युएईमा बसेर देख्ने गरेको सपनाहरु

मेघराज सापकोटा

युएई — सम्भवत: नेपालीले अव लोडसेडिङको समस्या भोग्नु नपर्ला । सरकारले लोडसेडिङ मुक्त बनाउन चालेको अभियानबाट देश बिदेश सबैतिर एउटा उत्साह थपेको छ । सरकारले छिट्टै नै अधिराज्यभर सदाको लागि लोड सेडिङ अन्त्यगर्दै उज्यालो नेपाल निर्माणको घोषणा गर्नुले अब मुलुकले बिकासको गति लिन्छ भन्ने विश्वास र उत्साह जनतामा छाएको छ ।

२० लाखभन्दा बढी नेपालीहरु खाडी र मलेसियामा रहेको तथ्यांक छ । यी नेपालीहरु प्रत्येकका घर परिवारहरु अब उज्यालोमा रमाउने कुरामा उनीहरु खुशी नहुने कुरै भएन । बिद्युत प्राधिकरणकै कर्मचारीकोमिलेमतोमा हुने गरेको लोडसेडिङको अन्त्यले देशले बिकासको गति लिनेमा प्रबासमा रहेका जनताहरु ढुक्क छन । यसले उनीहरुलाई अब आफ्नै देशमा लगानीका आधारहरु खडा हुनेछन र आफ्नै देशमा फर्कन पाइनेछ भन्ने आशाको उज्यालो किरण मुहारमा छचल्किन थालेको छ । लोडसेडिङ मुक्त देश बर्तमान सरकारले गरेको एउटा राम्रो काम हो भने र देशको प्रगति र उन्नतिमा एउटा सकारात्मक संकेत पनि हो ।

बिदेशमा रहेर देश बिकासमा के के कुराहरु आवश्यक रहेछन भन्ने कुरा धेरै नेपालीहरुले देखेका छन । विश्वमा तीब्र आर्थिक उन्नती गरिरहेका दुबई, कतार, बहराइन, मलेसिया आदि देशहरु देखे पछी हामी प्रबासी नेपालीले सपनामा देख्ने गरेको नेपाल कस्तो होला ? हामी नेपाललाई कसरी बिकाशित देश बनाउन सकौला ? भनेर हरेक नेपालीहरु सपना देख्छन । ती सपना कस्ता होलान ? उज्यालो नेपाल, चिल्ला र सफा बाटो, स्वास्थ्य र शिक्षामा सरकारको लगानी, भ्रष्ट्राचारमुक्त समाज, कलकारखाना र रोजगार । यिनै हुन हामीले बिदेशमा बसेर देख्ने गरेको सपना ।

राजनैतिक स्थिरता
नेपालीका प्रत्येक पुष्ताले आन्दोलन गरे । लामो आन्दोलन पश्चात गणतन्त्रको स्थापना भयो । विश्व राजनीतिमा प्रयोग भएको सबैभन्दा उन्नत लोकतान्त्रिक ब्यवस्था हामीले उपभोग गर्न पाएका छौ । अब यसको संस्थागत बिकास भएको हेर्न प्रबासी नेपालीहरु आतुर छन । सागसङै पुरानै शैलीमा शुरु भएको सत्ता प्राप्तीको राजनैतिक खिचातानीको खेल देखी उनीहरु दिक्क पनि बन्दैछन । उनीहरु स्थाई सरकारको आशामा छन । जसको लागि बर्तमानमा देखिएको मधेशको मुद्दालाई छिटो भन्दा छिटो सम्बोधन गरी चुनाव होस् र सो चुनावले एक स्थायी सरकार बनोस भन्ने अपेक्षा गरेका छन । स्थायी सरकारले स्थायी बिकासको ढोका खोलिदिनेछ भन्ने विश्वाश उनीहरुले गरेका छन । उनीहरुको यो विश्वाशमा तुषरापात हुन नदिन सबै राजनैतिक दलहरु जिम्मेवार ढंगले अघि बढ्न जरुरी छ ।

