माल्दिभ्सको शल्यक्रियामा नेपाली डाक्टर : प्रतिभा पलायनमा कस्को चासो 

डा. टीकाराम भण्डारी

काठमाडौँ — हप्ताभर छापामा धेरै मन छुने समाचारहरु आए, हत्या, बलत्कार, सडक दुर्घटना र अन्य धेरै दु:खद खबरहरु । नकरात्मक सोच, नकारात्मक समाचार सुन्न बानी परेका हाम्रा कानलाई सकरात्मक खबरमा पनि कुनै गढबढी देखिदो रहेछ । यस्तै भयो । समाचार थियो, मालदिभ्समा पहिलो सिएबिजी (मुटुको नशाको शल्यक्रिया) ।

माल्दिभ्सको शल्यक्रियामा नेपाली डाक्टर : प्रतिभा पलायनमा कस्को चासो 

यो सकरात्मक खबर थियो । नेपालमा केही जुझारु सिनियर डक्टरहरुको प्रयासले दशक अघि शुरु भएको शल्यक्रिया माल्दिभ्समा भर्खर मात्रै शुरु भएको छ । नेपालको हकमा दशकअघि शुरु भएको यो शल्यक्रियाले ठुलो राहत दियो । मुटुका रगत नशा बन्द हुने (बिभिन्न कारणले) समस्याको लागि यो शल्यक्रिया बिधि अन्य केही आधुनिक प्रबिधि झै अचुक उपाय पनि हो ।


यो सेवाबाट नेपालमा धेरै बिरामीले लाभ लिए, लिइरहेका छन् । यस्ता किसिमका शल्य चिकित्सकीय बिधि पूर्ण रुपमा सफल बनाउनका लागि दक्ष जनशक्ति, आधुनिक उपकरण, सुबिधायुक्त अपरेशन कक्षलगायत राज्यको ठुलो इच्छा शक्तिको खाँचो हुन्छ । यस्ता जटिल शल्यक्रिया सामान्य जनशक्तिले, सामान्य अस्पतालले गर्न सक्ने कुरै भएन र अर्को महत्वपूर्ण कुरो गरिब जनताको लागि पहुचमा नहुने सम्भावना पनि बढी हुन्छ । यस्तोमा यसको प्रभावकारिताका लागि राज्य नै अघि सर्नु पर्ने हुन्छ । राज्यको जवाफ देहिताको कुरा सबैभन्दा बढी सधैं झै यसमा पनि आउछ । दशक अघि शुरु भएर पनि यस्ता अपरेशन नेपालको काठमाडौंका एक दुई अस्पतालमा मात्रै सिमित रह्यो । काठमाडौं बाहिर यस्ता सेवा सुबिधा पुर्‍याउने हकमा राज्य उदासिन रह्यो । हुन त जीवनजल र सिटामोल नपाउने हाम्रा गाउँबेंशीलाई यस्ता जटिल शल्यक्रियाको के नै अपेक्षा हुन्छ र? अरबौंको घोटाला र भ्रस्टाचार हुने देशमा अतिआवश्यक स्वास्थ्य सेवाको जरुरी राज्यले कहिल्यै बुझेन । जसले दुरदराजमा मुटुका नशा बन्द भएर अकालमा ज्यान गुमाउनेहरुको लेखाजोखा हामीसँग हुने कुरै भएन ।


यहाँ म माल्दिब्समा भएको पहिलो मुटुको नशाको अपरेशनको सकरात्मक पाटोको कुरा गर्दैछु । पहिलो कामले नै उज्वल भविश्यको खाका कोर्ने हो । यसमा अझै प्रगति हुँदै जाओस । खुशीको कुरा माल्दिभ्समा भएको त्यो अपरेशन गर्ने मुख्य शल्य चिकित्सक नेपाली हुन् । मेरा अग्रज हुन् । यसले पनि म यो समाचारबाट प्रभावित भएँ । यो समाचार देख्ने बित्तिकै मेरो मन तरंगित भयो । जुन म यहाँ लेख्दैछु । मैले जहाँसम्म मेरा अग्रज त्यो जटिल अपरेशन गर्ने डाक्टरलाई चिनेको छु, म उनको ज्ञान, शिप र प्रोफेसनल ब्यक्तित्वको फ्यान हुँ । म उहाँको यो कामले निकै हर्सित भएको छु । माल्दिभ्सले एउटा होनाहार नेपाली सिटिभिएस सर्जनको सहयोग पाएको छ ।


हुन त मानवीय सेवामा समर्पित पेशामा संगलग्नहरुको कुनै जात, धर्म र भौगोलिक सिमा हुँदैन भन्छन । तर, पनि यो मन अलि अलि स्वार्थी बन्दो रहेछ । मैले उनको कामको खबर दोहोर्‍याएर तेहेर्‍याएर पढें । उनको टीमको ग्रुप फोटो पनि रहेछ, त्यसलाई निकै बेर हेरें । उनलाई जस्तो मैले चिनेको छु त्यस्तै देखिएका छन्, उही सभ्य, शालिन र प्रोफेसनल । म उनको अझै प्रगतिको कामना गर्दछु । हुन त मान्छे खुशी हुनुपर्ने बेलामा पनि खुशी हुन सक्दैन । त्यसैले मान्छेलाई असन्तुष्ट प्राणी भनेको होला । मैले यसैबेला कल्पना गरें । नेपालका अतिमुल्यवान प्रतिभाहरु सामेल भएको यो खबर माल्दिभ्सको नभएर मेरो भैरहवाको भैदिएको भए, कर्णालीको या मेचीको भैदिएको भए कति जाती हुन्थ्यो होला ।


माल्दिभ्सले चिन्न सक्ने प्रतिभालाई किन चिन्न सक्दैन मेरो भैरहवाले, मेचीले या कर्णालीले ? अझ भनौं, किन चिन्दैन मेरो देशले? सात समुद्रपारी पुग्न सक्ने हाम्रा योग्य जनशक्तिलाई रुकुम, सर्लाही या महोत्तरी पुग्ने माहोल किन बनाउदैन यो सरकार? नेपालका दुरदराजलाई योग्य जनशक्तिको खाचो कति छ भन्ने कुरा यहाँका सत्ताधारीहरुले कहिले बुझ्लान? योग्यता माथि राज्यले गरेको मजाक अति नै खेदपूर्ण छ । हाम्रा मोतीहरुलाई बिदेशले चिनेर माला बनाउन सक्ने तर यो मेरो देशले पत्थरको व्यवहार गर्ने प्रबृतिको घोर निन्दा गर्न लाग्छ मलाई । हुन त यसमा सबैको आ–आफ्नै ब्यक्तिगत बिचार हुन सक्छ । त्यसको म सम्मान पनि गर्छु । एउटा सह्रनीय कामको प्रसङ्गमा केही कुरा राखे । श्रदेय नेपाली डक्टर (मेरा अग्रज) को टीमले माल्दिभ्समा पहिलो मुटुको नशाको अपरेसन गरेकोमा बधाई छ ।


–भण्डारी शल्यचिकित्सक हुन् ।

प्रकाशित : श्रावण ३०, २०७५ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?