विविधा
जेष्ठ २९, २०७५

गणितलाई नजरअन्दाज नगरौं

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७५’ यही जेठ १८ गते पारित गरिएको समाचार आएको छ । यो प्रारूपलाई ‘विद्यालय शिक्षा सुधार सम्बन्धी मार्गचित्रका रूपमा’ अङ्गिकार गरिएको जनाइएको छ ।

‘ब्रान्ड’ कम्युनिस्ट !

एमाले र माओवादीको एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) इतिहासकै शक्तिशाली कम्युनिस्ट पार्टी बनेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘बोल्ड’ निर्णयले यो सम्भव भएको हो । कुनै बेला नदीका दुई किनाराजस्ता यी दुई दल एक भएका छन् ।

उत्तर कोरियाबारे भुल्न नहुने मुद्दा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच हुने भेटको सिंगापुरमा अन्तिम तयारी भइरहेको छ । उक्त भेटवार्ताको प्रमुख एजेन्डा आणविक हतियार नै हुनेछ । तर बिर्सन नहुने कुरा भनेको उत्तर कोरिया विश्वकै सबैभन्दा सर्वसत्तावादी शासन प्रणाली भएको राष्ट्र हो ।

प्रविधि पनि पितृसत्ताकै औजार

बिहे भएको बीसौं दिन हामी श्रीमान–श्रीमती काठमाडौं महानगरपालिकाको स्थानीय पञ्जिकाधिकारीको कार्यालय पुग्यौं, विवाह दर्ताका लागि । प्रशासन शाखाले दिएको फारममा आवश्यक विवरण भर्नुपर्ने रहेछ । नेपाली नागरिकताको प्रतिलिपि बुझाउनुपर्ने भएकोले मेरा श्रीमान कार्यालय बाहिर निस्किए ।

जेष्ठ २८, २०७५

कहिले रोकिन्छ त्रुटिपूर्ण तथ्यांक प्रकाशनको सिलसिला ?

सूचना प्रविधिले महत्त्वपूर्ण स्थान ओगटेको आजको युगमा समाजका कुनै पनि क्षेत्र सूचना तथा तथ्यांकसँग अछुतो छैनन् । साथै ती हरेक क्षेत्रमा सूचना तथा तथ्यांकको महत्वसँगै त्यसको आवश्यकता पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

ADVERTISEMENT

वैदेशिक लगानीका आधार

लामो राजनीतिक संक्रमणबाट गुज्रिएका कारण नेपालको आर्थिक दिशा अझै पनि अन्योलग्रस्त छ । दशक लामो आन्तरिक सशस्त्र द्वन्द्वपश्चात् ऐतिहासिक शान्ति सम्झौता र त्यसपछि स्थापना भएको लोकतान्त्रिक वातावरणसँगै पहिलो संविधानसभा निर्वाचनले सर्वत्र ठूलो उत्साह पैदा गरेको थियो ।

समावेशी लोकतन्त्रमाथि इरेजर

‘माछो देखे दुलाभित्र हात, सर्प देखे दुलाबाहिर हात !’ यो उखान प्रधानमन्त्री केपी ओलीले कथेका होइनन् । तर यो उखानले कल्पना गरेको सटिक पात्र उनै हुन् । किनभने समावेशी गणतन्त्रको जुन जेट चलाउन उनी नियुक्त भएका छन्, त्यसमाथि उनको कहिल्यै विश्वास थिएन/छैन ।

संकुचित समाजवाद

नेपालमा समाजवादको ठूलो चर्चा छ । संविधानमा पनि हामीले समाजवादलाई नै अँगाल्यौं । राजनीतिक भाषण, नीतिका कुरामा पनि समाजवादलाई नै अगाडि सार्ने गर्‍यौं । टन्न पैसा बनाएर बसेका व्यापारीहरूले पनि आआफ्नो सिन्डिकेटमार्फत समाजवादको डम्फु बजाउने गर्‍यो ।

बलात्कारमा प्रमाण मूल्यांकन पद्धति

पत्रपत्रिकामा यौनजन्य हिंसाका खबर र तिनको विरोधस्वरुप कडा कानुन र सके मृत्युदण्डसम्मका माग हाम्रालागि नौला होइनन् । यसै सिलसिलामा नेपालका सन्दर्भमा अदालतले जबर्जस्ती करणीको मुद्दालाई कसरी लिएको छ, प्रमाणको मूल्याङ्कन के कसरी हुन्छ र क्षतिपूर्ति सम्बन्धी के कस्ता प्रचलन छन् भनी २०७३ र २०७४ सालका १९ वटा मुद्दा हामीले केलायौं ।

जेष्ठ २६, २०७५

भुलभुलैयामा रैथाने प्रजाति

नेपालमा फूल फुल्ने रैथाने वनस्पति ३१२ प्रजाति छ भन्ने जानकारी ‘फ्लावरिङ प्लान्ट्स अफ नेपाल : एन इन्ट्रोडक्सन’ शीर्षक पुस्तकबाट थाहा पाउन सक्छौं । रैथानलाई अंग्रेजी शव्द ‘इन्डेमिक’को अर्थमा अक्सर प्रयोग गरिन्छ ।

ADVERTISEMENT

संगठित सुन तस्करी: समातिन्छन्, छुट्छन् र फेरि तस्करी गर्छन्

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विशेष सुराकीका आधारमा २०७० असार २६ गते कोटेश्वरबाट ३५ केजी सुन बरामद गर्‍यो । सीमावर्ती चीनबाट सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै काठमाडौं भित्रिएको कन्टेनरमा फल्स बटमभित्र लुकाएर ल्याइएको सुन गाडीधनी ओमबहादुर बज्राचार्य, घ्याम्जो लामा, र मोहनकुमार अग्रवालको भएको बयान गाडी चालक निमा छिरिङले दिए ।