म अध्ययनरत अलाबामा ए एण्ड एम विश्वविद्यालयको भौतिकशास्त्र विभागले विगत २० वर्षदेखि निरन्तर विज्ञान (भौतिकशास्त्र, जीवशास्त्र र रसायनशास्त्र) मा नोवेल बिजेता मूर्धन्य वैज्ञानिकहरुसंग अन्तर्क्रिया र व्याख्यानको आयोजना गर्दै आएको छ ।
पछिल्ला धेरै शताब्दीदेखि राजाहरूले शासन गर्दै आएको नेपालमा बीचमा १०४ वर्षसम्म राणाहरूले शासन गरे । राणाहरूको अन्त्यपछि फेरि राजाहरूको शासन फक्र्यो । राजाको निरंकुशतन्त्र २०४६ सालमा ढलेपछि दलहरूको शासन आयो । राजा ज्ञानेन्द्रको संक्षिप्त प्रतिगमनपछि २०६३ सालमा फेरि दलहरूको शासन फर्क्याे ।
२०१३ सालदेखि जनस्तरमा थाहा हुनेगरी नेपालमा योजना बन्न थालेका हुन् । योजना बन्न कुनै न कुनै रूपमा योजना निर्माणको सांगठनिक निकायहरू पनि बन्दै गए । कहिले योजना आयोग, कहिले योजना मन्त्रालय र कहिले योजना परिषदको गठन गरेर योजना निर्माणको जिम्मेवारी दिइएको इतिहास छ ।
‘लोकतन्त्रको कुनै पनि प्रयोगले गान्धीको स्वराजलाई आत्मसात गर्नुपर्छ ।’ ‘लोकतन्त्रबारे विमर्श’ गर्ने क्रममा चिन्तक प्रदीप गिरीले गान्धीको स्वराजलाई आत्मसात गर्नुपर्ने मत राखेको देखेर मनमा केही प्रश्न उठेका छन् ।
‘छोरी बचाउ अभियान’ बडो राम्रो कार्यक्रम रहेछ । यसले मानिसलाई छोरीलाई जन्म दिन प्रेरित गर्नेछ ।’ केही नेताले यसो भनेको सुन्दा रोउँ कि हासुँ हुन्छ । यो अभियान मलाई जंगलमा ‘बाघ र गैंडा बचाउँ’ अभियान थालनी गरे जस्तो लाग्न थालेको छ ।
देशको बारेमा प्रसंग चल्दा "नेताहरुले देश खतम पारे" भन्ने बाक्य हामी सबैले भन्दै र सुन्दै आएका छौं । तर, यस्तै प्रसंगमा नेताहरुले के भन्छन् होला, त्यो पंक्तिकारलाई जानकारी छैन, किनकी पंक्तिकारको नेताहरु सँग कुनै हिमचिम र उठबस छैन ।
संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा बुधबार आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि पूर्वबजेट छलफल सुरु हुँदैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको प्रचारले संघीय नेपालको पहिलो पूर्वबजेट छलफलको गाम्भीर्यलाई केही छायामा पार्लाजस्तो देखिन्छ ।
अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले सन् २०१६ को चुनावी सभामा भनेका थिए, ‘दुख:पूर्वक सुनाउनुपरेको छ, त्यो अमेरिकी सपना मर्यो ।’ केही दिनपछि अर्को चुनावी सभामा उनले भने, ‘अमेरिका फेरि पनि पहिलो हुनुपर्छ । दोस्रो विश्वयुद्धपछि अमेरिका सधैं पहिलो हुँदै आयो, अब पनि हुनपर्छ ।’
विश्वमै अत्यन्त आदर एवं सम्मानसाथ हेरिने विश्वविद्यालय नेपालका सन्दर्भमा चाहिँ अहिले विभिन्न दलको परेड खेल्ने मैदान, भाँडभैलोको भण्डार एवं अंशबन्डाको केन्द्र बन्नपुगेको कुरामा कसैको विमति नहोला । यसै पङ्क्तिकारद्वारा केही समयअघि त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा लेख्दै नलेखिएका पुस्तकको थुप्रो लगाएर भाँडभैलो मच्चाइएको चर्चा गरिएको थियो ।
सभ्यताको थालनीदेखि मानिसले आपस्तमा के कस्ता प्रकारले र कस्तो सम्बन्ध राख्ने भन्ने कुराले महत्त्व प्राप्त गरेको छ । यसै सिलसिलामा राज्य र राजतन्त्रको उत्पत्ति भयो । प्राचीन समाजमा गणराज्य पनि प्रयोगशील थिए । एथेन्समा भएको गणतान्त्रिक प्रयोगले प्लेटो र एरिस्टोटलको राजनीतिक चिन्तनलाई सूचित गरेको थियो । नेपालमा लिच्छवि गणराज्यको उल्लेख छ । गौतम बुद्धका पिता कदाचित त्यस्तै गणाधिपति थिए ।
यसपालिको प्रेस स्वतन्त्रता दिवस अथवा मे ३ मा मलाई एउटा छलफलमा सोधेको प्रश्न थियो, ‘नेपालमा प्रेस स्वतन्त्रताको कुरा गर्दा के कुरा बढी टडकारोसँग देखिन्छ ?’ मैले भनें, सरकार र राम्रो स्वतन्त्र मिडियाको बीचमा छुुट्टिने रेखाहरू हुन्छन् । तर नेपालमा अहिले केही समयदेखि यता मन्त्रीहरूले खोलेका गुह्य कुरा र प्रेसले खोलेका कुराहरू छुट्याउने रेखा टडकारो छैन ।
‘हेलो ।’‘हेलो ।’‘यो अखबार कार्यालय हो ?’‘हो, के भन्नुछ, भन्नोस् ।’‘प्रधान सम्पादकज्यू हुनुहुन्छ ?’‘अहिले हुनुहुन्न, उहाँ ।’‘कहाँ जानु भएको छ प्रधानसम्पादकज्यू ?’‘उहाँ जरुरी कामले बाहिर जानुभएको छ ।’‘कहिले फर्कनु हुन्छ ?’‘यो भन्न सकिंदैन ।’
एक दिन क्याफेमा बसेर साथीसँग कफी पिउँदै थिएँ । संयोग मान्नुपर्छ, टेलिभिजनमा मेरो आफ्नै कार्यक्रम पुन: प्रसारण भइरहेको थियो । क्याफेमा आगन्तुक कतिपय आफ्नै गफमा व्यस्त थिए । कोही बेला–बेला टेलिभिजनतिर आँखा लगाउँदै थिए ।