीहरुले आफुले गल्ती गरेको बताएपनि त्यो गल्ती किन गरिएको थियो भनेर स्पष्ट पारेका छैनन् भने कसरी गल्ती गरिएको हो भन्ने बारेमा प्रष्ट पार्न सकेनन् ।


अष्ट्रेलियाका मात्र नभएर विश्वकै क्रिकेटप्रेमीहरुको हिरो बनिरहेका उनीहरुको त्यही गल्तीका कारण अहिले जिरोमा परिवर्तन भएका छन् । त्यतिमात्र नभएर उनीहरुले आफ्नो आम्दानीको स्रोतहरु पनि धेरै गुमाएका छन् । यहाँबाट उनीहरुलाई लाखौं डलरको प्रायोजन गरिरहेका कम्पनीहरुले उनीहरुको प्रायोजन फिर्ता लिइसकेका छन भने कप्तानी सम्हालिरहेका र करिब जनही २० करोड रुपैया लिएर भारतको प्रिमियर लिग खेलिरहेका स्मिथ र वारनरले उक्त खेलबाट समेत हात धुनु परेको छ ।


वास्तवमा, अहिले अष्ट्रेलियामा उनीहरुको क्रिकेट भविश्यप्रति नै प्रश्न उठाइएको छ । कप्तान र उपकप्तान दुबैले गल्तीको पुर्ण जिम्मेवारी लिएका भएपनि टेस्ट क्रिकेटमा विश्वको नम्बर एक ब्याट्समेन रहेका स्मिथ, वान डे क्रिकेटमा विश्वको तेस्रो उत्कृष्ट ब्याट्समेन रहेका वारनरले एक बर्षपछि क्रिकेटमा कमब्याक गर्ने हुन वा हैनन र गरे भने पनि सफलता र इज्जत सोही किसिमको पाउने हुन वा हैनन् त्यो शंकाको घेरामा छ ।


त्यो भन्दा महत्वपुर्ण विश्वका क्रिकेटप्रेमीहरु त्यसमा पनि अष्ट्रेलियाकै क्रिकेटप्रेमी तथा खेलप्रेमीहरुले उनीहरुलाई ह्रदयदेखि स्वीकार गर्ने हुन वा हैनन् त्यो पनि दुबिद्व नै छ भने अष्ट्रेलियाले अहिलेसम्म देखाइरहेको उत्कृष्ट प्रदर्शन स्मिथ र वारनर बिना कायम राख्न सक्छ कि सक्दैन भन्ने पनि प्रश्न उब्जिएको छ ।


प्रकाशित : चैत्र २१, २०७४ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?