छिया छिया भएको मनले घाऊ कोट्याउँछ । घाऊ कोट्याउँदा पीडा झन असह्य हुन्छ। यसको अनुभूती चोट पाएकाहरुलाई हुन्छ। ति आत्माहरुलाई थाहा हुन्छ, जस्ले अनहाकमा ज्यान गुमाए । हजारौ सपनाहरुलाई अधुरै छोडेर, संसारबाट बिदा लिन वाध्य भए ।
अहिले नेपालमा राजनीति र परिवर्तनका बहस अखबारमा धेरै र विचारपत्र र सेमिनारमा कम भए पनि आइरहेका छन् । अखबारमा पनि हल्लाउने बहस थोरै छन्, तर भइरहेका छन् । बहसका विषय दुई तिहाइको सरकारका काम र कमजोर नेपाली कांग्रेस हुन् ।
बर्सेनि तीज आएसँगै यसबारे बहस तीव्र बन्छ । कतिपयको तर्क छ, तीजमाथि केको बहस ? मनलागे मनाऊ, नलागे चुप बस । कति भन्छन्, महिलामाथिको हिंसा र उत्पीडन उन्मूलन गर्नुपर्छ भने स्त्रीद्वेषी प्रथा, परम्परा र संस्कृतिमाथि बारम्बार प्रश्न र प्रतिक्रिया गरिनुपर्छ । यी समाजका लागि कति ग्राह्य र कति त्याज्य छन्, तिनको जाँच गरिनुपर्छ ।
नेपालको सामाजिक इतिहासमा अभिव्यक्ति स्वतन्त्रताको महत्त्व बोकेको गाईजात्रा बाहेक अर्को महत्त्वपूर्ण सामाजिक र धार्मिक चाड छ– तीज । यस पर्वमा लुकेको यो महत्त्वपूर्ण पक्षबारे खासै चर्चा गरिएको छैन ।
विकास सबै राष्ट्रहरुको साझा लक्ष्य हो, समयक्रमसंगै विकासको परिभाषा आर्थिक वृद्धिबाट दिगो विकास हासिलमा परिवर्तन भएकोछ, जसमा जनताहरुको समग्र कल्याण र सुविधा प्राप्तीको लक्ष्य राखिएको हुन्छ । विश्व बैंक (१९९१) का अनुसार विकास केवल आर्थिक उन्नती मात्र नभई उपयोगी शिक्षा, सुलभ स्वास्थ्य, आवश्यक पोषण, गरिवीबाट मुक्ती, सफा वातावरण, समान पहुँच तथा अवसर, व्यक्तिगत स्वतन्त्रताको प्राप्ति वास्तविक विकास हो ।
‘हामीसँग राज्यशक्ति छैन तर गौरवपूर्ण इतिहास छ’ नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला भन्छन्, ‘इतिहासले हामीलाई स्वाभिमानी, शक्तिशाली जातिका रुपमा परिभाषित गरेको छ । लिखित इतिहास कम र अलिखित इतिहास धेरै छ । आदिवासीय इतिहास हामी आफैंले खोज्यौं ।'
सहर बजारका गल्ली वा सडकमा सामुदायिक कुकुर यत्रतत्र देखिन्छन् । यिनीहरूको संख्या नियन्त्रण नगर्ने हो भने गम्भीर समस्या निम्तिन सक्छ । नियन्त्रण कार्यमा समुदायको प्रत्यक्ष संलग्नतामा स्थानीय तहहरूले अगुवाइ गर्नुपर्छ ।
परीक्षाको अघिल्लो दिन, शनिबार । खाना पकाउँदै गर्दा ठुल्ममीकी छोरीले फोन गरिन् । ठुल्बुवा निकै सिकिस्त हुनुभएछ, जनकपुरबाट थप उपचारका लागि काठमाडौं रिफर गरिदिएपछि एम्बुलेन्समा ल्याइरहेको खबर पाएँ । पटक–पटक बिरामी पर्ने वहाँको यसपटक पनि निको हुन्छ भन्नेमा विश्वस्त थिएँ ।
सिरहा गोलबजारकी ५५ वर्षीया कारीदेवी यादवको शव गतसाता घरनजिकै बाँसघारीमा भेटियो । उनी साउन २५ गतेदेखि हराइरहेकी थिइन् । जेठाजुसँग अंशसम्बन्धी मुद्दाका कारण उनको हत्या भएको स्थानीय दाबी गर्छन् ।
पहिले मच्छड (लामखुट्टे) ले वर्षायाममा मात्र दु:ख दिन्थे । अहिले हिउँदमा पनि तङ गर्छन् । पहिले रातमा सक्रिय देखिन्थे । अहिले दिनमा समेत घुमफिर गर्छन् । तराई–मधेसमा मात्र पाइन्थे । पहाडमा पनि हैरानी बनाउन थालेका छन् । मच्छडको पिर फैलँदो छ ।