संस्कृतको धरातल

जर्मनीको टप विश्वविद्यालयमध्ये १४ वटामा संस्कृत, क्लासिकल र मोर्डन इन्डोलोजीको पढाइ हुन्छ ।
मनिषा पौडेल

काठमाडौँ — नेपालमा अहिलेको अवस्थामा संस्कृत भाषा भन्ने बित्तिकै हेय र तिरस्कारको दृष्टिले हेरिन्छ । संस्कृत पढ्नु, संस्कृत बोल्नु भनेको परम्परावादी ब्राह्मण समुदायहरूले मात्रै हो भनेर बुझिन्छ ।

आधुनिक हुन नसकेका, अति नै रुढीवादी शैलीका मानिसहरूले मात्रै संस्कृतलाई अवलम्बन गर्छन् भन्ने आम सोचाइ छ । आर्य समुदायलाई शोषक, सामन्ती, परम्परावादी ठानिन्छ । आध्यात्मिक, धार्मिक, सांस्कृतिक कामकुराहरूलाई हामीले पाखण्डी, रुढिवादिता, विकास र परिवर्तन विरोधी काम भन्छौं । हामीलाई थाहा छैन, कसरी विश्व परिवेश, मानव सभ्यता, संस्कृति र भाषाहरूको विकास भएको हो भनेर । हामीले विकास र सभ्यताको परिभाषा र मापदण्ड पश्चिमी विश्वमा खोजेका छौं । हामी विकासका दृष्टिकोणले युरोप, अमेरिका तथा पूर्वी एसियाको तुलनामा धेरै पछाडि छौं । विकसित, आधुनिक र सभ्य बन्ने नाममा पश्चिमी शैलीको पछाडि–पछाडि दौडिरहेका छौं । हामीलाई अंग्रेजी बोल्दा बढी आधुनिक र सभ्य भएको महसुस हुन्छ, नेपाली र संस्कृत त नपढेका, देशविदेश नघुमेका, आधुनिक बन्न नजानेका नेपालीहरूले प्रयोग गर्छन् भन्ने धारणा छ ।

दोस्रो विश्वयुद्धपछि सुरु भएको भूमण्डलीकरणको प्रक्रियाले विश्वका सबै देशहरूलाई एउटै प्रणालीमा आबद्ध गरायो । १९८० को दशकदेखि फैलिएको उदारीकरणको नीतिले भूमण्डलीकरणको प्रक्रियालाई टेवा दियो । जसको प्रत्यक्ष प्रभाव नेपालजस्ता तेस्रो विश्वका मुलुकहरूको धर्म, संस्कृति र मौलिक परम्परामा परेको छ । कमजोर राष्ट्रको राजनीतिक तथा आर्थिक संरचनालाई प्रभाव पारी आफ्नो एकाधिकार पकडमा लिएर, संसारभर एउटै धर्मको प्रभाव फैलाएर, सांस्कृतिक रूपले एउटै चिन्तन, पद्धति र मोडलका मानिसहरू निर्माण गर्ने, एउटै तालमा नाच्ने, एउटै जीवनशैली बनाउने र विलकुलै नयाँ एकल संस्कृति निर्माण गर्ने किसिमको ‘सांस्कृतिक विश्वव्यापीकरण’को प्रक्रियाले नेपाललाई समातेको छ । पश्चिमी सभ्यता र संस्कृतिको पकड यसरी फैलियो कि उनीहरूले नेपालीलाई रोबोर्ट बनाइदिए, समय अनुसार आफ्नो सीमित स्वार्थका लागि प्रयोग गर्ने । यसकै कारण केही दशकदेखि नेपालमा सीमित व्यक्तिहरूको राजनीति गर्ने हतियार बनाइएको छ, संस्कृत र पुरातन संस्कृति ।

Yamaha

हामी आफूले टेकेको धरातललाई बिर्सियौं, आफ्नै हीरा चिनेनौं र यसलाई गुमाउन, फुटाउन र बिगार्नमा नै हामी तल्लिन छौंं । एउटा जीवन्त सभ्यता र संस्कृतिको धरातलमा उभिएर पनि हामीले यसलाई चिन्न सकेनौं । नेपालमा शास्त्रीय गुरुकुल पद्धति अन्तर्गतका वेद विद्याश्रम तथा संस्कृत माविजस्ता सरकारी विद्यालयले माध्यमिक तहसम्म संस्कृति विषयको पढाइ हुन्छ भने अन्य सामुदायिक र निजी विद्यालयमा यो विषयले त्यति स्थान पाएको छैन । समय धेरै व्यावसायिक बन्यो । शैक्षिक संस्थाले पश्चिमी मोडल र भाषालाई प्राथमिकता दिनथाले । युरोप र अमेरिकालाई लक्षित गरी विद्यार्थी उत्पादन गर्न थाले । तर युरोपको अवस्था नेपालको भन्दा ठिक विपरीत हुँदै गएको छ । संस्कृतप्रति उनीहरूको आकर्षण बढ्दो छ । डेलिमेलमा उल्लेख भए अनुसार जर्मनीको हिडेलवर्ग युनिभर्सिटीको साउथ एसिया इन्स्टिच्युटमा संस्कृत कोर्सको माग बढ्दो छ । त्यहाँका प्रमुख प्राध्यापक डा. एलेक्स माइकलका अनुसार जर्मनीको टप विश्वविद्यालयमध्ये १४ वटामा संस्कृत, क्लासिकल र मोर्डन इन्डोलोजीको पढाइ हुन्छ ।

