कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फुटबलका नयाँ 'ज्योतिषी'

नवीन रायमाझी

काठमाडौँ — रोमाञ्चक, नाटकीय र स्तब्ध सबै प्रकारका अनुभूति गराउँदै अन्तत: २१औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता सकिएको छ ।

फुटबलका नयाँ 'ज्योतिषी'

सम्भवतः सबैले केही न केही किसिमले बुझ्ने, खेल्ने र हेरिने यो खेल हाम्रो देशको सबैभन्दा बढी नै प्रचलित खेल हो भन्दा दुइ मत नहोला । आइतबार राति भएको फाइनल खेल सबैभन्दा रोमाञ्चक बन्यो, क्रोएसियालाई ४-२ गोलले हराएर फ्रान्सले दोस्रोपटक विश्वकपको ट्रफी उचाल्यो ।


जसले जिते पनि वा हारे पनि हामीलाई भने 'कागलाई बेल पाक्यो हर्ष न बिस्मात' हो । खेललाई खेलको रुप मै हेर्नु पर्नेमा आवश्यकता भन्दा बढी उत्तेजित भएर एक अर्का विरुद्ध विष बमन र सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्ने गतिविधिले हाम्रो समाज कता जाँदैछ भनेर एकपटक गम्भीर भएर सोच्न ढिलो भइसकेको छ ।


पंक्तिकार फुटबल खेलाडी वा कथित विशेषज्ञ होइन। जीवनमा केटाकेटी हुँदा काँचो भोगटेको फुटबल खेलेको कुरालाई छोड्ने हो भने खासै खेलेको पनि छैन। जसले बढी गोल गर्‍यो उही टिमको जित हुन्छ, गोलकिपर बाहेक अरुको हातले छुन हुँदैन भन्ने जस्ता केही सामान्य नियम बाहेक बिस्तृत रुपमा जानकारी छैन । मनोविशेषज्ञका अनुसार जब मान्छेमा आफू निम्सरो छु भन्ने लाग्छ त्यसले सबै कुरा जानेको जस्तो गरेर हरेक विषयमा बोलेकै हुन्छ, चाहे त्यो कुरा वाहियात नै किन नहोस्।


सामाजिक सञ्जालमा लेखिएको कुरालाई आधार मान्ने हो भने प्रतियोगिता हुनु भन्दा पहिले नै यसले जित्छ वा उसले हार्छ भनेर भविष्यवाणी गर्ने ज्योतिषहरु निकै देखिए। यस्तो कुरा कसरी थाहा हुन्छ, जबकी अनेकौं चरण पार गरेर अन्तिम चरणमा पुग्ने सबै देशको टिमहरु कोही पनि उन्नाइस छैनन्, विभिन्न कारणले एउटा टिमले जित्ने र अर्को टिमले हार्ने त निश्चित नै छ। सामाजिक सञ्जालमा गरिएको भविष्यवाणीलाई आधार मान्ने हो भने बेकारमा ९० मिनेट खेल खेलाउनु भन्दा त्यस्ता ज्योतिषसँग सोधेर एउटालाई विजय र अर्कोलाई पराजय को उपाधि दिँदा जाती हुन्थ्यो।


अर्को के भने खेलप्रति टिप्पणी गर्नेहरु प्रायः म जस्तै भोगटेको फुटबल खेलेकाहरु धेरै थिए कि ! राष्ट्रियस्तरका खेलाडी र मेरा मित्रहरु अन्जित बस्नेत, पुष्पमान प्रधान र विराटजंग साहीले त्यस्तो भविष्यवाणी गरेको र खेलको विषयमा कुनै किसिमको टिप्पणी गरेको देखिएन, जबकी एउटा आम मान्छेलाई भन्दा उनीहरुलाई यो खेलको बारेमा बढी जानकारी छ भन्ने कुरालाई कसैले अस्विकार गर्न सक्दैन।


त्यस्तै, आफूले समर्थन गरेको टिम विजयी भएमा खुशी लागेर र पराजित भएमा दुःखी भएर मदिरापान गर्ने गरेको पाइयो, साथै सामाजिक सञ्जालमा अपलोड भएको फुटबल हेर्दै गर्दाको फोटोहरुमा अधिकांश मदिरापान गर्दै फुटबल हेरेको देखियो। मलाई लाग्छ यो फुटबल प्रतियोगिताले मदिराको व्यापारमा पनि वृद्धि भएको हुनुपर्छ । आफूलाई मन नपरेको टिमले जितेमा र हारेमा अपमानजनक र भद्दा टिप्पणी गर्ने गरेको पनि देखियो, जबकी यस्ता कुराको कुनै अर्थ नै छैन। नदुखेको टाउको डोरी लगाएर दुखाएको भनेको जस्तै नेपालीहरुले नेपाली भाषामा गरेको टिप्पणी नेपालीले नै हो पढ्ने अरुले पढ्छन् भन्ने हुँदैन ।


कुनैकुनै महा बुज्रुकहरुले देशको बलियो वा कमजोर आर्थिक अवस्थालाई हेरर पनि टिमलाई राम्रो वा नराम्रो भनेर आँकलन गरेको देखियो। यदि प्रतिव्यक्ति आय वा मानव विकास सूचांकको आधारमा विश्वकप फुटबल प्रतियोगितामा छानिने हो भने सधैं अमेरिका, सिंगापुर र नर्वे जस्ता देशले खेल्नु पर्ने थियो, जबकी यो कुरा नै फरक हो।


यो आलेख लेख्नुको अर्थ हामीमा बिस्तारै आफैं मात्र जान्ने सुन्ने, अरुको अस्तित्व स्वीकार गर्न नसक्ने र धैर्यताको अभाव रहेकोले हो । मेरो विचारमा नेपालले विश्वकप फुटबल प्रतियोगितामा गएर खेल्ने भनेको केबल दिवास्वप्न मात्र हो, कमसेकम मेरो पुस्ताको लागि मात्र भने पनि। अब क्लवले कुन प्रतियोगितामा कति गोल गरेको थियो भनेर कण्ठ पारेको भरमा फुटबल विशेषज्ञ उपाधि पाइनुलाई मात्र उपलब्धि मान्ने हो भने त्यसमा मेरो केही भन्नु छैन।

प्रकाशित : श्रावण १, २०७५ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?