विविधा

Bibidha

स–साना खुशी

एक महिना अघि पोखरा पुग्दा फेवातालको पानी हरियो थियो । मेरो मन पनि हरियो नै । किनकी म विहे गरेपछि पहिलोपल्ट साथीसहित पोखरा पुगेको थिए । तालको बीचमा रहेको तालबाराही मन्दिर घुमेपछि उनले भनिन्, ‘मन्दिरमा आईयो, एउटा गज्जवको फोटो खिचुम् ।’

स–साना खुशी

जुम्लामा गान्धी

नेपालको राजनीतिक मौसम देखेर होला २०४६ सालमा बहुदलीय व्यवस्था स्थापना गर्न गरिएको आन्दोलनमा भाग लिएका मेरा एक मित्रले मलाई सोधे, "के लोकतन्त्र अहिले खतरामा छ ?"  मैले उनलाई  भनेँ, "सक्छौ भने  जुम्ला जाऊ ।"

जुम्लामा गान्धी

त्रिवि पुस्तकालयमा भीड

साहित्यिक अनुसन्धानका क्रममा त्रिवि केन्द्रीय पुस्तकालयमा लामो समय बिताउँदा मलाई बिहान सधैँ हतारिँदै निवासबाट निस्कनुपर्थ्यो । अलिकति ढिला भयो कि बस्ने ठाउँ नपाइने । पुस्तकालय खुल्नु अगावै ढोकामा कुरिरहेका अनि पुस्तकालयभित्र तथा वरिपरि सर्वत्र बसेर पढिरहेका विद्यार्थीहरू देख्दा म आफूले बेहोर्नुपरेको असहज परिस्थिति बिर्सेर प्रफुल्ल भएँ ।

त्रिवि पुस्तकालयमा भीड

समावेशीकरणमा संशय

२०७२ को संविधान निर्माणपश्चात् क्षतिपूर्ति सहितको समानुपातिक समावेशी अधिकार बहसमा आयो । त्यसपछि क्लस्टर (सजातीय समूह) का आधारमा जातीय पहिचान र अधिकारको विषय राष्ट्रिय राजनीतिमा निरन्तर बहस र चर्चामा छ । बौद्धिक जगतमा रहेको फरक–फरक बुझाइमा समानता ल्याउनु चुनौतीपूर्ण छ ।

समावेशीकरणमा संशय

जहिल्यै ट्राफिक जाम

हामी मास ट्रन्सपोर्टेसन पद्धतिमा जानुपर्छ । यो ‘हाम्रो सहर राम्रो सहर’ को सार्थक विकल्प हो । स डक, सवारी र समयले मानव जीवनको जन्मदेखि मृत्युसम्म सबै प्रकारको विकास र निकासमा प्रभाव पारिरहन्छ ।

जहिल्यै ट्राफिक जाम

यौनिकताको साँघुरो सोचाइ

विपरीत लिंग बीचको यौन सम्बन्धलाई सामाजिक मान्यता प्राप्त छ । समलिंगीय, द्विलिंगीय यौन सम्बन्ध अधिकांश समाजमा स्वीकारिएका छैनन् । केही पश्चिमी मुलुकमा भने कानुनले संरक्षण गरेको छ । पछिल्लो समयमा पुँजीवादको विकाससँगै यौनिक व्यवहार, क्रियाकलाप, सम्बन्ध विश्वव्यापी बन्दै गएको छ ।

यौनिकताको साँघुरो सोचाइ
श्रावण १, २०७५

प्यारा कवि प्रधानमन्त्री

हामीसँग ‘कवि–राजा’हरूले भरिएको गौरवशाली इतिहास छँदै थियो । अब कवि–प्रधानमन्त्रीयुक्त जाज्वल्यमान वर्तमान पनि सुरु भएको छ । अब एकसेएक राजा–महाराजाले कविता, गीत, नाटक लेखेर रसिलो बनाएको इतिहासको विरासत थाम्ने प्रक्रिया थालनी भएको छ । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले साहित्य रचना गर्ने राजकीय इतिहासलाई निरन्तरता दिएर राजा–महाराजाका रंगीन सपनालाई पनि ब्युँताउन खोजेका छन् ।

प्यारा कवि प्रधानमन्त्री

एक विश्वविद्यालय एक मेडिकल कलेज

उमेरले ६० नाघेपछि बाको स्वास्थ्य कमजोर बन्दै जान थाल्यो । २०५४ सालदेखि झन्डै ४ वर्षसम्म उहाँको उपचारमा कहिले काठमाडौंको शिक्षण अस्पताल त कहिले पाटन अस्पताल निकै धायौं । केही नाम चलेका निजी अस्पतालमा पनि गयौं । तर फोक्सोको संक्रमण हो कि भन्ने बाहेक प्रस्टसँग रोगको किटान भएन । त्यसपछि बा चितवनको जुटपानीस्थित आफ्नै घरमा आराम गर्न थाल्नुभयो ।

एक विश्वविद्यालय एक मेडिकल कलेज

भुत्ते पत्रकारिता

‘हाम्रो पत्रकारिता भुत्ते भएको छ । भुत्ते चक्कुले घाउ बनाउँदैन ।’ चिनियाँ क्रान्तिको दौरानमा माओ त्सेतुङले चिनियाँ पत्रकारिताबारे भनेका थिए । यस्तै आशय गत असार ३० गते कान्तिपुर दैनिकमा ज्येष्ठ पत्रकार भैरव रिसालले नेपाली पत्रकारिताबारे ‘प्रतिप्रश्न : पत्रकारिता तिखार्ने औजार’ शीर्षकमा बकेका छन् । हुन त प्रतिप्रश्न गर्नुले मात्र पत्रकारितालाई गुणस्तरीय बनाउने होइन ।

भुत्ते पत्रकारिता

महिला विश्वकप फुटबल

विश्वकप फुटबलको प्रभाव जताततै छ । जुनसुकै मुलुकका जुनसुकै सहरका मानिसमा यसको असर छ । आकर्षण छ । हेर्ने र आनन्द लिने क्रम छ । धर्म, वर्ग, राज्य र रङलाई भुलेर सबै देशका मानिस फुटबलको मोह र नशामा छन् । सबै उमेरका मानिसलाई फुटबलको मजाले तानेको छ ।

महिला विश्वकप फुटबल