बेलायतका ४ वटा विश्वविद्यालयमा संस्कृतको पढाइ हुन्छ । विश्वभरिका विद्यार्थीहरू त्यहाँ संस्कृत पढ्नका लागि आउने गरेका छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा संस्कृत पढाउँदै आएका नेपालका डा. दिवाकर आचार्य संस्कृतको अध्ययन नगरी एसियाको इतिहास बुझ्न नसकिने भएको र विज्ञानप्रति आस्था भएकाहरू शिक्षित भएपछि सनातन हिन्दु धर्मको अनुसन्धानमा लागेका कारण युरोप, अमेरिकामा संस्कृत भाषाको आकर्षण बढेको बताउनुहुन्छ । विभिन्न समाचार एजेन्सीका अनुसार विश्वमा करिब २५० वटा विश्वविद्यालयमा संस्कृत भाषाको पठनपाठन भइरहेको छ । जर्मनी, अमेरिका, बेलायतका केही विद्यालयहरूमा संस्कृत भाषा अनिवार्य छ । संस्कृतले बसाइँ सर्‍यो । आफू जन्मिएको माटोले बिर्सिएपछि अन्तै मौलाउन र फैलिन थाल्यो ।

क्राउस, इरेक भि.गुनेमार्क, क्लिन्टन रविन्सन जस्ता भाषा वैज्ञानिकहरूका अनुसार विश्वमा करिब ६ हजारदेखि ७ हजार भाषा अस्तित्वमा छन् । जसमध्ये धेरै भाषाको विकास संस्कृतबाट भएको हो । संस्कृत भाषाको जननी हो । यस भाषाका विद्वानहरूले संस्कृत सबैभन्दा धेरै शब्द भएको भाषा हो भन्छन् । विश्वमै सबैभन्दा ठूला ग्रन्थहरू (वेद) संस्कृतमै लेखिएको छ । युद्धकला, चिकित्सा विज्ञानका आविष्कार, संगीत, नृत्य, गणितीय विज्ञानजस्ता मानव जीवनका अति आवश्यक र संवेदनशील विषयहरू वेदबाटै विकास भएको हो ।

poudelmanisha111@gmail.com

Esewa Pasal

प्रकाशित : वैशाख ४, २०७५ ०८:०८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

टोरेसको १०० गोल

एएफपी

म्याड्रिड — फर्नान्डो टोरेसले ला लिगामा व्यक्तिगत सय गोल गर्दै आइतबार राति एट्लेटिको म्याड्रिडलाई लेभान्टेमाथि ३–० को जित दिलाएका छन् । टोरेसले यसअघि सिजनको समाप्तिमा क्लब छाड्ने घोषणा गरेका थिए ।

तस्बिर : राेयटर्स

लिभरपुल र चेल्सीका पूर्व खेलाडी पछिल्लो समय एट्लेटिकोमा पहिलो रोजाइमा छैनन् । टोरेस दोस्रो हाफमा एन्टोनियो ग्रिजमनको स्थानमा आएका थिए र उनले १० यार्डबाट भलीमा गोल गरे । एट्लेटिकोबाट अन्य दुई गोल एन्जेल कोरेरा र ग्रिजमनले गरेका थिए । घरेलु मैदानमा पछिल्लो १० खेल जित्दा एक गोलमात्र खर्चेको एट्लेटिकोले अर्को साता आर्सनलसँग युरोपा लिगको सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै छ ।

अर्को खेलमा रियल म्याड्रिडले मालागालाई २–१ ले हरायो । रियलका इस्को र कासेमिरोले गोल गरे । इस्कोले २९ औं मिनेटमा कर्लिङ फ्रिकिकमा सानदार गोल गरे । उनले पूर्व क्लबविरुद्ध कासेमिरोलाई गोलका लागि पास उपलब्ध गराइदिए । जेसस भालेजोले गरेको गल्तीमा अन्तिम सेकेन्डमा मालागाबाट डिएगो रोलानले गोल फर्काएका थिए । ६ खेलमात्र बाँकी हुँदा पुछारमा मालागा रेलिगेसनभन्दा १४ अंकले पछाडि छ । मध्यसातामा युभेन्ट्समाथि युरोपियन च्याम्पियन्स लिगमा ३–१ ले पराजित भए पनि ४–१ को अग्रतामा अगाडि बढेको रियलले क्रिस्टियानो रोनाल्डो र गारेथ बेललाई आराम दिएको थियो । लिगमा बार्सिलोना ८२ अंकमा शीर्षस्थानमा छ । उसको पछाडि एट्लेटिको ७१ र रियल ६७ अंकमा छन् ।

प्रकाशित : वैशाख ४, २०७५ ०७:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT