नेपाल–अष्ट्रेलिया बिजनेस फोरमको औचित्य

नारायण खड्का

अष्ट्रेलिया — मेलबर्नमा केही दिनअघि नेपालमा अष्ट्रेलियाका ब्यवसायीहरुको लगानी बढाउने उद्देश्य राखेर एउटा कार्यक्रमको आयोजना भयो । कार्यक्रमको उद्देश्य नेपालमा अहिले देखिएको लगानीका अवसरहरु, देशमा भएका परिवर्तनहरु र नियम कानुनका बारेमा जानकारी थियो । कार्यक्रमपछि भने लक्षित लगानीकर्ता वा ब्यवसायीहरु समक्ष प्रत्यक्ष सन्देश पुऱ्याउन कति सकियो त भन्ने चर्चा सुरु भएको छ ।

नेपालको पछिल्लो परिवर्तित अवस्था अनुसार नेपालको बिभिन्न क्षेत्रहरुमा लगानी आवश्यक रहेको र लगानीको वातावरण पनि राम्रो भएको भन्दै दुतावास र भिक्टोरियाको अवैतनिक वाणिज्य दुतावासले कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा लगानी बोर्डका प्रमुखसहित आएर बिभिन्न प्रस्तुती सहित सहभागीहरुलाई नेपालमा लगानी गर्न आग्रह गर्दै लगानीको सुरक्षाको ग्यारेन्टी भएको जानकारी दिएका थिए। कार्यक्रम आफैमा धेरै राम्रो थियो यद्यपी कार्यक्रमले जुन उद्देश्य समेटेको थियो त्यो उद्देश्य अनुसार स्थानीय ब्यवसायीहरुको सहभागिता भने देखिएन।

Yamaha

नेपाल–अष्ट्रेलिया बिजनेस फोरम नाम दिएर नेपालको बारेमा जुन जानकारी दिन खोजिएको थियो त्यो वास्तवमै यहाँका ब्यवसायीहरुले बुझ्न आवश्यक थियो र अझै छ किनकी अहिले पनि अष्ट्रेलियाले नेपालमा बिभिन्न ६७ वटा क्षेत्रहरुमा लगानी गरिरहेको छ र यो लगानीको क्षेत्रहरु बढ्न सक्नेमा कुनै शंका छैन। अहिले पनि यहाँका ब्यवसायीहरु मात्र नभएर पर्यटकका रुपमा नेपाल पुग्नेहरुले नेपालको सुरक्षा, राजनीतिक स्थिरतालगायतका बारेमा चिन्ता प्रकट गर्ने गर्दछन्। यो कार्यक्रमले अहिलेसम्म यहाँका बिदेशीलाई नेपालको बारेमा रहेको भ्रम चिर्ने र वास्तविकता उनीहरुको सामुन्ने ल्याउने काम भने अवश्य गरेको छ। त्यतिमात्र नभएर बर्षौंदेखि नेपाल नगएका नेपालीहरुलाई नै नेपालको वर्तमान अवस्थाको बारेमा धेरै जानकारी प्रदान गरेको छ भने केहीलाई त लगानी गर्ने मनस्थिती बनाउन समेत प्रेरणा दिएको छ।

कार्यक्रममा लगानी बोर्डका प्रमुख महाप्रसाद अधिकारीले पटकपटक नेपालमा दिगो सरकार रहेको, लगानी सुरक्षित हुने वातावरण रहेको जानकारी दिएका थिए। त्यतिमात्र नभएर नेपालमा कुन कुन क्षेत्रमा लगानी गर्दा कस्तो प्रतिफल उपलब्ध हुन्छ र त्यसका लागि सरकारले उपलब्ध गराउने सेवासुविधालगायतका बिषयमा समेत चर्चा गरेका थिए। तर भइदियो के भने, जति प्रमुख अध्यक्षले जानकारी दिइरहेका थिए त्यसलाई सुन्न र मनन गर्न अष्ट्रेलियाबाट ठुलो अनुपातमा देश र विदेशमा लगानी गरिरहेका वा लगानी गर्न चाहने ब्यक्तिहरुको भने कमी थियो। हुनत शेष घले, भवन भट्टलगायतका ठुला ब्यवसायीको सक्रिय सहभागिता रहेको थियो तर अष्ट्रेलियाका रैथाने ब्यवसायीहरुको भने कमी देखिन्थ्यो।

कार्यक्रमले अष्ट्रेलिया बिशेष गरेर भिक्टोरिया राज्यमा रहेर राष्ट्रिय र अन्तराष्ट्रिय तहमा ब्यापार ब्यवसायलाई अघि बढाइरहेकाहरुको सहभागितामा अलि बढी ध्यान दिन सकेको भए राम्रो हुन्थ्यो। कार्यक्रममा सहभागिता उल्लेख्य रहेपनि लक्षित वर्गको सहभागिता न्युन भएपछि कार्यक्रमबाट प्रेषित जानकारीले नेपालमा लगानी कसरी बढ्ने हो भन्ने कुरामा सहभागीहरु नै अन्योलमा देखिन्थे।

कार्यक्रममा सहभागी भिक्टोरियाका अर्थमन्त्री रबिन स्कट, विदेश बिभागकी नेपाल प्रमुख फियोना म्याक्ग्युलगायतको सहभागिताले कार्यक्रमको महत्व बढाएको मात्र थिएन कि उनीहरुले पनि यस्ता कार्यक्रमहरुको आवश्यक्ता रहेको र नेपाल सरकारसँग मिलेर काम गर्न तयार रहेको प्रतिबद्धता जनाउनु सकरात्मक थियो।
हुनत, सबै कार्यक्रमले सय प्रतिशत अंक पाउछ भन्ने हुँदैन। शुरुवात गर्नुपनि आफैमा राम्रो पक्ष हो। पछिल्लो समयमा नेपालीहरुको जनसंख्या र पहिचान बढ्दै गएकाले समेत यसप्रकारको कार्यक्रम आवश्यक थियो र यसको शुरुवात दोस्रो ठुलो शहर भिक्टोरियाबाट भयो। राजदुत लक्की शेर्पा र अवैतनिक महावाणिज्यदुत चन्द्र योञ्जनले पनि लगानीलाई अभिप्रेरित गर्ने कार्यक्रमको टड्कारो आवश्यक्ता देखिएकाले कार्यक्रम गरिएको सुनाए।

उनीहरु नेपालमा एउटै कार्यक्रमबाट लगानी भित्र्याउने भन्दापनि नेपालको बारेमा वास्तविक अवस्था सबैको अगाडि ल्याउनु जरुरी रहेको बताउँदै थिए। यस अर्थमा भने कार्यक्रमलाई असफल भन्न मिल्दैन। लगानी भित्र्याउन यो कार्यक्रमले कतिको मद्दत पुरयाउने हो त्यसको निर्क्यौल नभएपनि कार्यक्रममा सहभागी भएकाहरुलाई नेपाल कम्तिमा एकपटक घुम्न जानैपर्छ भन्ने उत्साह र प्रेरणा भने थपिदिएको छ।

केही गर्दै नगर्नु भन्दा निश्चित उद्देश्यका साथ कार्यक्रम गरिसकेपछि त्यसको प्रतिफल ढिलो चाँडो अवश्य आउँछ र आयोजकहरु पनि यसैमा आशावादी छन्। अब अन्य राज्यहरुमा रहेका अवैतनिक महावाणिज्यदुतावासले आयोजना गर्ने भनिएको यस्तै लगानी अभिबृद्धि सम्बन्धि कार्यक्रममा भने अष्ट्रेलियाका ब्यवसायीहरुलाई समेट्न सकियो भने कार्यक्रमले लगानीलाई अभिप्ररित गर्नसक्छ। किनकी, नेपालले दोहोरो अंकको आर्थिक बृद्धि गर्नका लागि अर्बौं डलरको वार्षिक लगानी आवश्यक रहेको तथ्यबाट नेपाल सरकार मात्र नभएर दुतावास, अवैतनिक वाणिज्यदुतावासहरु र ब्यवसायीहरुसमेत जानकार छन्। र यस्तै कार्यक्रम प्रभावकारी रुपमा गर्न सकियो भने केही थप लगानी अष्ट्रेलियाबाट भित्रिनेमा आशा गर्न सकिन्छ।

Esewa Pasal

प्रकाशित : असार १९, २०७५ १६:२४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

विकासे कार्यालय नसार्न ताप्लेजुङवासीको आग्रह

आनन्द गौतम

ताप्लेजुङ — विकासे कार्यालय पाँचथरमा सार्ने भएपछि जिल्लावासी आन्दोलित भएका छन् । प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले विज्ञप्तिमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् भने प्रदेशसभा सांसदले नेतृत्व गरेको सर्वदलीय सर्वपक्षीय टोली प्रधानमन्त्री केपी ओलीलाई भेट्न काठमाडौं जाने भएको छ । 

मंगलबार बिहान जिल्ला समन्वय समितिको सभा हलमा भएको सर्वदलीय, सर्वपक्षीय भेलाले कार्यालय नसार्न दबाब दिन राजधानी जाने निर्णय गरेको हो । सरकारले सुनुवाई नगरे जिल्लामा पनि आन्दोलन गर्ने तयारी गरेको छ । आफ्नै पार्टीको सरकारले गर्न लागेको निर्णयप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरु नै आन्दोलनमा उत्रने भएका हुन् । एमालेका तत्कालीन अध्यक्ष एवं प्रदेशसभा सांसद बलबहादुर साम्सोहाङले सरकारले गलत निर्णय नगर्नेमा आशावादी रहेको बताए ।
जिल्लामा रहेका उत्तर-दक्षिण लोकमार्ग आयोजना, सिँचाई डिभिजन, पशुसेवा र खानेपानी सव–डिभजिन कार्यालय ताप्लेजुङबाट पाँचथर र इलाममा सार्ने तयारी सरकारले गरेको सूचनाका आधारमा आन्दोलित भएका हुन् । यी कार्यालयमा बजेट नआएकाले कर्मचारी समेत अन्योलमा रहेका छन् ।

कांग्रेस सभापति लिलादेवी बोखिमले कार्यालय सारे पार्टीका सारा कार्यकर्ता सडकमा उतार्ने चेतावनी दिइन् । डाक्टर खोज्न पाँचथर पुग्नुपरे संघीयताका लागि त्योभन्दा अभिसाप अरु नहुने उनको भनाइ थियो ।
भौगोलिक हिसाबले डोल्पा, हुम्ला पछिको नेपालकै तेस्रो ठूलो जिल्ला भएकाले पाँचथरलाई समेत हेर्ने गरी ताप्लेजुङमै कार्यालय राख्नुपर्ने तर्क जिल्लावासीको छ ।

उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले अहिलेसम्म सडक, टेलिकमको मुख्य कार्यालय इलाममा रहेर ताप्लेजुङसम्म हेरेकाले ताप्लेजुङमा मुख्य कार्यालय राखेर अरु जिल्ला हेर्ने गरिएको व्यवस्था मिलाउन सरकारसँग माग गरे ।

प्रकाशित : असार १९, २०७५ १५:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT