'खलनायक' लाई नायक बनायो ' सञ्जु' ले

दिवाकर बागचन्द

न्युयोर्क, अमेरिका — हामी सबै भित्र नायक र खलनायक दुवै हुन्छ । कतिपय निष्ठावान, सत्‌चरित्रका व्यक्ति पनि समयको दिशा नबुझ्दा खलनायक बनाइएका छन भने, कोही परिबन्दले खलनायक देखिन्छन् । कोइ चरित्रले नै खलनायक हुन्छन्। नब्बेको दशकमा खलनायक भन्ने चलचित्र बनेको थियो।

'नायक नहीं खलनायक हुँ मैं' भन्ने गीत रेडियोमा यसरी बज्यो कि, एक जना अत्यन्त सालीन व्यक्ति बाटोमा 'नायक नही खल नायक हुँ मै' भन्दै गुनगुनाइ रहेको सुन्दा मलाई खलनायक शब्द मिठो लागेको थियो। त्यतिखेर सञ्जय दत्त आफ्नो करियरको चरम उत्कर्षमा पुगेका थिए। यही उत्कर्षबाट उनको व्यवसायिक र व्यक्तिगत जीवनमा ओरालो लाग्ने क्रम सुरु भो।

Yamaha

बुवा सुनिल दत्त छोरासँग खुशी थिएनन् तर पिताको धर्म निभाइ रहे। जादु भनौं या सञ्जय दत्तको चरित्र, उतारचडावले उनलाई उचाइ दियो। उनी पतन् भएनन्। उनी टुक्रिएको जीवन समेट्न ब्याकुल देखिन्थे। सञ्जयले पनि बुवालाई सम्मान गरी रहे। सञ्जय दत्तको उतारचडावपूर्ण जीवनबारेमा तरुन तेजपालको तहेल्काडटकममा महेश भट्ले भनेका थिए- 'इज अ स्टफ अफ फिक्सन '। यही भनाइलाई बुझेर होला राज्कुमार हिरानीले 'सञ्जु' चलचित्र निर्माण गरे, यथार्थलाई फिक्सनमा बदलेर।

यही हप्ता मैले सञ्जु न्यूयोर्कमा हेरेँ। खलनायक जोशी टल्किज धनगढीमा हेरेको थिए। सञ्जुमा मैले आफूलाई भेट्टाए। सञ्जुका बारेमा म नलेखी रहन सकिनँ। सिनेमा हेर्दा त्यही पात्रसँगै यात्रा गरेको अनुभव हुन्छ भने त्यस्तो सिनेमा कालजयी हुन्छ। राम्रो सिनेमा किताब झैं हुन्छ। कविता झैं बग्छ। दर्शकलाई अध्यन गर्ने पूर्ण स्वतन्त्रता दिन्छ। उत्कृष्ट सिनेमा पेन्टिङ झैं हुन्छ। अतितलाई जिवित बनाइदिन्छ। यस अर्थमा हिरानी उत्कृष्ट सिनेमा बनाउन सफल भएका छन्।

फिल्ममा देखाइएको छ- बायोग्राफी लेख्ने डिएन त्रिपाठीलाई कुट्न जाने सञ्जय दत्तको बायोग्राफी लेख्न लण्डन कि लेखिका वीनीए दिअज राजी हुन्छिन्। सञ्जय दत्तको जीवनका दृष्टान्त सुन्छिन्, र सुरु हुन्छ फ्ल्यासब्याकमा सञ्जय दत्तको जीवन कथा। कलिलो उमेरमा आमा गुमाउनुको पीडाले अन्य भौतिक सुख सुविधा अर्थहीन हुन्छ सञ्जय दत्तका लागि। उनी बरालिन्छन्। आफ्नो पहिलो फिलिम रिलिज भएको दिन आमाको मृत्‍यु, बुवा सुनिल दत्तसँगको बिग्रँदो सम्बन्धले न हिँड्नु पर्ने बाटोमा हिँड्छन् सञ्जय। खाने नहुने कुरा खान्छन्। गर्नु नहुने कुरा गर्छन्, जानेर वा नजानेर। जीवन चक्रव्युह बन्न पुग्छ। बुवासँग चिसो सम्बन्ध हुँदाहुँदै उनको सुरक्षाको लागि सञ्जय दत्तले उठाएको कदम जिसले उनलाई १९९३ मा जेल पुर्‍यायो, यस्ले उनको अपरिपक्वता र परिवारप्रर्तिको अगाध माया त झल्कन्छ तर साथमा उनको अराजक जीवनशैली पनि। २००३ मा मुन्ना भाई एमबिबिएसको अभूतपूर्व सफलता पछि संयुक्त राष्ट्रसंघमा उनलाई बोल्न दिइन्न। उनका वकिलले सबै दोष कबुल गरेर सफाइ दिलाउन पहल गर्ने बताउँदा, आफूलाई सफाइ भन्दा, आफ्नो बुवा टेरोरिस्टको बुवा नकहलिउन भन्ने, सञ्जयको भनाइले जसको आँखामा पनि आशुँ ल्याउँछ। बुवा र छोराको सम्बन्धलाई कुनै परिभाषा चाहिन्न, सञ्जयले दुनियाँलाई बताइदिए।

२००६ मा बुवाको मृत्‍यु पछि सञ्जय दत्त लाई अदालतले दोषी घोषणा गर्‍यो। उनी पुनः जेल गए। असल आचरणका कारण उनी २०१६ मा जेल मुक्त हुन्छन्। अन्तमा सञ्जयले थाहा पाउँछन् विन्निए दैयजद्वारा लिखित उनको बायोग्राफीले पूर्णता पाएछ।

रणवीर कपुरले सञ्जय दत्तको जीवनका घटनाक्रमलाई जुन जीवन्तताका साथ पर्दामा उतारी दिए। यसले उनको अभिनय क्षमताको उचाइ झल्काउँछ। मनिषा कोइराला सानै भूमिकामा पनि 'नर्गिस' लाई पुनर्जीवित गर्न सफल भएकी छिन्।

सञ्जय दत्तका एनेक्डट अर्थात दृष्टान्तमा आधारित भएर होला फिलिम शक्तिशाली बनेको छ। एउटा दृष्टान्त हजारौं अटो बायोग्राफी भन्दा शक्तिशाली हुन्छ भन्ने भनाइलाई राजुकुमार हिरानीले सही साबित गरिदिएका छन्।

सफा मनको सञ्जय दत्तलाई समयले खलनायक बनायो। सुवास घइको 'खलनायक' बाट 'सञ्जु' बन्न सञ्जय दत्तलाई दुई दशक बढी लाग्यो। शायद राजकुमार हिरानीको 'सञ्जु' ले सञ्जय दत्तको मनको गहिराइमा रहेको पीडा अब केही हल्का गराएको हुनुपर्छ।

तर 'सञ्जु' मा म जस्ता थुप्रैले भने आफूलाई भेटेका छन्।

प्रकाशित : असार २५, २०७५ १४:५४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

प्रदेशको नाम ‘गण्डकी’ राखेको विरोधमा बन्द

कान्तिपुर संवाददाता

पोखरा — प्रदेशको नाम गण्डकी राखिएको विरोधमा उत्रेको तमुवान–मगरात संघर्ष समितिको आह्वानमा सोमबार प्रदेश राजधानी पोखरासहित गण्डकीका प्रमुख सहरहरू बन्दले प्रभावित भएका छन् ।

पोखरामा बजार, यातायात र शिक्षण संस्थाहरू बन्द रहे । पोखराबाट लामो तथा छोटो दूरिका सार्वजनिक यातायात चलेनन्। उद्योग, कलकारखाना पनि बन्द रहे। विहानभरि पानी परेकाले सुनसान सडकमा दिउँसो वर्षा थामिएपछि छिटपुट संख्यामा निजी सवारी चलेका छन्। चोक चोकमा प्रहरीले सुरक्षा तैनाथी बढाएको छ। बन्दमा कास्कीमा कुनै पनि अप्रिय घटना नभएको कास्कीका प्रहरी नायव उपरीक्षक रविन्द्र गुरूङले बताए।

प्रदेशको नाम जातीय पहिचानमा राख्नुपर्ने माग तमुवान–मगरात संघर्ष समितिको छ। समितिको आन्दोलनलाई नयाँशक्तिसहित संघीय समाजवादी फोरम र देशभक्त जनतान्त्रिक मोर्चाले समेत समर्थन गरेका छन्। समितिले पटक पटकगरि प्रदेशको नाम पारित हुनुअघि मुख्यमन्त्री, उपसभामुख र विपक्षी दलका नेतालाई पहिचानसहितको हुनुपर्ने भन्दै आफ्ना ज्ञापनपत्र बुझाएका थिए। प्रदेशको नाम जातीय पहिचानको साटो सबैलाई अपनत्व हुने हुनुपर्ने भन्दै त्रापनपत्र बुझाउने संघ संगठनहरू पनि थिए। दुवै पक्षधरले पटकपटक र्‍याली र कोणसभा गरेका थिए।

प्रदेशसभामा गत शुक्रबार सदस्य संख्याको दुइतिहाइले प्रदेशको नाम ‘गण्डकी’ पारित गरेका थिए। नाम पारित गराउन सत्ताधारी नेकपा, प्रतिपक्षी कांग्रेस र राष्ट्रिय जनमोर्चाका सांसद एक भएका थिए। ५९ सदस्यीय प्रदेशसभासमा प्रदेशको नाम गण्डकी हुने प्रस्तावको पक्षमा ५४ र विपक्षमा नयाँ शक्तिका दुई सांसदको मात्रै मत परेको थियो। सभामुख नेत्रनाथ अधिकारी भने बिरामी परेकाले सभामा आएका थिएनन् भने राजमोका टेकबहादुर घर्ती पनि अनुपस्थित थिए। नेकपाका ३७, कांग्रेसका १५ राजमोका २ सांसदले गण्डकीको पक्षमा मत दिएका थिए। नयाँशक्तिका हरिशरण आचार्यले ‘गण्डकी तमुवान’ नाम राख्न पेस गरेको संशोधन प्रस्ताव बैठकले अस्वीकृत गरेको थियो।

प्रदेशको नाम गण्डकी राख्न कांग्रेस, राजमो र साबिकको एमालेले पहिल्यै निर्णय गरेका थिए भने साबिकको माओवादी केन्द्रले निर्णय गरेको थिएन। एमालेसँगको पार्टी एकीकरणपछि नेकपाले ढिलो निर्णय गरेको थियो। नेकपा संसदीय दलमा प्रदेशको नाम गण्डकी वा गण्डकी–तमुवान राख्ने भन्ने विषयमा मत विभाजन पनि भएको थियो। पुन: बैठक गरेर साझा नाम ‘गण्डकी’ राख्नेमा विहीवार नेकपामा सहमति भएपछि शुक्रबार प्रदेशसभाको बैठकले पारित गरेको थियो।

प्रदेशको नामका विषयमा विवाद आउन सक्ने देखेपछि प्रदेशसभाले चैत १२ मा प्रदेश राजधानी र नामकरण सुझाव समिति गठन गरेको थियो। समितिले असार १० मा टेबुल गरेको प्रतिवेदनमा प्राथमिकताका आधारमा गण्डकी, तमुवान मगराँत, गोरखा र धौलागिरी नाम दिएको थियो।

प्रकाशित : असार २५, २०७५ १४:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT