जतिबेला विश्वकप २०१८ को उद्घाटन खेलमा रूस र साउदी अरेबिया मस्कोमा भिडिरहेका थिए, त्यतिबेला रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी राजकुमार मोहम्मद विन सलमान अल साउदबीच मज्जाको भलाकुसारी चलिरहेको थियो । बीचमा थिए, अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनो पनि । पुटिनले ख्याल–ख्यालमै राजकुमारलाई भने, ‘तपाईंलाई राम्रोसँग थाहा छ, म साउदी टिमको समर्थन गर्न सक्दिन । जुन टिम राम्रो, त्यसैले खेल जिते राम्रो ।’
शक्तिशाली सरकारका अर्थमन्त्रीले सपनाका भारले किञ्चित झुकेको यो वर्षको बजेट भाषणमा अनेकौं कुरा राखे । त्यसमा साहित्य, नाट्य संगीत र कलालाई सम्बोधन गरिएको एउटा योजना पनि घोषित भयो । त्यो थियो– यी तीन विषयका तीन अलग एकेडेमीलाई मिलाएर एउटै एकेडेमी गठन गर्ने । यसको कारण विस्तृत रूपमा केही दिइएन । तर बुझिने संकेतहरू थिए, त्यहाँ ।
२०४८ को आमनिर्वाचन र विशेषत: २०५०माघमा काठमाडौं–१ मा भएको उपनिर्वाचनमा उम्मेदवार बनेका नेपाली कांग्रेसका तत्कालीन सभापति पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई आफ्नै पार्टीको ठूलै पंक्तिको षड्यन्त्रको कारण पराजित भएपश्चात अन्तरघात नेपालको चुनावी राजनीतिमा एउटा विषम समस्याको रूपमा विद्यमान छ ।
हालै राजधानीका डेरी उद्योगहरूमा कृषि मन्त्रीसहितको टोलीले अनुगमन गरेपछि दूधमा युरिया, लुगा धुने सोडा, बेकिङ सोडा, नुन लगायतका अखाद्य पदार्थ मिसाइने गरेको पाइएपछि ‘देशै नभएको अनुभूति भएको’ भन्ने कृषि मन्त्रीको अभिव्यक्ति सुन्न/पढ्न पाइयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असार ५–१० सम्म चीनको भ्रमण गर्दैछन् । चीन भ्रमणबाट फर्कंदा ओलीले चिनियाँ रेल पनि साथमै लिएर आउँछन् जस्तो प्रभाव नेपाली जनतामा परेको छ । भ्रमणमा चिनियाँ रेललाई नेपाल प्रवेश गराउने विषयमा कुनै सम्झौता नभएमा अन्य उपलब्धि पनि छायामा पर्नसक्ने सम्भावना छ ।
यति बेला दूधमा कास्टिक सोडा र युरिया मिसाइएको विषय निक्कै चर्चामा छ । मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गरि भएको यो दुष्कर्मको जति आलोचना गरे पनि कम हुन्छ ।
मेरा परिचितहरु मध्ये करिब ७५ प्रतिशतले नेपाली सिनेमा नहेर्ने बताउँछन्, उनीहरु हेर्दै हेर्दैनन् कि हेरेर पनि झुट बोल्छन् । त्यो उनीहरुलाई नै थाहा होला । तर म धेरै पछिसम्म पनि नेपाली सिनेमाको नियमित दर्शक थिएँ, पछि विभिन्न कारणले नेपाली सिनेमा हेर्न छोडें ।
आमा भएर बाँच्नु साह्रै गाह्रो रहेछ, खास गरी सन्तान मारिएपछि । न्याय खोज्दा उल्टै पतिले पनि ज्यान गुमाएपछि त म एकदम एक्ली भएकी छु । त्यसपछि मलाई एक क्षण पनि बाँच्न मन भएन ।
चीनले ल्हासाबाट तिब्बतको दोस्रो ठूलो सहर सिगात्सेसम्म रेलमार्ग भर्खरै जोडेको थियो । सहकर्मी सम्पादक अखिलेश उपाध्याय र म त्यही रेलमा यात्रा गर्दै थियौं । ल्हासा र सिगात्सेमा मान्छेहरू कम, रेलवे स्टेसनचाहिंँ किन त्यति भीमकाय बनाएको होला भन्ने लागिरहेको थियो, बाटोमा अन्य स्टेसनहरू पनि उस्तै बडेमानका देखिए । अनि रेलको लिक पनि ठूलठूला पहाडहरू खोपेर निकै ठूलो लगानी गरेर बनाए जस्तो देखियो ।
राजनीतिक प्रणालीहरूमा लोकतन्त्रलाई सर्वोत्कृष्ट मानिँदै आएको छ । लोकतन्त्रका आदर्श भनेको स्वतन्त्रता, नागरिकको सर्वाेच्चता, सरकारको नागरिकप्रतिको जवाफदेहिता र नागरिक सहभागिता नै मुख्य हुन् । तर यिनै आदर्शभित्र लुकेको खराबी वा रोगले कहिलेकाहीं यो व्यवस्था दुर्घटनामा पर्न सक्छ । ग्रीक दार्शनिक प्लेटोले भनेका छन्– ‘हरेक चिजसँग विशेष खराबी र रोग पनि हुन्छन् र त्यसैले त्यस चिजको नाश गर्छ । अन्धोपनले आँखालाई, ढुसीले मकैलाई र धमिराले काठलाई नष्ट गर्छ ।’
नेपालमा महिला समावेशीको संवैधानिक व्यवस्थाको इतिहास धेरै लामो छैन । ३० वर्षे पञ्चायती व्यवस्थामा महिला समावेशीकरणको मुद्दा नत चर्चामा थियो, न नीतिगत व्यवस्था नै । २०४७ सालको प्रजातन्त्रको पुन:स्थापनासँगै यो विषयले राजनीतिमा सुषुप्त प्रवेश त पायो, तर पनि राष्ट्रिय एजेन्डा भने बन्न सकेन । विशेषत: संवैधानिक तथा कानुनी संरचनाको अभावमा यो विषय ओझेलमा पर्यो । समावेशीको पक्षमा पर्याप्त जनचेतना पनि थिएन ।