यसरी मनायौं, न्यूयोर्कमा ल्होसार

आङछिरिङ शेर्पा

न्यूयोर्क — बौद्ध धर्मवलाम्बी शेर्पा समुदायको महान चाड ल्होसारको पहिलो दिन न्युयोर्कस्थित शेर्पा किदुगको गुम्बामा भीडभाड बाक्लो थियो । साप्तहिक विदाको दिन बाहेक अरु दिन विरलै यति बाक्लोसंग मानिसहरुको उपस्थिती त्यस क्षेत्रमा हुन्छ । सोमबारको दिनमा पनि यतिका मानिस भेला हुनु भनेको न्यूयोर्क जस्तो व्यस्त सहरमा असम्भव जस्तै हो । गुम्बामा कुनै ठुलो रिम्पोचेले अभिषेक दिने बेलामा यतिका मानिसहरु जम्मा हुन्छन् ।

सडकको दुबैतिर लागेको भिड गुम्बाभित्र जानलाई आतुर थिए । आफनै मौलिक शेर्पा पोशाकमा ठाँटिएका आफन्तहरु, इष्टमित्रहरु हातमा खादा र खामभित्र डलर बोकेर गुम्बाभित्रको भगवान र लामागुरुलाई ढोग्न लाइन लागेका थिए । मनभरिको खुसी र उमंगका साथमा लाइनमा बस्नेहरु एकले अर्काेलाई नयाँ वर्षको शुभकामना आदान–प्रदान गरिरहेका थिए । त्यहि लाइनमा बस्नेहरुलाई ल्हाप्सुको आयोजक समितिका सदस्यहरु चिया र खाप्साले स्वागत गरिरहेका थिए ।

ल्होसारको पहिलो दिन छेवा चिको दिन हरेकले विहानै उठेर आ–आफनै घरमा चिया खाप्सा, छिमार र डेसिल खाएर ल्होसार मनाएर गुम्बामा आउने गर्छन् । गुम्बाको चारैतिरको भीडबाट लाइनै जब भित्र प्रबेश गरे भित्र पनि उतिकै लामो लाइन थियो । ढोकामा बसेको स्वयम् सेवकहरु बच्चा बोकेको आमाहरुलाई पहिलो प्रथामिकताका साथ अगाडी पठाउथे ।

भित्र लामागुरुहरु धार्मिक पुजापाठमा व्यस्त थिए । गुम्बाभित्र लामागुरु र भगवानलाई ढोग्नेहरुको लाइन वीच थियो भने भुईमा दायाबाया पलेटी कसेर पुजापाठको मन्त्रमा सुनेर हात जोडेर ध्यान गर्नेहरु पनि थिए । पुरै धार्मिक वातवारणमा रहेको गुम्बाभित्र बनाएको पुजाथान, पुजाको लागि चढाएको प्रसादहरु, खाप्सा र धुपबत्तिले मनलाई निकै आनन्दित तुल्याइरहेको थियो । अवतारी लामा टुल्कुको नेतृत्वमा एक दर्जन लामा गुरुहरुले विश्व शान्ति र सम्पुर्ण प्राणी जगतको कल्याणको लागी पुजा गरिरहेका थिए ।

त्यही पुजाले ‘२१४४ आंै मे मो च्या ल्हो’ ग्याल्पो ल्होसार नया वर्ष आगमानको स्वागतका लागी गरेका थिए । विहानी पुजा सकेपछि त्यसदिन गुम्बाको सामुन्नेमा ध्वजापतका गाडेका थिए । भित्रको लामा गुुरुहरु बाहिर आइसकेपछि लामागुरुहरुसंगै सवैले हातमा बोकेको पिठो आकाशतिर छर्केर भगवानको जयजयकार ‘केके स्हो स्हो ल्हागेलो’ भनी सामुहिक श्वर निकालेका थिए । त्यतिखेर सडक पुरै अवरुद्ध भएका थिए । त्यतिखेर मनमा ल्होसारको यो दिन किदुगले ध्वजा लगाउनेतिरको बाटो पुरै बन्द गरि दिएको भए कति राम्रो हुन्थ्यो भनेर सोचे । विहानी पुजापाठ र ध्वजा ठडाएपछि पुजा निरन्तर चलेको थियो । गुम्बामा पुजा चलीरहदा किदुगले अभिभावकहरुसग आएको १४ वर्ष मुनिको सवै बालबालिकाहरुलाई ल्होसारको बारेमा ज्ञान दिनुको साथै उनीहरुलाई खाममा पैसा दिएर धेरै खुसी बनाएका थिए ।

विगतदेखि नै बालबालिकालाई ल्होसारप्रति आर्कषित गराउनका लागी किदुगले गरेको कार्यक्रममा सय भन्दा बढि बालबालिकाको उपस्थिति थियो । ल्होसारको अवसरमा किदुगले मार्च ४ तारिख क्विन्सको चर्चित हलमा ल्होसार कार्यक्रम आयोजना गर्दैछ भने मे को ७ तारिख ल्होसार ल्हाप्सु गर्दैछ । हामी नेपाली जहाँ गएपनि आफनो मौलिक भाषा, धर्म र सस्कृति विर्सन हुदैन भन्ने सोचका साथ शेर्पा किदुग जस्तो सँस्थाहरुले उदाहरणीय कार्य गरेको छ । अन्तमा शेर्पा समुदायको यो महान चाडको अवसरमा सवैमा ल्होसारको हार्दिक शुभकामना ।

प्रकाशित : फाल्गुन २०, २०७३ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्

आशा लामाको नाम काटियो, १२ प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाईमा पठाइयो

कान्तिपुर संवाददाता

काठमाडौं — सरकारले प्रस्तावित १२ राजदूतको नाम संसदीय सुनुवाईका लागि पठाइएको छ ।सरकारले सिफारिस गरेकामध्ये युएईका लागि विवादित राजदूत आशा लामाको नाम भने काटिएको छ । अर्का विवादित ओमानका लागि प्रस्तावित राजदूत शर्मिला पराजुलीको नाम भने संसदीय सुनवाईका लागि पठाइयो ।

सरकारले प्रस्तावित १२ राजदूतको नाम संसदीय सुनुवाईका लागि पठाइएको छ ।

सरकारले सिफारिस गरेकामध्ये युएईका लागि विवादित राजदूत आशा लामाको नाम भने काटिएको छ । अर्का विवादित ओमानका लागि प्रस्तावित राजदूत शर्मिला पराजुलीको नाम भने संसदीय सुनवाईका लागि पठाइयो ।

म्यानपावर सञ्चालक लामा र पराजुलीको नाममा विवाद भएपछि मन्त्रिपरिषदले सिफारिस गरेको दुई सातासम्म पनि संसदीय सुनवाईका लागि पठाइएको थिएन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले लामाबाहेक अस्ट्रेलियाका लागि लक्की शेर्पा, डेनमार्कका लागि युवनाथ लम्साल, साउदी अरेबियाका लागि महेन्द्र सिंह, बहराइनका लागि पदम सुन्दास, श्रीलंकाका लागि विश्वम्भर प्याकुरेल, बंगलादेशका लागि डा. चोपालाल भूसाल, म्यानमारका लागि भीम उदास, दक्षिण कोरियाका लागि अर्जुनजंगबहादुर सिंह, कतारका लागि रमेशप्रसाद कोइरालाको नाम पठाएको छ ।

स्पेनका लागि पूर्वसैनिक अधिकारी भरत रायमाझीको नाम सिफारिस भए पनि दूतावास स्थापना नभएकाले संसदीय सुनुवाईमा पठाइएको छैन ।

प्रकाशित : फाल्गुन २०, २०७३ १८:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT