एउटा छलफलमा भाग लिएको थिएँ, केही समय पहिले । दुई दलले ढपक्कै ढाकेको नेपाली राजनीतिलाई म एक साहित्यकार, साहित्य सिद्धान्तमा चाख राख्ने अनि यी कुनै दलमा नजोडिएको मानिसले कसरी हेर्छु भन्ने प्रश्न आउँदा म राम्ररी झस्केंँ ।
अमूर्त कला प्रदर्शन कक्षमा एक मन्त्री, दुई पुलिस म्यान र केही दर्शकहरूका मूर्त उपस्थिति थियो । सबै कला अवलोकन कार्यमा व्यस्त थिए । सम्पूर्ण वातावरण नै एउटा गहकिलो ह्यान्डस्केपमा परिणत भएको थियो ।
ज्ञान उत्पादनमा सीमित वर्ग, वर्ण र लिंगको प्रभुत्व रहेको खण्डमा वास्तविकतालाई उपेक्षा वा तोडमरोड गरिनु अनौठो होइन । २०७४ माघ २० मा सौरभले ‘कान्तिपुर’मा ‘नलेखी नभएकाले मात्र’ (टुपी महात्म्य) मा पनि वास्तविकतालाई उपेक्षा गर्दै लेखेका छन्, ‘टुपी ब्राह्मण पर्यायवाची होइन’ र ‘टुपी नेपाल र भारतका ब्राह्मणहरूको मात्रै ठान्नु र बुझ्नु अज्ञानताको पराकाष्ठा हो ।’
नेपाली कम्युनिस्ट पार्टीहरूको इतिहासका पाना पल्टाउँदा फुटका मितिहरू धेरै भेटिन्छन् । फुटका कारण खोतल्दा समाज परिवर्तन र समाजवादको सपना पूरा गर्ने भन्दै हिँड्ने कम्युनिस्ट पार्टी संकीर्णतामा जकडिएका पनि पाइन्छन् ।
समृद्धिको आआफ्नै व्याख्या होलान् र त्यो समय र परिस्थितिमा निर्भर गर्छ । बीपी कोइरालाले उनको समयमा समाजवादलाई ‘सबै नेपालीको एउटा घर होस्, घरमा एउटा दुहुनो गाई होस्, सबै नेपालीको एकहल जोतको जमिन होस्, सबैका छोराछोरीले स्कुल पढ्न पाउन्, बिरामी हुँदा सबैले औषधी गर्न सकुन्’ भनेर व्याख्या गरेका थिए ।
एउटा चलनचल्तीको उखान छ, "बर्मा गए पनि कर्म सँगै", अर्थात् जता गए पनि मान्छेले आफ्नो संस्कार र बानी छाड्न सक्दैन । अरु देशको बारेमा पंक्तिकारलाई जानकारी भएन तर विभिन्न बाटोबाट अमेरिका आएर बसोबास गरिरहेका ब्यक्तिहरुको बारेमा यो उखान शतप्रतिशत मेल खान्छ । यसैक्रममा पंक्तिकारको बिभिन्न ब्यक्तिहरुसँग भेट हुने क्रममा प्राप्त अनुभवलाई यहाँ प्रस्तुत गर्ने प्रयास गरेको छु ।
‘व्यापारीहरू सबलाई ठीक पार्नुपर्छ । हामीले अब भन्सारको दर व्यापक बढाउने हो । नेपाली उद्योगलाई बढावा दिनुपरेन भन्नुस् त ? अनि यी बाहिरका सामान ल्याएर बेच्नेहरूले चाल पाउँछन्,’ संघीय सरकारका एक सचिवको भनाइ हो यो ।
सुनेको कुरा : यो त्यतिखेरको कुरा हो रे, जतिबेला नेपाल (काठमाडौं ?) मा अहिलेका जस्ता संस्थागत न्यायिक व्यवस्था थिएन । तर त्यतिबेला पनि खराब काम गर्ने, भ्रष्ट आचार भएका व्यक्ति हुने गर्थे । त्यस्ता भ्रष्टहरूलाई उनीहरूको खराब कर्म कबुल गराउन कालभैरवको अगाडि लगेर बकाइने गरिन्थ्यो रे ।
गुट र परिवार व्यवस्थापनमा मात्रै लाग्ने पार्टी नेतृत्व पंक्तिका कारण कांग्रेस दिनानुदिन खुम्चिँदै गएको छ । मूलत: पार्टीमा मिलाएर लैजाने दायित्व सभापतिको हो । सभापतिले एकलौटी रूपमा उपसभापति, महामन्त्री, सह–महामन्त्री र प्रवक्ताको चयन गर्नुभयो ।
१) २००६ सालमा स्थापना भएदेखि यता सात दशकसम्म वैचारिक राजनीतिक संघर्षका अनेकौं आरोह–अवरोहका अनुभव सँगाल्दै नेपाली जनता तथा पार्टी सदस्यहरूको भावना एवं आकांक्षाअनुरूप आवश्यक छलफल र बहसपश्चात् आज हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई विधिवत् एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन गरेका छौं ।