कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वन्यजन्तु दिवसको सार्थकता

गोविन्द पोखरेल

काठमाडौँ — वन्यजन्तु सबैका लागि चासोका विषय हुन् । हेर्न र देख्न पाउदा बेग्लै अनुभव हुन्छ । जंगलमा बस्ने यी जीवहरु हेर्नका लागि सबै ललायित हुन्छन् । अझ बाघ, हात्ती, गैंडा, चितुवा, अजिंगर, रेड पान्डा, सालक,जिराफ हाम्रा लागि विशिष्ट र अति महत्वपूर्ण हुन् । राष्ट्रिय निकुञ्ज जाँदा पनि हाम्रो ध्यान वन्यजन्तु हेर्नमै केन्द्रीत हुन्छ । यी जीवहरु हेर्नकै लागि जंगल सफारी गर्छौँ । 

वन्यजन्तु दिवसको सार्थकता

यिनीहरुको महत्व आफैंमा विशिष्ट छ । प्रकृतिको अनुपम वरदान नै हुन् वन्यजन्तु । पारस्थितकीय सन्तुलन कायम राख्न यिनीहरुको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । सबैको आ-आफ्नै महत्व र विशेषताहरु छन् ।

खाद्य चक्र सन्तुलन राख्न बाघको भूमिका आफैमा महत्वपूर्ण छ । साना शाहकारी जीवहरुका लागि हात्ती, कमिला/धमिरा नियन्त्रणका लागि सालक,वनस्पति र घासे मैदानका लागि गैंडा जस्ता जीवहरुले आफ्नै महत्व बोकेका छन् । वन्यजन्तुहरुकाले प्रकृतिमा सन्तुलन कायम गर्न बेग्लै भूमिका खेलेका छन् । मानिसले वन्यजन्तुलाई खानादेखि औषधीसम्म प्रयोग गर्दै आएको छ । पर्यापर्यटन,जैविक विविधता,संस्कृति,पर्यटन,व्यपार लगायतका क्षेत्रसँग वन्यजन्तु जोडिएका छन् ।

डूब्लूडूब्लूएफले सन् २०१४ मा निकालेको एक रिपोर्ट अनुसार सन् १९७० देखि २०१४ सम्म विश्वका ५२ प्रतिशत वन्यजन्तुहरु लोप भएर गए । विश्वमा वार्षिक रुपमा अर्बौँ डलरको वन्यजन्तुको आखेटोपाहारको कारोबार हुने गरको हुन्छ ।

हरेक वर्ष वन्यजन्तुको चोरी सिकारी र तस्करी बढ्दो छ । वन्यजन्तु मारिने क्रम जारी छन् । तस्करीकै कारण विश्वमा नर्थन वाइट राइनो गत वर्ष संसारबाटै लोप भयो । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवं वन्यजन्तु इकोलोजीमा विद्यावारिधी गरेका मनकुमार धमलाका अनुसार मानवीय कि्रयाकलापका कारणले वन्यजन्तुहरु खतरामा पर्दै गएका छन् । बढ्दो चोरी सिकारीका कारण विश्वमा वन्यजन्तुको संख्या घट्दै गएको उनले सुनाए ।

संयुक्त राष्ट्रसंघको ६८ औँ महासभाले विश्वमा वन्यजन्तु संरक्षण र यसको महत्व दर्शाउने उद्देश्यले हरेक वर्षको मार्च ३ लाई विश्व वन्यजन्तु संरक्षण दिवस मनाउने निर्णय गरेको हो । सन् २०१३ देखि यो दिवस मनाउन थालिएको हो । दिवसको सेरोफेरोमा चर्चा गर्दा यस वर्ष 'पानीमुनि जीवः मानिस र पृथ्वीका लागि' भन्दै दिवस मनाइयो । विशेष गरेर समुद्रसँग केन्द्रीत छ यो नारा ।

सन् २०१३ देखि मनाउन सुरु गरिएको यो दिवसले विश्वमा वन्यजन्तुको चोरी सिकारी नियन्त्रण र यसको महत्व दर्शाउने उद्देश्यले केन्द्रीत छ । दिगो विकासको लक्ष्य पुरा गर्नका लागि जैविक विविधताको महत्वपूर्ण भूमिका हुन्छ । त्यसका लागि स्वस्थ्य किसिमको पारिस्थितिक पद्धति चाहिन्छ । त्यकसा लागि वन्यजन्तुको महत्व हुन्छ । पछिल्लो सयम वन्यजन्तुको ओसारपोसरका कारण जनसंख्या घटिरहेको डाक्टर धमलाले बताए ।

उनीहरु संकटापन्न अवस्थामा पुगेकाले जनताहरुमा जनेचतना बढाउनु जरुरी छ भन्दै यो दिवस मनाउन थालिएको हो । औद्योगीकरणपछि मानवीय क्रियाकलापहरुले प्राकृतिक विनाशको दर सयौँगुणा बढेको छ । प्रजातिहरु मानवीय गतिविधिका कारण घटिरहेका छन् । छोटो समयमा ठूलो संख्यामा जीवहरु लोप भइरहेका छन् ।

पानीमा भएका अत्याधिक प्रदूषणका कारण अत्यधिक रुपमा द्रूत गतिमा भइरहेका छन् । समुद्रसँग हाम्रो मुलुक प्रत्यक्ष नजोडिएपनि हाम्रा धेरै आवश्यकता समुद्रले पुरा गरिदिएको छ । मौसमको चक्रिय प्रणालीदेखि जलवायु पनि समुद्रसँग निर्भर छ ।विश्वलाई ५० प्रतिशत अक्सिजन आपूर्ति गर्ने समुद्रलाई संसारको सातौ ठूलो अर्थतन्त्रको रुपमा लिइन्छ । २० करोड मानिसहरुको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव राख्ने समुद्रमा मात्रै दुई लाख प्रजातिहरु रेर्कड गरिएका छन् । नया प्रजातिहरुको खोज्ने क्रम जारी छ ।


वायुमण्डलमा उत्सर्जन हुने ३० प्रतिशत कार्बन डाईअक्साइड समुद्रले सोसेर राखेको छ । पृथ्वीको कूल भूभाग ७१ प्रतिशत भाग पानीमा धेरै प्रकारका जीवहरुको बासस्थान छ । ताप सोसेर जालवायुको नियमन गर्न पनि समुद्रले भूमिका खेलिरहेको छ ।

नेपालमा पाइने चराहरुमध्ये ७८ प्रजाति, १७ प्रजातिका मेरुदण्ड भएका जीव, २५ प्रतिशत वनस्पति, २४६ प्रजातिका रैथाने फुल्ने वनस्पति, ३७ प्रजातिका किटपतङ, १८५ प्रजातिका माछा, ३६ प्रजातिका उभयचर, ८० प्रजातिका घस्रने जन्तु,१९३ प्रजातिका चराचुरुङ्गी सिमसार क्षेत्रमा पाइन्छन् ।

समुद्रमा बढ्दो प्लाष्टिको मात्रा र प्रदूषण,अत्याधिक रुपमा मत्स्य उद्योग सञ्चालन,जलवायु परिवर्तन,प्रदूषण, पानी जाहाजको बढ्दो प्रयोग,संरक्षणका लागि न्यून प्रयासहरु,तटीय क्षेत्रमा ग्यास र तेलहरुको उत्खनन् र फैलने कार्य बढ्न थालेपछि यहा बस्ने जीवहरुका खतरामा पर्दै गइरहेका छन् । खनिज तथा अम्लियपनको मात्रा बढ्न थालेपछि समुद्रका जीवहरु खतरामा पर्दै गएका छन् ।

नेपालकै सन्दर्भमा नदी क्षेत्रमा माछा मार्ने बहानाम विष हाल्ने,उद्योगको फोहोर र ढलहरु सिधै खोलामा फालने गरेको पाइएको छ । बढ्दो प्रदूषण र आहारकै कमीले नेपालमा घडियाल गोहीको संख्या वर्षेनी घट्दो छ । दिवसलाई सार्थकता दिन टड्कारो देखिएका समस्या सम्बोधनमा ढिलाई गर्नु हुँदैन ।

प्रकाशित : फाल्गुन १९, २०७५ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?