१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
विविधा

Bibidha

संविधानको मर्म कुल्चिने यत्न

नेपाली समाजको इतिहास लामो छ । राजनीतिक सीमा फेरबदल भइरहे समयक्रममा, तर समाज थियो । समाज रहिरहँदा त्यहाँ द्वन्द्व पनि थियो । त्यसैगरी संवादका रैथाने प्रक्रिया पनि रहे । गाउँघरमा अझै संवादको परम्परा बाँचेको छ । स–साना प्रयत्नले पनि राम्रा परिणाम दिइरहेका हुन्छन् । तेस्रो पक्षका सन्तुलित भूमिकाले कसैको घर डढ्नुबाट जोगिएका, सप्रिएका कथाहरू भेटिन्छन् ।

संविधानको मर्म कुल्चिने यत्न

सीपीसी हेडक्वाटरमा ओली

चीन भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली असार ६ गते चिनियाँ कम्युनिष्ट पार्टी अर्थात् ‘सीपीसी’ केन्द्रीय समितिको पार्टी स्कुल विभागले गरेको कार्यक्रममा सहभागी भई ‘समृद्धिमा राजनीतिक दलको भूमिका’ विषयमा सम्बोधन गरे । नेकपाका अध्यक्ष पनि रहेका प्रधानमन्त्री ओली सीपीसीको कार्यालय जाँदा नेपालमा छिटफुट रूपमा उनको आलोचना पनि भयो ।

सीपीसी हेडक्वाटरमा ओली

महिला हिंसाका विभिन्न रूप

लोकतान्त्रिक सरकारको आधारभूत चरित्र नै आम जनताको जीवन र स्वतन्त्रताको रक्षा गर्नु हो । तर अहिले जेजति कारणबाट महिलामाथि विभेद/उत्पीडन/ज्यादती/हिंसा थोपरिएको छ र तिनै कारणले अनाहकमा महिलाले ज्यान गुमाउनु परिरहेको छ, त्यसका आधारमा महिलाको जीवनरक्षाको विषयलाई महत्त्वसाथ उठान गर्नु पक्कै अपराध नठहर्ला ।

महिला हिंसाका विभिन्न रूप

मधेसी दलितलाई आरक्षणको अर्थ

सरकारले संघीय निजामती प्रशासनमा ५ क्लस्टरलाई बढाएर ८ क्लस्टरलाई ४५ प्रतिशत सिट आरक्षण गर्ने प्रस्ताव गरेको छ । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तको व्यवस्था गर्न बनेको विधेयक’मा आरक्षणका लागि छुट्याइएको ४५ प्रतिशत सिटको ५० प्रतिशतमा महिलाले मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिँदैछ ।

मधेसी दलितलाई आरक्षणको अर्थ
असार १३, २०७५

किन रोकियो मलेसिया ?

मोफसलका एक युवा राजधानीमा केही गर्न सुरिएर आए । चिनेजानेका साथीभाइले मेडिकल खोल्न सल्लाह दिए । खोले । केही वर्षअघि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण बायोमेट्रिक प्रणालीमा जाने चर्चा सुने ।

किन रोकियो मलेसिया ?

स्वर्ग पर्दैन, स्वस्थ भएर बाँच्न दिऊँ

प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घोष भएको छ : ‘नेपाल १० वर्षमा स्वर्ग हुनेछ ।’ अहिलेसम्म स्वर्ग यो ब्रह्माण्डमा अस्तित्वमा छ या छैन, त्यो अझै रहस्यको विषय बनेको छ । त्यसैले प्रधानमन्त्रीबाट प्रयुक्त शब्द स्वर्ग भौगोलिक स्थानभन्दा पनि अनुभूत गर्ने अवस्था हो, जहाँ शारीरिक आरोग्यता, मानसिक आनन्द र आत्मिक शान्ति प्राप्त हुन्छ ।

स्वर्ग पर्दैन, स्वस्थ भएर बाँच्न दिऊँ

सिन्डिकेटपछिको कार्यभार

धेरै लामो समयसम्म जरा गाडेर बसेको सार्वजनिक यातायातको सिन्डिकेट ‘तोडिएको’ छ । सिन्डिकेटका कारण यातायात क्षेत्रमा झन्डै तीन दशकदेखि कुनै सुधार हुन नसकेका कारण यात्रुहरू सास्तीमा थिए भने सरकारले ठूलो मात्रामा राजस्व गुमाउँदै आएको थियो । राजनीतिक र आर्थिक रूपमा निकै शक्तिशाली थिए, सिन्डिकेटधारीहरू ।

सिन्डिकेटपछिको कार्यभार

बेलगाम स्थानीय सरकार

स्थानीय तहमा जनप्रतिनिधि आउलान् र नागरिकको चाहना अनुसार काम गर्लान् । धेरैको यो आशा अहिले निराशामा बदलिन थालेको छ । १ वर्ष पुग्दासम्म अधिकांश स्थानीय तहका जनप्रतिनिधिले उल्लेख्य काम देखाउन नसक्नु यसको पहिलो कारण हो ।

बेलगाम स्थानीय सरकार
असार १२, २०७५

यस्तै छ कोरियामा हाल !

नयाँ कम्पनीमा आएको दुई हप्तामात्रै भयो । ज्यान दुखेर हैरान छु । काम त सजिलै देखिन्छ । त्यही देखिनेले झुक्यायो । साना साना डम्बा छन् । त्यसलाई मिलाएर अलि ठूलो कार्टुनमा हाल्नु र टेप लगाएर चलिरहेको बेल्डमा गुडाउनु, बस् त्यति हो, मैले गर्नु पर्ने । काम कन्फर्म गर्नु पहिले सजिलै देखेरै आउँछु हुन्छ भनेको हुँ ।

यस्तै छ कोरियामा हाल !

नङ–मासुजस्तै गणित र विज्ञान

अहिलेको समय विज्ञान तथा प्रविधिको समय हो । कुनै पनि मुलुकको उच्चतम आर्थिक वृद्धि या समुन्नत भौतिक प्रगति अथवा हामीले भन्दै, सुन्दै आएको समृद्धि मूलत: त्यहाँको विज्ञान तथा प्रविधिको जगमा अडिएको हुन्छ ।

नङ–मासुजस्तै गणित र विज्ञान

ओली भ्रमणको सन्देश

दुई ठूला छिमेकीको बीचमा अवस्थित सार्वभौम नेपालको सरकार प्रमुख छिमेकीको भ्रमण निस्कँदा प्राय: त्रिपक्षीय चासो अभिव्यक्त हुने गर्छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा केवल नेपाल र नेपालीको चासो र दुईपक्षीय हितमा मात्र केन्द्रित भएको छ । अन्य छिमेकीको चासो यसले समेटेको छैन ।

ओली भ्रमणको सन्देश

समाजवादमाथिको लोकतान्त्रिक बहस

सन् १८४८ मा प्रकाशित कार्ल माक्र्सको प्रसिद्ध पुस्तिका ‘कम्युनिष्ट घोषणापत्र’ सार्वजनिक भएयता ‘समाजवाद’को विषय विश्वव्यापी रूपमा बहसकै विषय बन्न पुग्यो । तर माक्र्सले भन्दा पहिला समाजवादको विषय फ्रान्सका सेन्ट साइमन, फुरियर, जर्मनीका रोडबर्ट्स र बेलायतका रबर्ट अवेनले उठाइसकेका थिए ।

समाजवादमाथिको लोकतान्त्रिक बहस

अपांगता र सुविधा

अपांंगता परिचयपत्र प्राप्त गरेकाहरूलाई सरकारले विशेष किसिमका सामाजिक तथा कानुनी सुविधाहरूको व्यवस्था गरेको छ । शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात, सहायक सामग्री आदिमा यी सुविधाहरू प्राप्त गर्न सकिन्छ । रातो र निलो परिचयपत्र प्राप्त गरेका व्यक्तिहरूले क्रमश: मासिक २ हजार र १ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सुविधा छ ।

अपांगता र सुविधा