कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समाचारमा आज : प्रहरीको सात सय पृष्ठ लामो प्रतिवेदनदेखि भोज खाएर सुतेका तीनको मृत्युसम्म

काठमाडौँ — कतिपय भन्छन्, देशै विचौलीयले चलाएको छ । यो भनाई प्रमाणित गर्न गाह्रो भए पनि पाल्पाका चुनढुङ्गा खानीहरूका लागि गाउँलेहरूसँग जग्गा खोज्ने बिचौलीयहरु भने प्रमाणित नै छन् । उनीहरू अनेक कारण देखाएर जग्गा किन्न खोज्छन्, दिन नमाने प्रलोभन दिन्छन्, त्यतिले पनि नमाने धम्क्याउन पछि पर्दैनन् ।

समाचारमा आज : प्रहरीको सात सय पृष्ठ लामो प्रतिवेदनदेखि भोज खाएर सुतेका तीनको मृत्युसम्म

निर्मला काण्डमा सात सय पृष्ठको प्रतिवेदन : कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका झन्डै एक दर्जन टोलीले अनुसन्धान गरिसके । तर अपराधी भेटिने छेक-छन्द छैन । प्रहरीको पछिल्लो अनुसन्धान समितिले भने आफ्नै कमजोरीको अनुसन्धान गरेको छ । एआईजी धिरु बस्न्यातको नेतृत्वमा बनेको त्यही अनुसन्धान समितिले सोमबार सात सय पृष्ठको प्रतिवेदन बुझाएको छ । यसले प्रहरीको कमजोरीसमेत पर्गेल्ने छ । थप........


बिचौलीयको बिगबिगी : थप.....


सुन तस्करीमा भरिया मात्रै भित्र : सुन तस्करी काण्डमा धेरै अघिदेखि भरिया मात्र समातिन्थे । त्यसका वास्तविक मालिक र सेटिङ मिलाउनेहरू सधैँ पहुँच बाहिर रहन्थ्यो । यसपालि साढे ३३ केजी सुन तस्करी र भरिया सनम शाक्य हत्याले भने राष्ट्रिय/अन्तर्राष्ट्रिय चर्चा पायो । भरियाहरूसँगै सुनका लगानीकर्ता र सेटिङमा सहयोग गरेको आरोपमा प्रहरी अधिकारीहरूसमेत थुनामा पुगे । तर मुद्दा उच्च अदालत बिराटनगर पुगेपछि फेरी कुरा त्यही भयो । भरियाहरू थुनामा रहे, अन्य तारेखमा छुटे । थप.....


बिहे भोज खाएर सुतेका तीनको मृत्यु : साँझ भोज खाएर सुतेकाहरू बिहान मृत भेटिएला भनेर कसैले सोचेका थिएनन् । तर, सावधानी नअपनाउँदा मुसिकोट नगरपालिका–१२, जुम्लावाङमा त्यस्तै भयो । अम्बर विकको छोराको बिहेमा सहभागी भएर भोज र रक्सी खाएर सुतेका तीन जनाको आइतबार राती मृत्यु भयो । उनीहरूले भोजपछि छुट्टै रक्सी खाएको प्रहरीको अनुसन्धानमा देखियो । त्यही रक्सी बिषाक्त भएकोले मृत्यु भएको आशङ्का गरिएको छ । थप.......


गौतमप्रति रुष्ट ओली : विपक्षी, बुद्धिजीवी र पत्रपत्रिकाको आलोचनाले तिर्मिराई रहेका बेला प्रधानमन्त्री केपी ओलीलाई पार्टीको स्थायी समिति बैठकमा नेता वामदेव गौतमले ‘एक पद एक जिम्मेवारी’को मागबाट रुष्ट बनेका छन्ए । गौतमले ‘एक पद एक जिम्मेवारी’ को कुरा मात्र गरेनन्, अर्का अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी दिन भनेपछि ओली आक्रमक बनेका छन् । थप.......

प्रकाशित : पुस २, २०७५ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?