२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
विविधा

Bibidha

कहिलेसम्म ट्राफिक जाम ?

‘काठमाडौंको कुनचाहिं सडक जाममुक्त होला ?’ यो प्रश्नको उत्तर खोजिरहनै पर्दैन । यसको सिधा जवाफ छ– ‘त्यस्तो कुनै सडकै छैन ।’ हुन पनि हो । काठमाडौंका हरेक साना–ठूला सडकमा दिनको कुनै न कुनै समय जाम हुन्छ नै । ठूला फराकिला भनिएका सडकमा सार्वजनिक बस, माइक्रो, ट्याम्पु र ट्याक्सीले जाम हुन्छ भने साना सडक भने बाटै ढाकिने गरी लाज पचाएरै पार्किङ गरिएका निजी सवारीसाधन वा मोटरसाइकलले गर्दा ।

कहिलेसम्म ट्राफिक जाम ?
असार ९, २०७५

प्रतिबद्धता मात्रै समावेशी

 नेपालको संविधान २०७२ ले सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा समतामूलक समाज निर्माणको संकल्प गरेको छ । दुई ठूला कम्युनिस्ट पार्टी तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर चुनावमा सार्वजनिक गरेको घोषणापत्रमा संविधानमा उल्लेखित समानुपातिक समावेशीकरणको विषयलाई पूर्ण स्वामित्व लिँदै त्यसको प्रभावकारी कार्यान्वयनको प्रतिबद्धता गरिएको छ ।

प्रतिबद्धता मात्रै समावेशी

ध्यान नदिइएको धानबाली

संसारभरिका सयभन्दा धेरै देशका कृषकहरूले १५ करोड ८० लाख हेक्टरभन्दा धेरै जग्गामा धानको खेती गरी करिब ७० करोड टन धान फलाउँछन्, जसबाट करिब ४७ करोड टन चामल प्राप्त हुन्छ । नेपालको छिमेकी देशहरू चीन र भारत संसारको सबैभन्दा धेरै धान उत्पादन गर्नेमध्ये पहिलो र दोस्रो ठूला देशहरू हुन् ।

ध्यान नदिइएको धानबाली

मातृभाषा शिक्षाको खाँचो

शैक्षिक गुणस्तरलाई लिएर केही स्थानीय सरकारले सामुदायिक विद्यालयमा रातारात अंग्रेजीलाई अनिवार्य गरेका खबर आइरहेका छन् । केही समयअघि कान्तिपुरमै प्रकाशित एउटा समाचारमा कास्कीका जनप्रतिनिधिले अंग्रेजी माध्ययमा पठन–पाठन अनिवार्य गराउनेगरी एक मतले ताली बजाएको कुरा आएको थियो ।

मातृभाषा शिक्षाको खाँचो

जीवन काम लाग्ने बनाऔं

यहाँ आफ्नैलागि बाँच्ने र हाँस्नेहरू धेरै छन् । हुन त मान्छेको जातै आफ्नोलागि मात्र सोच्छ र आफ्नै सुखसुविधामा रमाउँछ । संसारमा धेरै मान्छेमात्र यस्ता हुन्छन्, जो अरूको निश्चल हाँसोमा रमाउँछन् । अरूको खुसीमा आफ्नै खुसी ठानेर रमाउँछन् ।

जीवन काम लाग्ने बनाऔं

वाइफाइ राउटर कति सुरक्षित ?

हामीले नयाँ वाइफाइ राउटर किन्दा कहिले पनि शक्तिशाली नेटवर्क सुरक्षाबारे ध्यान दिँदैनौं । खासगरी घरमा जोड्ने राउटर भनेपछि हामी केवल त्यसको स्पिड र कभर गर्ने एरियाका बारेमात्रै ध्यान दिन्छौं ।अब भने हामीले आफ्नो सोचमा परिवर्तन गर्ने बेला भएको छ ।

वाइफाइ राउटर कति सुरक्षित ?
असार ८, २०७५

न्यायिक समितिको प्रभावकारिता

मलाई सम्झना छ, म आफू फुच्चे भएको बेलामा गाउँघरमा हुने पञ्चायतीका बेला जस्तो सुकै विषय भएपनि त्यसलाई निराकरण गर्नका निम्ति केवल पुरुषहरुको मात्र बाहुल्य हुने गरेको थियो । र, मानसपटलमा जहिल्यै आउन्थ्यो कि न्याय केवल पुरुषहरुले मात्र दिन सक्छन् भनेर ।

न्यायिक समितिको प्रभावकारिता

समृद्धिको अर्थशास्त्र

हरेक समाज वा राष्ट्रको जीवनमा त्यस्तो कालखण्ड आउँछ– त्यो समय अवधिलाई कुनै खास शब्दले अभिव्यक्ति र प्रतिनिधित्व गरिरहेको हुन्छ । शब्द सोचको ध्वनिचित्र हो । कुनै राष्ट्रको जीवनमा कुनै शब्द ‘थिम’जस्तो भएर उदित हुनु केवल रहर, लहड वा लहरको विषय हैन ।

समृद्धिको अर्थशास्त्र

उत्कर्षमा गोर्खा आन्दोलन

बेलायती सेनाबाट सेवानिवृत्त गोर्खाहरू तीन दशकदेखि समान अधिकारका लागि आन्दोलित छन् । आन्दोलनबाट केही उपलब्धि हासिल भए पनि समान पेन्सन, क्षतिपूर्ति लगायतका थुपै मुद्दा अझै थाती छन् ।

उत्कर्षमा गोर्खा आन्दोलन

महिला सशक्तीकरणको विरोधाभास

मिठो नारा लगाउनु र त्यही नारालाई भँजाएर गैरसरकारी संस्थाको मलिलो भूमि तयार गर्नु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हामी विचरा, कठैवरीका रूपले परिभाषित हुनु, कुन राजनीतिक पार्टी वा कुन राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले बढी भाग दिन्छ भनेर आशामुखी बनेर बस्नु हामी महिलाको नियति बनेको छ ।

महिला सशक्तीकरणको विरोधाभास

दलित अधिकारका कसीमा संविधान

देशमा कम्युनिष्ट पार्टीको बहुमतको सरकार क्रियाशील भएसँगै संविधान संशोधनको पक्षमा प्रश्न उठ्न थालेको छ । संघीयसभा र प्रदेशसभाको निर्वाचनबाट २ नं. प्रदेशमा अब्बल बनेको संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी भएको छ, विशेषत: संविधान संशोधन गर्ने सहमतिको सर्तसहित ।

दलित अधिकारका कसीमा संविधान