विविधा

Bibidha

चेपुवामा प्रदेश सरकार

अझै पनि जनकपुरबाट म काठमाडौं आउँदा ठूला कर्मचारीहरूले गर्ने पहिलो प्रश्न हो– देशले संघीयता धान्ला र ? संघीयता चल्न सक्छ ? यो कस्तो विडम्बना हो– जसको काँधमा संघीयता सफल बनाउने जिम्मेवारी छ, उनीहरू नै यसको कार्यान्वयनप्रति शंका व्यक्त गर्छन् । यसको अर्थ हो, जिम्मेवार अधिकारीहरू संघीयता कार्यान्वयनका लागि प्रतिबद्ध छैनन् ।

चेपुवामा प्रदेश सरकार

लोकतन्त्रमा स्वेच्छाचारी

कहिले राणा, कहिले राजा, कहिले निर्दल त कहिले दल विशेषका नाममा गरिएको प्रजातन्त्र र लोकतन्त्रको व्याख्यालाई जनताले निसर्त स्वीकार्दै आए । जनताका नाममा लोकतन्त्रको व्याख्या कहिले हुने हो, जनप्रतिनिधि तथा राजनीतिक दललाई प्रश्न गर्ने बेला आएको छ ।

लोकतन्त्रमा स्वेच्छाचारी

साउने अर्थतन्त्र

साउनको प्रकृति उसै पनि हरियाली । त्यसमाथि केही वर्षदेखि महिलाको शृङ्गार र भेषभूषामा पनि यही रंग छ । अधिकांश महिलाको साउने पहिचान नै बनेको छ, हरियो र पहेँलो रंग । हरियो/पहेँलो पोसाक । नाडीभरि सोही रंगका चुरा । र हातमा मिहेन्दी । सजावटको यो तरिका, गृहिणी महिलामा मात्र सीमित छैन ।

साउने अर्थतन्त्र

कोलिफर्मबाट कसरी बच्ने ?

कोलिफर्मलाई खालि आँखाले देख्न सकिँदैन । कोलिफर्म मूलत: मानिस तथा अन्य उष्ण रक्तधारी जीवको दिसा (ठूलो आन्द्रा) मा पाइने गर्छ । जमिन, वनस्पतिजन्य पदार्थ एवं अन्य जलीय वातावरणमा समेत कोलिफर्म पाइन्छ ।

कोलिफर्मबाट कसरी बच्ने ?
श्रावण २२, २०७५

भारतको रोजगारी र वैदेशिक मान्यता  

नेपालबाट विभिन्न गन्तव्य मुलुकहरूमा हुने रोजगारीको इतिहास हेर्ने हो भने सन् १९८० को दशकसम्म भारत नेपालीहरूको लागि रोजगारीको प्रमुख गन्तव्य रहेको देखिन्छ ।

भारतको रोजगारी र वैदेशिक मान्यता  

जीवनको रङ कस्तो कमरेड ?

सर्वप्रथम तीनवटा घटना सुनाउँछु । पहिलो, गतसाता ठमेलको रात्रिकालीन जीवनसँंग साक्षात्कार गरियो । त्यो मेरो पहिलो अनुभव थियो । एक मित्रको प्रस्तावमा हामी राति ११ बजेतिर त्यहाँ पुग्यौं । स्वाभावत: वातावरण रंगीन थियो । संगीत, नृत्य, प्रेम, यौन र उमंगले ठमेल उत्सवमय थियो । मान्छेहरू संकेतमा कुरा गर्थे ।

जीवनको रङ कस्तो कमरेड ?

थिति बसाल्ने बेला

उच्च शिक्षा र न्यायिक क्षेत्रमा हालै देखिएको विसंगतिबाट पाठ सिक्दै नेपालले सुशासनका लागि बृहत फड्को मार्न जरुरी छ । लोकतन्त्रको आत्मा स्वच्छ प्रतिस्पर्धा र गुणात्मक प्रणालीलाई मानिन्छ । तर नेपालको प्रशासकीय प्रणालीले बहुदल स्थापना भएयता यी दुवैलाई गौण राखी प्रशासकीय संयन्त्रलाई राजनीतीकरण गरेको छ ।

थिति बसाल्ने बेला

स्वास्थ्यका लागि व्रत

एउटी महिला बिहानै ललितपुर सातदोबाटोस्थित निरोगधाम आइन् र आफ्नो तौल जोखिन् । ओजन नघटेको देखेर आत्तिँदै उनले भनिन्, ‘हेर्नुस् न म्याम, म त सोमबार पनि फास्टिङ गर्दैछु, तर पनि तौल घटेन ।’

स्वास्थ्यका लागि व्रत

दिगो खेतीमा दिल

पहिले–पहिले हाम्रा किसानहरू परम्परागत ज्ञानलाई परिमार्जित गर्दै माटोमा सुन फलाउँथे । तर आज पश्चिमाको प्रभावमा कृषिको यान्त्रीकरण, रसायनिक मल तथा किटनाशकहरूको तत्कालीन लाभमात्र हेरिएको छ । यसले उनीहरूलाई स्वावलम्बी कृषिबाट टाढा लगेको छ ।

दिगो खेतीमा दिल
श्रावण २१, २०७५

काठमाडौंमा पैदल यात्रा

करिब २० वर्ष अघिको कुरा–काठमाडौँको एउटा कार्यक्रममा पत्रकार दाजु भैरव रिसालसँंग भेट भयो । मैले सुनाएँ, ‘स्वास्थ्यका लागि मर्निङ वाक गरिरहेको छु ।’ उहाँले भन्नुभयो, ‘म त डे वाक गर्छु ।’ सुरुमा त मैले बुझिन । उहाँले प्रस्ट्याउनुभयो । सहरको चार–पाँच किलोमिटर बाटो त हिँडेरै भ्याउनुहुँदो रहेछ ।

काठमाडौंमा पैदल यात्रा

पूर्वाधार विकासमा साझेदारी

 सरकारले नेपाललाई सन् २०३० सम्ममा मध्यम स्तरको आय भएको मुलुक बनाउने लक्ष्य लिएको छ । त्यसका लागि १५ अर्ब अमेरिकी डलर बराबर लगानी चाहिन्छ । सँगै सहरी पूर्वाधार निर्माणमा मात्र अर्को ४२ अर्ब अमेरिकी डलर जुटाउनुपर्छ । निजी क्षेत्रको सहभागिताबिना यति ठूलो लगानी सम्भव छैन । निजी क्षेत्र जुटाउन सरकारलाई सजिलो छैन ।

पूर्वाधार विकासमा साझेदारी

गर्भपतन सेवा दुरुपयोग

वि राटनगरकी १५ वर्षीया किशोरीले ७ साताको गर्भपतन गराउन औषधि खाइन् । एक सातापछि पेट दुखेर उनी बेहोस भइन् । अस्पताल लगेर सोनोग्राम गर्दा थाहा भयो, उनको गर्भ गर्भनलीमा रहेछ । त्यो फुटेर आन्तरिक रक्तस्राव हुनाले ज्यानकै खतरा आइलाग्यो । धन्य, शल्यक्रिया गरिएपछि ज्यान बच्यो ।

गर्भपतन सेवा दुरुपयोग