विश्वकपप्रतिको अति लगावले हृदयघातको जोखिम

बीर बहादुर बोहरा

काठमाडौँ — अचेल सामाजिक सञ्जालका भित्ताहरु विश्वकप फुटबलका समाचारले भरिएका छन् । सर्वसाधारणदेखि समाजका प्रतिष्ठित मानिसहरुलेसमेत आआफ्नो मन पर्ने टीम वा खेलाडीका पक्षमा ट्वीट वा फेसबुक स्ट्याटस राख्ने गरेका छन् ।

लाग्छ विश्वकपको रापले सिंगो विश्वलाइ खर्लप्पै छोपेको छ । फुटबल टीमको फ्यानको भीडमा सामान्य रुपमा मन पराउनेदेखि डाइहार्ट मरिहत्ते गर्ने फ्यानसम्म छन् ।

Yamaha

यसै सिलसिलामा फेसबुकमा एकजना नेपालीले पोर्चुगलको पक्षमा आफ्नो सपरिवार पूजा अर्चना गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो भने ट्रोल पोखरा नामक फेसबुक पेजमा अपलोड गरिएको फुटबल सम्बन्धि नेपाली लोक गीतलाई तीनलाख भन्दा बढीले हेरेका छन् र तीन हजार बढीले सेयर गरेका छन् ।

यि त केवल प्रतिनिधि उदाहरण मात्र हुन्, फुटबलको नशामा समय र स्वास्थ्य बिगार्नेहरु नेपाली समाजमा धेरै छन् । चिनी पनि धेरै खायो भने तितो हुन्छ भन्ने उक्ति झै एउटा सीमामा रहेर हेरिएको खेलले हाम्रो स्वास्थ्यमा सकारात्मक असर पार्छ र समयको पनि बर्बादी हुन्न । तर, जब हामी सीमा नाघ्छौ तब समस्या पैदा हुन्छ ।

खेल हेर्ने बानी लतको रुपमा विकास नहुँदासम्म यसले हाम्रो समग्र स्वास्थ्यमा फाइदै गर्छ तर जब सीमा नाघ्छ त्यसले निसन्देह समस्या पैदा गर्छ ।

वास्तबमा कुनै पनि खेलकुदप्रति हामी किन यति धेरै आकर्षित हुन्छौ ? खेलकुद र हाम्रो मस्तिष्कको सम्वध के छ ? एकछिन यी प्रश्नहरुमाथि मनन गरौं ।

जब कुनै पनि खेलकुद हेरिन्छ हाम्रो दिमागले आफूलाई वास्तवमै खेलाडीको स्थानमा भएको महसुस गर्छ । हामीले खेल नखेले पनि हाम्रो दिमागले खेलिरहेको हुन्छ । हाम्रो मस्तिष्कको दायाँ भागमा रहेका मिरर सेलहरुले यसो हुन सघाउछन् । मिरर सेलहरुले शाव्दिक आदान प्रदान विना अरुको क्रियाकलाप प्रतिविम्वित गर्न र उक्त घटनासंग जोड्न मद्दत गर्छन् ।

हाम्रो दिमागमा रहेका न्यूरोट्रान्समिटरले भावना र क्रियाकलाप निर्माण गर्छन् र हाम्रो शरिरसंग सञ्चार गराउँछन् । न्यूरोट्रान्समिटरमा रहेको डोपामाइनले संवेगात्मक दायित्व प्रवाहन गरी आनन्द महसुस गराउँछन ।

मानौ कि जब हामीले चाहेको टीमले खेल जित्छ, हाम्रो दिमागले डोपामाइन द्रवित गर्छ । डोपामाइनले हाम्रो मस्तिष्कमा सकारात्मक सोच ल्याउँछ । यसको उल्टो जब हामी दुखी हुन्छौ हाम्रो मस्तिष्कमा कार्टिजोल नामक स्ट्रेस हर्मोन उत्सर्जित हुन्छ ।

लगातार खेल हेर्ने बानीले मस्तिष्कका बिभिन्न भागहरु सक्रिय हुने वा मस्तिष्कको न्युरोन प्रणालीमै सकारात्मक असर पर्छ । सन् २००८ मा भएको एक अध्यययन अनुसार खेल हेर्ने बानी भएका मानिसहरुमा भाषामा समेत सुधार आएको देखियो । अझ खेल हेरेर मानिसको सोच्ने र दृश्यावलोकन गर्ने क्षमतामा समेत सुधार हुन्छ ।

विश्वकपले कुस्त मनोरन्जन संगै डरलाग्दो स्वास्थ्य समस्या निम्त्याउन सक्छ । आफ्नो टिमले खेल जितोस भन्ने चाहना संगै तपाईले अस्पतालको तयारी पनि गर्नुपर्ने हुनसक्छ । विगतका खेलहरुका अनुभवबाट हृदयघातमा बढोत्तरी संगै हिंसामा बृद्धि भएको देखिएको छ ।

आफूले समर्थन गरेको टीमले खेल खेल्दा अत्यन्त भावनात्मक रुपमा उत्तेजित हुने प्रवृतिले शरीरमा एड्रीनलिनको मात्रा बढाइ दिन्छ । जसको परिणाम स्वरुप मुटुको धड्कन बढ्छ । रक्त चाप बढ्छ । र अन्ततः रक्तनली संकुचन भइ हृदय गतिमा गढबढी आउछ । जसको परिणाम स्वरुप डाइहर्ट समर्थकहरुमा हृदयघातसम्म हुने गर्छ ।

कैयौ समर्थकहरु कुनै अमुक टीमप्रति अत्यन्त मरिहत्ते गर्ने खालका हुन्छन् । यसरी कट्टर समर्थक हुनु समयको बर्बादी त छँदैछ यसले स्वास्थ्यमासमेत गम्भिर समस्या पैदा गर्न सक्छ । न्यू इंग्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक शोधका अनुसार तनावपूर्ण भएर खेल हेर्ने बानीले ह्रदयघात हुने सम्भावना कम्तिमा पनि दुई गुणा बढाउने उल्लेख छ । अनुसन्धाताहरुले २००६ मा जर्मनमा भएको विश्व कपका डाइहार्ट समर्थकहरुमाथि गरेको अध्ययनले यो कुरा देखाएको हो ।

अध्ययन अनुसार महिला भन्दा पुरुषमा ह्रदयघात हुने सम्भावना बढी हुन्छ । सन २००६ मा जर्मनीले खेल खेलेको दिन पुरुषमा हृदयघात करीब ३ गुणाले बृद्धि भएको थियो भने महिलाहरुमा करीब २ गुणाले बढेको थियो । अझ पहिले देखि नै मुटुरोग भएकाहरुमा त विश्वकपको लत घातक नै सिद्ध हुन्छ ।

विश्वकपको बेला मानिसहरुले मसलेदार खाना र रक्सि पनि अत्यधिक बढी खाने गरेको अध्ययनको निचोड छ । जुन मुटु रोगका लागि खतरनाक खाना हो । त्यसै पनि खेल जित्ने वा हार्ने सोचले हृदय गति बढ्ने गर्छ । त्यस माथि मसलेदार खाना र रक्सिले हृदयघातको लागि मसलाको काम गर्छ ।

आफूले चाहेको टीम वा आफ्नो घरेलु टीमले खेल हार्दा डिप्रेसनमा जानेदेखि लिएर आत्महत्या गर्नेसम्मका घटना पनि हुने गरेका छन् । सन २००७ मा विश्वकप क्रिकेटमा भारतले श्रीलंकासंग हार बेहोरेपछि पश्चिम बंगालमा एक जोडी दम्पतिले नै आत्महत्या गरेका थिए । हैदराबादमा एक अर्का डाइहार्ट समर्थकको हृदयघातका कारण निधन भएको थियो ।

खेल हेर्दा हाम्रो ब्रेन सक्रिय हुन्छ र हृदय गति पनि बढ्छ । यसले हर्मोनमा बदलाव ल्याउछ । जस्तै मन परेको टीमले खेल जित्दा टेस्टोस्टेरोन हर्मोन बढ्छ भने हार्दा घट्छ । टेस्टोस्टेरोन हर्मोनले अहमभाव पैदा गरी दिन्छ । र खेलमा जित वा हार हुदा समर्थकहरु उत्तेजित भइ दंगा हुनसक्छ ।

डाइहार्ट फ्यानहरुमा विश्वकपका बेला तनाव पनि बृद्धि हुन्छ । सन २०१२ मा गरिएका एक अध्ययनले विश्पकपका बेला स्पेनिसहरुमा गरिएको अध्ययनले यसको पुष्टि भएको थियो । घरेलु टिमका फ्यानहरुको र्‍यालमा कार्टिजोल र टेस्टोस्टेरोनको मात्रा धेरै पाइएको थियो । जुन स्ट्रेसको प्रमुख कारक तत्व हो ।

विश्वकपका दौरान घरेलु हिंसामा पनि बृद्धि हुने देखिएको छ । खेल जित्दा होस वा हार्दा घरेलु हिंसामा बढोत्तरी भएको बिगतका अनुभवले बताउछ । लेनकास्टर विश्वविद्यालयका अपराध विशेषज्ञ डक्टर स्टुअर्ट किर्वेका अनुसार सन २००२, २००६ र २०१० को विश्वकपताका बेलायतमा घरेलु हिंसा अत्यधिक भएको थियो । गजबको कुरो त के छ भने बेलायतले हार्दा हिंसा ३८ प्रतिशतले बृद्धि भएको देखियो भने जित्दा समेत २६ प्रतिशतले बढेको देखियो । एक छुट्टै अनुसन्धानले बेलायतमा घरेलु दुर्व्यवहार खेल जित्दा २७.७ प्रतिशतले र हार्दा ३१.५ प्रतिशतले बढेको पाइयो ।

विश्वकपका बेला हुने अर्को अनौठो कुरा जन्मदरमा बृद्धि हो । यूरोपीयन मुलूकहरु मध्ये जर्मनी अत्यन्त कम जन्मदर भएको देश हो । तर सन् २००६ को विश्पकप समापनको ९ महिना पछि जन्मदर पहिले भन्दा ३० प्रतिशतले बृद्धि भएको पाइयो । आइसल्यण्डले २०१६ को यूरो कप जिते पछि त जन्मदर बृद्धिको रेकर्ड नै ब्रेक भएको थियो । यस हिसाबले हेर्दा अब आउने अर्को साल जर्मनीको जनसंख्या बढेमा अनौठो नमाने हुन्छ ।

हाम्रोमा चोक चोकमा भेला भएर वा धेरै मानिस एक ठाउँमा भेला भएर विश्वकप हेर्ने प्रचलन छ । मध्य राती ठूल्ठूलो स्वरमा होहल्ला गर्ने र कराउने कुरा खेल हेर्ने फ्यानका लागि त ठिकै होला तर मिठो निद्रामा सुतेका मानिसका लागी भने त्यो रुचीकर हुदैन । तर हामी कहा आफूले मनोरन्जन लिदा अरुलाई असर पार्नु हुन्न भन्ने हेक्का भने कमै लाई हुन्छ ।

अन्तमा, खेल केवल विशुद्ध मनोरन्जनका लागि हेरिने कुरा हो । आफूले मनोरन्जन लिंदा अरुको शान्तिपूर्वक बाँच्न पाउने अधिकारको पनि सम्मान गर्न जान्नुपर्छ । साथै खेल प्रतिको अत्यधिक लगावले तत्काल वा दिर्घकालीन हृदय रोग लाग्न सक्ने सम्भावनासंग पनि हामी सचेत हुनुपर्छ ।

लेखक अमेरिकाको अलाबामा यूनिभसिर्टीको भौतिकशास्त्र विभागमा अनुसन्धानरत छन् ।

Esewa Pasal

प्रकाशित : असार ६, २०७५ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

विभेद गर्न संविधानले रोक लगाएको छ : मुख्यमन्त्री पौडेल 

कान्तिपुर संवाददाता

चितवन — प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कसैले कसैलाई विभेदकारी नीति अवलम्बन गर्न संविधानले रोक लगाएको बताएका छन् ।

मुस्लिम इत्तेहाद संगठन र मुस्लिम मुक्ति मोर्चा, चितवनले मंगलबार संयुक्त रुपमा गरेको ‘इद मिलन’कार्यक्रममा पौडेलले कुनै जाति, वर्ग, धर्म र संस्कृतिलाई होच्याउने काम कसैले गर्न नसक्ने बताए ।

‘संविधानले नै सबैलाई बराबरीको अधिकार दिएको छ, समावेशी बनाएको छ, सबैका अधिकारलाई स्थापित गरेको छ’, उनले भने, ‘कसैले केही कुरा गर्‍यो भन्दैमा डराउनुपर्ने छैन । कसैले विभिन्न ढंगका कुरा गरेर समामाजिक सद्भाव बिगार्न खोज्छ भने हामी सबैले प्रतिवाद गर्नुपर्छ ।’

संविधानअनुसारका अधिकार दिलाउन प्रदेश सरकार सक्रिय भएको बताउँदै उनले सबै जातजाति, धर्म, वर्ग र समुदायले औंला ठड्याउने र विभेद गर्‍यो भन्ने खालको काम आफूबाट नहुने विश्वाससमेत दिलाए । सबै मिलेर अघि बढेमात्र मुलुकको समृद्धि र जनता सुखी हुने उनको विश्वास छ ।

इत्तेहाद संगठनका उपाध्यक्ष ताजमोहम्मद मियाँले मुस्लिमहरुका अधिकारमाथि खेलवाड नगर्न सरकारको ध्यानाकर्षण गराए । ‘त्याग, तपस्या र आन्दोलनमा होमिएका आधारमा पाएका अधिकारमा तलमाथि भयो भने मुस्लिमले सहेर बस्दैनन्,’ उनले भने ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका संगठनका अध्यक्ष सेराज अहमद फारुकीले सरकारले मुस्लिमका बिदा कटौती गरेर लाखौं मुस्लिमको दिल दु:खाएकाले त्यसमा पुन:विचार गर्न ध्यानाकर्षण गराए ।

प्रकाशित : असार ६, २०७५ १८:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT