विविधा
असार २३, २०७५

मेडिकल शिक्षाको कर्णाली कहर

डा. गोविन्द केसी पन्ध्रौं सत्याग्रहका लागि जुम्ला पुगेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान एकाएक धेरै मानिसको चर्चा र सरोकारको विषय बनेको छ । विगतका सत्याग्रहमा अक्सर काठमाडौंका प्रस्तावित मेडिकल कलेजहरूको धन्दा र विश्वविद्यालयका पदाधिकारीहरूको भ्रष्ट गतिविधिले बढी चर्चा पाउने गरेकोमा यसपल्ट कर्णाली प्रतिष्ठानमा सबैको ध्यान पुग्नु स्वागतयोग्य हो । तर अझै पनि कर्णाली प्रतिष्ठानको विषय के हो ? त्यसका समस्या के हुन् ? किन अहिलेसम्म त्यो ओझेलमा पर्‍यो ? धेरैलाई जानकारी छैन ।

एउटा हतारको प्रस्थान

समाजमा व्यावसायिक भनेर स्थापित धेरै पेसामध्ये पत्रकारिता वास्तवमा निकै कठोर पेसा हो । भावनालाई तर्कले जित्दै अगाडि बढ्नुपर्ने यो पेसामा मृत्यु केवल एक आकस्मिकता मात्र बनिदिन्छ । केही दिन अघिसम्म सँगै कुम जोडेर काम गरिरहेका सहकर्मीको निधन हुँदा हामी केही छिन स्तब्ध हुन्छौं र अलिबेर पछि आफूलाई सम्हाल्दै कुन पृष्ठमा कत्रो समाचार दिने भनेर घोत्लिन थाल्छौं । हामीलाई शोक मनाउनेसम्म पनि फुर्सद मिल्दैन ।

आधुनिक सभ्यताको शासक !

‘स्वीकार गर्नुहोस्, यो उपहार मैले तपाईंकी छोरीका लागि ल्याइदिएको छु,’ एक ठूलो स्टोर्सको प्रबन्धक आफ्नो ग्राहकको ढोकामा पुगेर भन्छ । उपहार देखेपछि उक्त वृद्ध पिताले प्रबन्धको गाला चड्काइदिन्छ र भन्छ, ‘मेरो छोरीको बारेमा मलाई बढी थाहा हुन्छ कि तँलाई ? जे पायो, त्यही उपहार ल्याउने फटाहा ।’

कसरी जन्मियो, गुरुजूको पल्टन ?

नेपाली चाडपर्व, जात्रा आदि समारोहमा सेतो जामा, भोटो, पगरीसहित ढाल तरवारमा सजिएको कमाण्डरको नेतृत्वमा कालो दौरा–सुरुवाल, पगरीसहित प्राचीन शैलीको जंगी पोसाकमा भरुवा बन्दुक बोकी ऐतिहासिक बाँसुरी बजाउँदै कवाज पल्टनको अघि–अघि हिँड्ने सैनिक टुकडी नै हो, ‘गुरुजूको पल्टन ।’ तर यस पल्टनको खास नाम हो– ‘शार्दुलजंग’ ।

सिटामोलमा सीमित जनस्वास्थ्य

नेपाल त्यस्तो देशको रूपमा परिणत भएको छ, जहाँ जनस्वास्थ्यको सुधारका लागि एक अर्थोपेडिक सर्जन आफ्नो ज्यानको बाजी लगाएर चरणबद्ध अनशन गर्न बाध्य छन् । तर जनस्वास्थ्यकै नाममा सरकारी लालकिताबबाट तलब बुझ्नेहरू भने डाक्टर केसीको अनशनको सम्बन्धमा केही देख्न, सुन्न र बोल्न नपरोस् जस्तो गरेर प्रत्येकपटक मौन रहन्छन् ।

असार २२, २०७५
ADVERTISEMENT
ADVERTISEMENT

कृषि क्रान्ति, दिगो विकास र महिला सहभागिता     

अहिलेको लोकप्रिय नारा 'समृद्ध नेपाल र सुखी नेपाली'लाई व्यवहारमा उतार्न सर्वप्रथम विकास तथा समृद्धिको बाटो समात्नु आवश्यक हुन्छ ।

हाम्रा मन्त्रीका हातमा म्याकबुक

म्याकबुक अर्थात यो संसारको सबैभन्दा अत्याधुनिक कम्प्युटर । जुन कम्प्युटर जो सुकैले किन्ने हैसियत पनि राख्दैन र त्यो आम सर्वसाधारणको आवश्यकता भन्दा निकै माथिल्लो हैसियतको उत्पादन भएको कारण सर्वसाधारणको कामलाई सजिलो पार्ने साधन भएपनि सबैको लागि उपयुक्त साधन होइन ।

समृद्धिको रेल–दर्शन

सत्ताले शब्दको हुर्मत लिनुपर्‍यो भने त्यसको चरम दुरुपयोग गर्छ । यसका ताजा उदाहरण हुन्– सपना र समृद्धि । यी दुई शब्दको हुर्मत लिन विगत केही वर्षको नेपाली समय खर्च भैसकेको छ । कहिले नेपाललाई स्वीटजरल्यान्ड बनाउने सपना त कहिले सिंगापुर । कहिले स्वदेशकै माटोमा प्वाल खनेर पेट्रोल निकाल्ने त कहिले भूमिगत ग्यास झिकेर भान्छा–भान्छामा पाइपबाट पुर्‍याउने सपना । कहिले पानीजहाजको सपना त कहिले रेलको । सपना भनेकै फन्टुस गफ भनेजस्तो ।

मृत्यु संस्कारमा परिष्कार

उमेरले सत्तरी पुग्नै लागेका उच्च रक्तचाप र मधुमेहबाट ग्रस्त एकजना गुरुआमाको मृत्युपछि १३ दिने किरिया सकेर निस्कनाथ लगातार बान्ता हुनथालेपछि अस्पताल भर्ना हुनुभयो । जाँच गर्दा दुबै मिर्गौलामा असर परेको देखिएछ । कारण बन्यो– किरिया बस्दा जबर्जस्ती खाएको घ्यु–भात र गुलियो परिकार अनि लामो मृत्यु संस्कार र अनियमित औषधी सेवन अनि इन्सुलिनको अनियमितता । हाल उहाँले दुबै मिर्गौलाको हेमोडायलायसिस गराइरहनुएको छ ।

‘एआईजी’ दरबन्दीको औचित्य

सशस्त्र प्रहरी बलमा अचेल ‘फाजिल’ शब्द निक्कै चल्तीमा छ । फाजिल अर्थात अनावश्यक । फाजिल शब्द सामान्य दर्जाका सशस्त्र प्रहरीलाई प्रयोग गरिँदैन । तत्कालीन गृहमन्त्री जनार्दन शर्माले सशस्त्रमा ५ फाजिल दरबन्दी थपे र एआईजीको संख्या ११ पुर्‍याए । त्यसपछि यो फाजिल शब्द चर्चित बन्न पुग्यो ।