एनआरएन 'भिजन' खुल्ला विश्वविद्यालय 

महेन्द्र पौडेल

काठमाडौँ — खुल्ला विश्वविद्यालय पनि हुन्छ र? अधिकांशलाई थाहै थिएन । खुल्ला विश्वविद्यालयका लागि एनआरएनले सन् २००९ मा गरेको चौथौं विश्व सम्मेलनमा एउटा अवधारणापत्र घोषणा गऱ्यो । जसमा क्यानाडा निवासी डा. प्रमोद ढकाललाई खुल्ला विश्वविद्यालय कार्यदलको जिम्मेवारी दिएको थियो ।

एनआरएन 'भिजन' खुल्ला विश्वविद्यालय 

सो कार्यदलमा विदेशमा बसेर नाम कमाएका र एनआरएनमा आवद्ध रहेका प्राध्यापक डा. सुर्य सुवेदी, प्राध्यापक डा. अम्बिका अधिकारी, डा. दोर्ण रसाली, हेमराज शर्मा र डा. प्रमोद ढकालको निरन्तरलगावका कारण ‘नेपाल खुल्ला विश्वविद्यालय विधेयक २०७३’लाई ३० जुन २०१६ का दिन संसदबाट पारित गरेको हो ।

गैर आवासीय नेपाली संघका पुर्व अध्यक्ष जीवा लामिछाने र नेपाल सरकार शिक्षा मन्त्रालयबीच एक सहमति भइ स्टेरिङ्ग कमिटी बनाउने निर्णय भएको थियो । स्टेरिङ्ग कमिटीका अध्यक्ष तत्कालिन शिक्षा सचिव शंकर पाण्डेले यसको जिम्मेवारी लिएका थिए । राजनीतिक उतारचढावका कारण यसले गति लिन सकिरहेको थिएन । अन्तत: विधेयक नै बनिसकेपछि यसलाई विदेशमा बस्ने नेपाली जो बीचबीचमा विभिन्न वाध्यताका कारण पढाई छोड्न पुगेकाहरुलाई एउटा कोशेढुंगा सावित हुन्छ भन्नेमा कार्यदलका अध्यक्ष ढकालको राय थियो ।

यसको इतिहास हेर्दा बेलायतका चर्चित लेखक ‘द राइट्स अफ मेरिटोक्रेसी’ का रचनाकार माइकल योङ्गले खुल्ला विश्वविद्यालयको अवधारणा अघि सारेका थिए । समान सिकाईका रुपहरु । विभेद विनाको पढाई । घोकाउने र रटान दिने परिपाटीको अन्त्य । प्रत्येक विद्यार्थीका आफ्ना भ्रमहरुलाई प्रयोगात्मकरुपमा प्रयोग गरेर नै जानुन । उत्कृष्ट र प्रतिभाशाली विद्यार्थीहरु मर्कामा नपरुन् । न्यायपूर्ण समाजको स्थापनाका निम्ती सबैमा शिक्षाका समान पहुँचका लागि उनले आफ्ना बिचारहरु पोखेका थिए । जसअनुसार सन् १९६९ मा पहिलोपटक विश्वमा खुल्ला विश्वविद्यालय स्थापना भएको थियो । कलेज वा स्कुलका कोठा नपुगिकनै उच्च शिक्षा लिन चाहनेहरुका लागि यो खुल्ला विश्वविद्यालय अवधारण कोशेढुंगो सावित हुनेछ भन्ने हो ।

कक्षा १२ उत्तिर्ण भइसकेपछि अध्ययन अघि बढ्न नसकेका प्रहरी, सैनिक, पत्रकार, गृहिणीलगायत विदेश बस्ने दिदीबहिनी तथा दाजुभाईहरु सबैले खुल्ला विश्वविद्यालयको पठनपाठनलाई रोज्न सक्नेछन् यसका लागि उनीहरुसाग इन्टरनेट भने जरुरी हुन्छ । इन्टरनेटको माध्यमबाट लण्डनको स्कुलमा पढाई भइरहेको कुरा गाउँको कुनै इलाकामा बसेर उसले सुन्न सक्छ । अध्ययन गर्न सक्छ । आफ्नो धारणा प्रस्तुत गर्न सक्छ । यस विश्वविद्यालयको पाठ्क्रमहरुमा डिप्लोमा, स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहसम्म रहेका छन् । सेमेष्टेर सिष्टममा पढाइ हुने यो अभियान एनआरएनको डिजाइन हो । यसको पाठ्यक्रमहरु क्यानाडाको अथवास्का विश्विद्यालयको प्राविधक सहयोगमा सञ्चालन गरिने तय भएको थियो ।

एनआरएनको चार साल लगातार प्रयासपछि सरकारले यसलाई उच्च प्राथमिकतामा राख्न थालेको थियो । केशरमहलस्थित शिक्षा मन्त्रालयको भूइ तल्लामा सम्पर्क कार्यालय एउटा कक्ष स्थापना गर्दै ‘ओपन युनिभर्सिटी अफ नेपाल’ लेखेर राखिएको थियो । यो योजना ल्याउनका लागि गैर आवासीय नेपाली संघले करिब ३ करोड भन्दा बढी लगानी खर्चिसकेको छ भने क्यानडामा हुँदाखाँदाका राम्रो जागिर छाडेर यसैको लागि भनेर डा. प्रमोद ढकाललगायत केही विज्ञहरुसमेत नेपाल फर्किसकेका थिए । सुरुको प्रस्तावमा सरकारबाट १० प्रतिशत र एनआरएनले ९० प्रतिशत लगानी गर्ने भन्ने प्रावधान छ ।


अर्को राम्रो पक्ष के भने यस खुल्ला विश्वविद्यालयको अवधारणाले अबको सिकाई पद्दति पनि परिमार्जित हुन पुग्ने छ । निरन्तर पढाई र निरन्तर अपडेट हुने हुँदा पहिलोको जस्तो २५ वर्ष पढेर अनि २५ वर्ष जागिर खाने प्रवृत्तिसँग यसको तुलना हुँदैन । पेशा सँगसगैं सिकाई पनि सँगसँगै हुने हुँदा ज्ञानका लागि अतिउत्तम अभियान हो । उच्चशिक्षाका नाममा बौद्धिक पलायन हुने परिपाटी रहेको देशमा यस अभियानले एकातिर भरथेक गर्ने छ भने अर्कोतिर अति ठूलो भवन, चर्को फिस, होस्टल बस्नु पर्ने बाध्यता र उच्च गुणस्तर दिने नाममा हुने लुट र गुणस्तरीय शिक्षा दिने नाममा बढ्ने खर्च आदिलाई मध्यनजर गर्दा खुल्ला विश्विद्यालयको नेपालको लागि अति उत्तम रहेको देखिन्छ । आजभोली नेपालमा पनि क्याब्रिजका पाठ्यक्रमहरुमा पढाउने चलन छ । ए लेभल र ओ लेभलमा भर्ना गर्दा विद्यार्थीको मार्कसिटहरु नहेरी गर्दछन् यसले के देखाउँछ भने विद्यार्थी भर्ना उनीहरुसँग तत्काल एउटा टेष्ट लिएर अन्तर्वार्ता गरेर गर्दछन् जसबाट विद्यार्थीको जोश, पढ्ने रहर मनोवैज्ञानिक तरिकाले हेरेर प्रवेश दिइदो रहेछ ।

गैर आवासीय नेपाली संघले ल्याएको यो एउटा ‘भिजन’ अवधारणा हो । यसबाट के प्रष्ट हुन्छ भने विदेशमा बस्ने नेपालीको पैसामा मात्र लगानी देख्ने परिपाटीलाई अन्त्य गर्दै यस्ता खालका अन्य अवधारणाहरु ल्याउन सक्छन् भन्ने एउटा प्रमाण पनि हो । विदेशमा माथिल्लो तहमा विभिन्न क्षेत्रमा काम गरेका नेपाली विज्ञहरु अहिले प्रशस्तै छन् । तिनीहरुको ब्रेनलाई देशमा उपयोग गर्ने वातावरण तयार गर्न एनआरएनका अगुवा कुमार पन्तले विज्ञ सम्मेलन गर्नुपर्ने धारणा केही वर्षअघि सार्वजनिक गरेका थिए । अन्तत एनआरएनले बिज्ञ सम्मेलन गर्ने मिति तय गरिसकेको छ । जसबाट देशभित्र विज्ञहरु भित्राउने उनको लक्ष्य रहेको देखिन्छ । विदेशमा नाम र दाम कमाएका नेपालीबाट देशले आर्थिक मात्र होइन, हरेक क्षेत्रबाट फाइदा लिन सक्छ ।

– लेखक एनआरएनका मिडिया सदस्य हुन् ।


प्रकाशित : वैशाख १७, २०७५ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?