भनिन्छ, चेतना सहरबाट गाउँ पस्छ । तर विश्वव्यापीकरणको चापमा अब गाउा गाउा रहेन । सहर सहर रहेन । विज्ञान र प्रविधिको विकासले समान हैसियतमा जोडिदिएको छ । गाउँकाले चलाएको सामसङ ग्याजेट वा आईफोन या अन्य कुनै पनि रोज्जा ब्राण्ड एउटै हुन्छ ।
भर्खरै ‘अन’ गरेको मोबाइलको मेसेज बक्समा कसैले पठाएको कञ्चनपुरको दुर्दान्त खबरको भिडियो क्लिप देखियो । खोलेर हेर्दाहेर्दै चेतनाशून्य, रनन्नन भएँ । ‘नोटिफिकेसन बार’मा प्रकट थियो, निर्वाचन आयुक्त इला शर्माले म लगायत केही महिला लेखकलाई ट्याग गरेको एउटा ट्विट ।
मधेसी समाज आधारभूत रूपमा ग्रामीण हो । यो समाज पृत्तिसत्तामा आधारित छ । जातपातको प्रभाव छ । कृषि कर्म मुख्य पेसा रहेकाले मालिक र मजदुर बीचको वर्गीय सम्बन्ध जताततै देख्न पाइन्छ । रेमिटयान्सको प्रभावले समाज आधुनिकतातर्फ पाइला सार्न थालेको आभास मिल्छ ।
कर्कलोको नाम लिएपछि धेरैले ‘त्यस्तो पनि तरकारी हुन्छ र ? छ्या’ भनेर नाक खुम्च्याउँछन् । कर्कलोको पौष्टिक तत्त्वबारे थाहा पाए भने आहा भनेर खान थाल्छन् कि ! ऋषि पञ्चमीका दिन बिहान पूजा गरेपछि महिलाले कर्कलो र भात खाने चलन छ । व्रतसम्बन्धी दर्शनको म विरोधी हुँ, तर त्यो दिन पकाइने कर्कलो र भात म मिठो मानेर खान्छु ।
विडम्बनै भन्नुपर्छ, विगतका सबै राजनीतिक आन्दोलनहरू परिवर्तनको सार्थक बहस सिर्जना हुन नपाउँदै त्यसै सेलाए । दोस्रो जनआन्दोलनपछि भने अलि फरक हुन्छ कि भन्ने धेरैलाई आस थियो । अहिलेसम्मका लक्षणहरू हेर्दा यसपटक पनि फरक पर्ने छाँट देखिएको छैन ।
काठमाडौं उपत्यकामा वायु प्रदूषण विकराल बन्दै गएको छ । यसले सर्वसाधारणको स्वास्थ्यमा अनुमान गरेभन्दा बढी र व्यापक रूपमा असर पारिरहेको छ । प्रजातन्त्रमा नागरिक सार्वजनिक अधिकार पाउन अग्रसर हुने गर्छन् तर नागरिकको त्यो अधिकार राजधानी काठमाडौंमा प्राप्त गर्न निकै मुस्किल हुँदै छ ।
कान्तिपुर दैनिकमा असार २८ गते ‘पानी छोएको निहुँमा कुटपिट गर्नेलाई जेल सजाय’ शीर्षक समाचार छापियो । समाचारअनुसार छुवाछूतको घटनामा पीडकलाई कैद सजाय तोकिएको त्यो सम्भवत: पहिलो फैसला हो । त्यसअघिका अधिकांश मुद्दामा मिलापत्र हुन्थ्यो । केहीमा जरिवाना र क्षतिपूर्ति तिराइन्थ्यो ।
एकथरी हाम्रा केटाकेटीलाई तत्काल के सीप, ज्ञान चाहिन्छ त्यही सिकाउनुपर्छ भन्छन् भने अर्का थरी भविष्यमा आवश्यक हुन सक्ने विषयवस्तु पढाउनुपर्छ भन्छन् । अब पाठ्यपुस्तक घोकाएर त हुने कुरै भएन, विषयवस्तु के बनाउने, कस्तो विधि प्रयोग गर्ने भन्ने आम प्रश्न हो ।
डाक्टर गोविन्द केसी मेडिकल शिक्षा सुधारको माग गर्दै पन्ध्रौंपटक अनशन बसेको सत्ताइसौं दिनमा यो आलेख लेख्न बसेको क्षणजस्तो असहज, चिन्ताले आक्रान्त र अनिश्चित मेरो जीवनमा कहिल्यै अनुभव भएन ।
संसारको कुनै पनि देशले वैदेशिक रोजगारीबाट अपेक्षित फाइदा लिन र विकासको गतिलाई अगाडि बढाउन सकिरहेको छैन । यसको सबैभन्दा राम्रो उदाहरण फिलिपिन्स हो । जसको ६ दशकभन्दा लामो श्रम आप्रवासनको इतिहास छ ।
आज जुलाई २८, अर्थात विश्व हेपाटाइटिस दिवस । हेपाटाइटिस बीको जीवाणु पत्ता लगाएका डा. बराक स्यामुयल ब्लुम्बर्गको जन्मदिन । यही अवसर पारेर हरेक वर्ष जुलाई २८ लाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाइन्छ । विश्वभरका करिब ३२ करोड मानिस दीर्घकालीन हेपाटाइटिस बी र सीबाट संक्रमित भएको अनुमान छ ।
दशकौंपछि कोरियाली प्रायद्वीपको कूटनीतिक मौनता भंग भएको छ । गत जुन महिनामा इतिहासमै पहिलोपटक उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भयो । उक्त भेटवार्तापछि दुई देशले संयुक्त वक्तव्य जारी गरे ।
अहिले देशैभरि विभिन्न तहका नयाँ सरकारहरू छन् । देश विकास र जनताको उन्नति गर्नुपर्ने ठूलो दायित्व उनीहरूमाथि छ । तर कतिपय स्थानीय सरकारसँग आफ्नो पालिकाको सीमामा आधारित जनसंख्या बाहेक अरू तथ्यांक खासै छैन । त्यसैले स्थानीय तहहरूले आधारभूत तथ्यांक संकलन गरिरहेका छन् ।