के माओवादी विसर्जन भएको हो?
काठमाडौँ — के २०७५ साल जेठ ३ गते माओवादी सकिएको दिन हो? यो प्रश्न अहिले निकै चर्चामा छ । २०५१ मा जन्मिएको माओवादी पार्टी नेपाल कम्युनिस्ट पार्टीमा रुपान्तरण हुन २४ वर्ष लाग्यो । त्यसअघि के त्यो चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्सेतुङको पार्टी थियो ? थिएन ।

प्रकाशित : जेष्ठ ८, २०७५ १२:५८
म्याग्दी — धौलागिरी हिमाल आरोहण गर्न तथा फन्को लगाउन आएका पर्यटक र सहयोगीले फालेको फोहोरले प्रदुषित धौलागिरी बेस क्याम्प सरसफाई गरिएको छ । धौलागिरी गाउँपालिकाले ८ लाख खर्च गरी स्थानिय ३० जना युवा परिचालन गरी १ महिनाबढी समय लगाएर १५ हजार फोहोर संकलनगरी तल ल्याएर ब्यवस्थापन गरेको हो ।


म्याग्दी नदीको मुहान मानिएको धौलागिरी ग्लेसियरदेखि बेसक्याम्प हुँदै फेन्चपास डाँडासम्म थुप्रिएको फोहोर संकलनगरी चौरवन क्षेत्रमा ल्याएर कुहिने, जल्ने र नजल्ने छुट्टाछुट्टै खाडल बनाई ब्यवस्थापन गरिएको हो ।‘गाउँपालिकाको बजेटबाट महिनौं दिन लगाएर धौलागिरी बेस क्याम्प क्षेत्र सरफाई गरेका छौं,’ सरसफाई समितिका अध्यक्ष हरीप्रसाद तिलिजाले भने, ‘बेसक्याम्पहरुमा दिसापिसावको थुप्रो लागेकोले वरफ पगालेर पानी खान समेत समस्या छ । ट्रेकिङ कम्पनीहरुले पर्यटक र सहयोगीको दिसापिसाव र प्रयोग गरेको फोहोर फिर्ता लैजानु पर्ने भएपनि अनुगमन नहुँदा यही फाल्ने गरेका छन् ।’

धौलागिरीको आधार शिविर, फ्रेन्च, जापानिज, स्वीस, ईटालियन हुँदै ग्लेसियर क्याम्पसम्म पर्यटक तथा उनीहरुका सहयोगीको दिसापिसाव, खानाका बट्टा, अक्सिजनका सिलिण्डर, बियरका बोटल, चियाका थर्मस, भरियाले फालेका डोकाहरु, हिमाल आरोहणपूर्व चढाईएका खादा लगाएतका फोहोरको थुप्रो लागेको थियो । त्यसैगरी विभिन्न समयमा दुर्घटनाग्रस्त हेलिकोप्टरका भग्नावषेश, उद्दारमा जाने हेलिकोप्टर ल्याण्ड गराउन पुर्याईएका गाडीका टायरहरु पनि यत्रतत्र छरिएका थिए ।धौलागिरी आधार शिविरमा संकलन गरिएको १५ हजार किलोग्राम (हिउँले भिजेको चिसो अवस्थामा) फोहोरलाई एक दिन तल चौरवनको जंगल क्षेत्रको खाली चौरमा ८ मिटर लामो, ६ मिटर चौडाई र २ मिटर गहिरो खाडलमा सीसा, टिन, ग्यास सिलिण्डर जस्ता नजल्ने फोहोर र ४ मिटर लामो, ३ मिटर चौडाई र २ मिटर गहिरो अर्को खाडलमा जल्ने फोहोर ब्यवस्थापन गरिएको सरसफाई समितिले जनाएको छ ।

‘जिल्ला दररेट अनुसार श्रमिकको दैनिक ज्याला ६ सय ५० रुपैयाँ छ, त्यति ज्यालाले हिमालमा काम गर्न को मान्छ र ? गाउँका युवा महिना दिनसम्म परिचालिन नगरेको फोहोर संकलन सम्भव थिएन,’ अध्यक्ष तिजिलाले थपे, ‘सरोकारवालाको चासो नपुग्दा पर्यटन तथा पर्यावरण दुवै खतरामा छ ।’ त्यसैगरी गाउँपालिकाको थप ५ लाख रुपैयाँ तथा पर्यटन बोर्डको २० लाख रुपैयाँको लागतमा धौलागिरी पदमार्ग मर्मत तथा निर्माण भइरहेको छ । सब-इन्जिनियर बालकृष्ण पौडेलका अनुसार गाउँपालिकाको ५ लाख सहयोगबाट पदमार्गको सबैभन्दा जटिल मानिएको नाउरा भीरको बाटो मर्मत गरिएको र पर्यटन वोर्डको रकमबाट सल्लाघारी क्षेत्रमा झाडी फाँड्ने, काठेपुल बनाउने, नयाँबाटो बनाउने र पुरानो बाटोमा काठका सिंढी बनाउने काम गरिएको छ ।

क्याम्प ट्रेक गरिने यस रुटमा अब टी-हाउस तथा ब्याकप्याक ट्रेक सुरु भएको छ । डोरीमा झुण्डिएर यात्रा गर्नु पर्ने नाउराको भीर फोड्ने र निगालाको झाडी फाँडेर घोडेटोबाटो निर्माण भएपछि धौलागिरी चक्रीय पदमार्ग सहज भएको हो । क्याम्प ट्रेक महँगो हुने भएकोले व्यक्तिगत तर एड्भेन्चर भ्रमण रुचाउने पर्यटकले धौलागिरीको इटाली क्याम्पसम्म होटलवास त्यसमाथि स्वीस क्याम्प, जापानिज क्याम्प, ग्ल्यासियर क्याम्प र तल्लो आधारशिविरसम्म ब्याकप्याक ट्रेक सजिलै गर्न सम्भव छ ।

चार हजार ४७ मिटर अग्लो पहिलो आधारशिविर छ । पाँच हजार मिटर माथि सिता चुचुरो र धौलागिरी प्रथमको फेदीमा दोस्रो शिविर छ । यहींबाट राउण्ड धौलागिरी गर्ने र धौलागिरी प्रथम आरोहण मार्ग छुट्टिन्छ । धौलागिरी पूर्वी मोहडामा अवस्थित सिता चुचुरोलाई दाहिने पारी फ्रेन्चपास गरे धौलागिरी आरोहण गर्न सकिन्छ भने सिता चुचुरोलाई देब्रे बनाए आरोहण तर्फ लागिन्छ ।









प्रकाशित : जेष्ठ ८, २०७५ १२:४९