विविधा

Bibidha

नेपाली आप्रवासी कामदार र कैद हस्तान्तरण 

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुको कमाईले कुल ग्राहस्थ उत्पादनमा झण्डै ३० प्रतिशत हारहारीमा योगदान पुऱ्याएको छ ।

नेपाली आप्रवासी कामदार र कैद हस्तान्तरण 

कसरी हुर्किएली मेरी छोरी ?

मेरी छोरी जन्मिँदा म दुईपटक रोएँ । सुरुमा खुसीले– २७ घन्टाको पीडादायी व्यथापछि हामीले बनाएको सानो प्रकृतिको पहिलो रुवाइ सुनेर मेरा आँखा रसाए । पछि दु:खले– यस पृथ्वीको नयाँ प्राणीलाई च्यापेर अस्पतालको झ्याल बाहिर हेर्दा पार्किङ लटमा राखिएका कारहरू, सडक पारिको मल, अल्कत्रे सडक, ढल र नाली, फोहोर फाल्ने ठाउँ जहाँ कुनै बेला कटुसको घारी हुन्थ्यो, त्यो देखेर दोस्रोपटक रोएँ ।

कसरी हुर्किएली मेरी छोरी ?

दलालको दलदलमा महिला 

भारतीय सहरबाट नेपाली महिलाको उद्धार गरिएका खबर आइरहेका हुन्छन् । भारतीय महिला आयोगले दिल्लीबाट १६ नेपाली महिलाको उद्घार गर्‍यो । त्यसको एक सातामै बनारसबाट १६ महिलाको उद्घार गरियो । फेरि दिल्ली र बनारसमा छापा मारेर थप नेपाली महिलालाई घर फर्काइयो ।

दलालको दलदलमा महिला 

नाग संस्कृतिको सौन्दर्य

सामान्यत: सर्प र नागलाई एउटै प्रजातिको भनिन्छ । शास्त्र अनुसार भने सर्प पृथ्वीवासी हो भने नागचाहिंँ पाताल निवासी । त्यसैले यी दुई आकार, स्वभाव, गुण आदि सबै दृष्टिले फरक–फरक हुन् । सर्पलाई लम्बाकार सरीसृप तथा नागलाई चाहिँं अर्धसरीसृप र अर्धदेवाकृति भएको नृसिंहजस्तै विलक्षण मानिएको छ ।

नाग संस्कृतिको सौन्दर्य
श्रावण ३०, २०७५

माल्दिभ्सको शल्यक्रियामा नेपाली डाक्टर : प्रतिभा पलायनमा कस्को चासो 

हप्ताभर छापामा धेरै मन छुने समाचारहरु आए, हत्या, बलत्कार, सडक दुर्घटना र अन्य धेरै दु:खद खबरहरु । नकरात्मक सोच, नकारात्मक समाचार सुन्न बानी परेका हाम्रा कानलाई सकरात्मक खबरमा पनि कुनै गढबढी देखिदो रहेछ । यस्तै भयो । समाचार थियो, मालदिभ्समा पहिलो सिएबिजी (मुटुको नशाको शल्यक्रिया) ।

माल्दिभ्सको शल्यक्रियामा नेपाली डाक्टर : प्रतिभा पलायनमा कस्को चासो 

करको भार

सिंहदरबारमा सीमित रहेका अधिकार स्थानीय तहमा संवैधानिक रूपमै हस्तान्तरण भएका छन् । तर स्थानीय सरकारहरूले एक वर्ष बित्दा पनि जनआकांक्षा अनुरूप काम गर्नसकेको देखिँदैन । उल्टै अनेकथरी करको भार थोपरेकामा नागरिकको गुनासो छ ।

करको भार

नयाँ गाउँ–सहरमा ढल

सफा खोलानालाले जलचरहरूको गतिविधि बढाउँछन् । मनोरञ्जन दिन्छन् । वरिपरिका स्थान पनि आकर्षक बनाउँछन् । स्वच्छ वातावरण हामी सबैको स्वास्थ्य प्रबद्र्धन गर्ने र समृद्धि बढाउने आधार हो ।

नयाँ गाउँ–सहरमा ढल

के सिक्छन् नानीहरू ?

दस वर्षअघि राजधानीको एउटा प्राथमिक विद्यालयमा पढाउन जाँदा मलाई साना नानीहरूसित कस्तो व्यवहार गर्ने थाहै थिएन । बालबालिकाका आनीबानी र सिकाइ पनि म बुझ्दैनथेँ । शिक्षक हुनुलाई एउटा सामान्य जागिरका रूपमा मात्र लिएको थिएँ । पूर्वतयारी विना पढाउन थालेँ ।

के सिक्छन् नानीहरू ?
श्रावण २९, २०७५

समृद्धिको लागि ग्रामीण पर्यटन 

नेपाल पर्यटनको अधिक संभावना बोकेको मुलुक हो । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि गौतम वुद्ध जन्मेको देश नेपाल भनेर विश्वमा नेपाल चिनिन्छ । कैयौं उच्छ हिमशृङखलासहित प्राकृतिक हिसाबले सुन्दर देश नेपालमा पुरातात्विक सम्पदाले समेत भरिपुर्ण छ ।

समृद्धिको लागि ग्रामीण पर्यटन 

बलात्कारी जन्माउने कारखाना

तिमीलाई स्वास्नीमान्छेले बलात्कार गर्‍यो ?तिमीलाई स्वास्नीमान्छेले कलंकको टीका लगाइदियो ? तिमीलाई स्वास्नीमान्छेले बेच्यो ? तिमी निरुत्तर छौ यस प्रश्नको अघि आजको सत्तारूढ तिमी । – पारिजात/मानुषी

बलात्कारी जन्माउने कारखाना

खाद्यवस्तुको म्याद कति ?

म्याद नाघेको खाद्यवस्तुु सेवन गर्न मिल्छ र ? कतिपयलाई यो प्रश्न गर्नु मुर्खता लाग्न सक्छ । उपभोग्य मिति समाप्त भएको थाहा हुँदाहुँदै पनि त्यस्ता खाद्यवस्तुु खरिद गर्ने उपभोक्ता सायदै होलान् । किनकि उपभोक्ताले तिर्ने मूल्य गुणस्तरयुक्त खाद्यवस्तुुका लागिमात्र हो ।

खाद्यवस्तुको म्याद कति ?

नदीको बाटोमा बस्ती

गत वर्षको बर्खे झरीमा राजधानीको सामाखुसी र गोंगबु क्षेत्रमा स्कुले बच्चा ढल हुँदै खोलामा पुगे । एक बालिकाको इहलीला समाप्त भयो । अर्कीले धन्न ज्यान जोगाइन् । भर्खर चुनाव जितेका काठमाडौं महानगर प्रमुखले आइन्दा त्यस्तो समस्या हुने छैन भन्दै पीडित परिवारजनलाई आश्वस्त पार्ने कोसिस गरे । तर त्यस क्षेत्रमा अपेक्षाकृत सुधार हुनसकेको छैन ।

नदीको बाटोमा बस्ती

फोहोरमा फल्ने मोहोर

‘चिने मोहोर, नचिने फोहोर’ ! यो सन्देशमूलक विज्ञापन केही समयअघि एक एफएममा प्रसारण हुन्थ्यो । घरबाट निस्कने फोहोरलाई स्रोतमै छुट्याउन आग्रह थियो, यसमा । यो विज्ञापन बन्द भए पनि टेलिभिजनहरूमा अचेल फोहोरबारे तस्बिर सहितको सूचनामूलक सामग्री प्रचार–प्रसार भइरहेका छन् ।

फोहोरमा फल्ने मोहोर