विचार विविधा

आरक्षणको संघर्ष र षड्यन्त्र

जेबी विश्वकर्मा

नेपालमा आरक्षणको विषयलाई लिएर निरन्तर बहस हुँदै आएका छन् । प्रभुत्वशाली वर्ग र समुदायको एउटा हिस्सा आरक्षणको विरोधमा छ भने उत्पीडित समुदाय आरक्षण अधिकार भएका कारण प्रभावकारी कार्यान्वयनको माग गर्दै सदैव संघर्षमा छ । यसैको प्रतिबिम्ब दुवै समूहमा आरक्षणलाई हेर्ने दृष्टिकोणमा पनि विविधता पाइन्छ ।

देशको आर्थिक नीतिमै त्रुटि 

सीके राउत

विद्यमान आर्थिक समस्याको मूल जरो राजनीतिक अस्थिरता हो भन्ने हाम्रो बुझाइ छ । राजनीतिक रूपमा देखिएको समस्या आर्थिक रूपमा पनि प्रतिबिम्बित हुने भएकाले राजनीतिक अस्थिरतालाई आर्थिक समस्याको जरो मान्नुपर्छ । सिधा भाषामा भन्दा, हाम्रा प्रधानमन्त्री, अर्थमन्त्री वा संघीय एवं प्रदेश सरकार कति समय टिक्छन् भन्ने निश्चित नभएपछि कुनै पनि आर्थिक गतिविधि मौलाउन सक्दैनन् ।

‘दिस मेक्स अस स्याड नेताज्यू !’

नीलम शर्मा

कान्तिपुर दैनिकमा बिहानै नेपालका एक प्रभावशाली नेताको लेख पढ्न पाइयो । शीर्षक थियो– ‘ह्वाट मेक्स यू ह्याप्पी ?’ ओहो कति रमाइलो शीर्षक, आफ्नो खुसीबारे सोच्ने । त्यो लेख पढेर धेरैबेर म घोत्लिएँ– ह्वाट मेक्स मी ह्याप्पी ? नेताज्यूलाई धन्यवाद दिएँ मनमनै र सोचें– आज मजस्तै यो लेख पढ्ने लाखौं पाठक यसैगरी आफ्नो खुसी कहाँ छ भनेर खोजिरहेका होलान्, नभेटे पनि कम्तीमा खोज्ने प्रयासमा त होलान् । सबै नेता, मानिस यस्तै सकारात्मक भैदिए... ! 

निषेध होइन सहकार्य

रेवती सापकोटा

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञसम्मिलित कार्यदलको सुझावबमोजिम तयार पारेको भनिएको राष्ट्रिय आमसञ्चारसम्बन्धी विधेयकले संविधान, राष्ट्रिय प्रसारण ऐन २०४९ को संशोधित व्यवस्था र प्रादेशिक संरचनाको मूल मर्म तथा प्रादेशिक तहले प्राप्त गरेका अधिकारलाई निषेध गरेको छ ।

स्यान्टुले बढाएको नेपाली खेलकुदको सान 

सम्पादकीय

नेपाली खेलकुदमा टेबल टेनिसको इतिहास निकै लामो र समृद्ध छ । नेपालमा खेलिँदै आएका खेलमध्ये सबैभन्दा पुरानोमा टेबल टेनिस पनि पर्छ । यस खेलबाट नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा धेरै सफलता पनि प्राप्त गरेको छ । यसै क्रममा नेपाली टेबल टेनिसले नयाँ ऐतिहासिक उपलब्धि हात पारेको छ, यो हो– पेरिसमा यसै वर्ष हुने ओलम्पिकका लागि नेपाली खेलाडीको सिधा छनोट । स्यान्टु श्रेष्ठले यो कोसेढुंगा उपलब्धि चुमेका हुन् । 

राजनीतिक दलले जनताको आशा अनुसार काम गर्न सकेनन्

वर्षमान पुन

विभिन्न फोरममा हामीले बजेटका तयारीबारे आफ्ना धारणा राख्दै आएका छौं । अधिकांश अन्तर्क्रियामा मोटामोटी धारणा बताउँदै आएका छौं । हामीले देशको समग्र स्थितिबारे आलोचनात्मक रूपले नै हेर्नुपर्ने र विश्लेषण ग...

बजेटको पहिलो प्राथमिकता- नीतिगत स्थायित्व

चन्द्रप्रसाद ढकाल

बैंकमा तरलता पनि छ तर कसैले बैंकबाट ऋण लिन पनि चाहेका छैनन् । अथवा भनौं, पैसा बाहिर गएको छैन । कोभिडपछि रिकभरी राम्रो थियो । र, श्रीलंकामा आर्थिक संकटको कुरा आयो । त्यसपपछि नेपाल सरकारले चाहिनेभन्दा ब...

आगामी बजेटले आत्मविश्वास बढाउँछ

मधुकुमार मरासिनी

हामी सानो अर्थव्यवस्थामा छौं, यो कुरा बिर्सनुभएन । सानो अर्थव्यवस्थाको कठिनाइ १२ क्षेत्रमा आउने असरले हाम्रो अर्थतन्त्र कमजोर भइहाल्छ । हामी १२ तरंगले तरंगित भइहाल्छौं । हाम्रो उत्पादन कम हुन्छ । उत्प...

व्यापारीलाई नाफा नभए राजस्व कहाँबाट आउँछ?

नेपाल सरकारको तथ्यांक कार्यालयले ऋणात्मक वृद्धि देखाएको छ । मागको कमीले दुई वर्षदेिख उद्योगहरू करिब ४० प्रतिशत क्षमतामा सञ्चालन भइराखेका छन् । यो एउटा क्षेत्रमा मात्रै होइन, सबै क्षेत्रमा देखिएको छ । ...

अर्थतन्त्र शिथिल भए पनि संकटमा छैन

महाप्रसाद अधिकारी

हाम्रा वक्तव्यहरूमा समेत अर्थतन्त्र शिथिल रहेको आइसकेको छ । अब अर्थतन्त्र शिथिल छ भन्न गाह्रो मान्नुपर्ने विषय रहेन । पछिल्लो समय व्यवसायीहरूको मनोबल कमजोर छ । व्यवसायीहरूले आत्मविश्वास गुमाएका छन् । ...

‘पूर्वाधार क्षेत्रमा निजी क्षेत्रको लगानी बढाउनुपर्छ’

कल्पना खनाल

अहिले के सुनिने गरिन्छ भने बाह्य क्षेत्र एकदमै राम्रो छ । बैंकमा तरलता एकदमै उपलब्ध हुँदाहुँदै पनि कर्जा प्रवाह हुन सकेन । निजी क्षेत्रको मनोबल एकदमै गिरिरहेको अवस्था भनेर एक खालको नचाहिँदा भाष्यहरू स...