बिजुलीबत्ती र पानी
नेपाल लोडसेडिङ मुक्त घोषणा भइसकेको छ । वार्षिक १३ अर्बको चुहावाट रोक्न बिजुली चोरलाई कठाघरामा उभ्याइैदछ । अर्को एक बर्षमा ५०० देखी १००० मेगावट सम्म बिजुली थपिने भएकोले लोडशेडिङ नहुने कुरामा ढुक्क हुन सकिन्छ । सिमित श्रोत र साधनको सही ब्यवस्थापन गरेर बर्तमान सरकार र बिद्युत प्राधिकरणका प्रमुख निर्देशक कुलमान घिसिङले देशलाई ठुलो गुण लगाएका छन । इन्भर्टर र सोलारका राजनैतिक ब्यापारीको ब्यापार चौपट भएको खबरले हामी खुशी छौ । छिट्टै नै मेलन्चीको पानी काठमाडौ आउनेछ । यसले केहीबर्ष सम्म काठमाडौको काकाकुल अवस्था शान्त हुनेछ । स्वस्थ र सफा खानेपानीमा गाउागाउाका गरीब जनताको पहुाच पुर्‍याउन आवश्यक छ । अहिले पनि पहाडी धेरै गाउामा घण्टौ हिंडेर पिउने पानीबोक्नु पर्ने अवस्थाको अन्त्यको लागि बिशेष कार्यक्रम घोषणा गरियोस । हामीले अब पानीको दुख भएको सपना देख्न छोडिसकेका छौ । सम्बृद्धि नेपालको सपनामा स्वस्थ पानीको सपना पनि देखेका छौ ।

बाटोघाटो
फराकिला चिल्ला सडक, ट्राफिक नियमको पालना र अनुशासन । नेपालको सन्दर्भमा यातायातको पहुाच गाउागाउा सम्म पुग्न जरुरी छ । बिगत १०बर्षमा धेरै गाउागाउामा बाटो पुगेको छ, पुग्ने क्रम जारी छ । अब यसलाई अन्तरराष्ट्रिय स्तरको निर्माण गर्न बजेट बिनियोजन गरियोस । हामीले बिदेशको जस्तै चिल्ला सडकहरु नेपालमा पनि हुनसक्छन भनेर सपना देख्ने गरेका छौ । सरकारले लगानीको सुरक्षाको प्रत्याभुति गर्ने हो भने धेरै नेपालीहरु आाफै पनि लगानी गर्न तयार हुनेछन । मात्र चाहियो अब सरकारको ईच्छा शक्ति ।

शिक्षा र स्वास्थ्य
शिक्षा देशबिकासको मेरुदण्ड हो । एउटा उदाहरण हेरौ । सन १९७० मा पाकिस्तानको कुल ग्राहस्थ उत्पादन १३.१ बिलियन डलर थियो । सोही समयमा बिशाल देश भारतको कुल ग्राास्थ उत्पादन ५९.६ बिलियन डलर थियो । १९७०मा पाकिस्तानको भन्दा मात्र ४५ गुणा ठुलो कुल ग्राहस्थ उत्पादन भएको भारतको २०१५ मा आईपुग्दा २,११६.२ बिलियन पुगेको छ भने पाकिस्तानको जम्मा २७१.५ बिलियन छ । (२०१५ मा नेपालको कुलग्राहस्थ उत्पादन २०.८८ रहेको छ भने १९७० मा १ बिलियन डलर थियो) यो अवधीमा भारतले सबैभन्दा बढी लगानी गरेको क्षेत्र शिक्षा हो । विश्वका ठुला ठुला कम्पनीहरुमा आज भारतीयहरु हाकिम भएर बसेका छन । नासाका आधाभन्दा बढी बैज्ञानीकहरु भारतीय छन । एप्पल कम्पनीमा सबैभन्दा बढी कामदारहरु (आईटी बिशेषज्ञ) भारतीय छन । विश्वमा धेरै इन्टेरनेट टेक्नोलोजी निर्यात गर्ने देश भारत बनेको छ । पाकिस्तानको हालत देखेकै हो ।

भारतले २०१६ मा आफ्नो बजेटमा २.२५ प्रतिशत सुरक्षा तथा मिलिटरी खर्चमा छुट्याएको छ भने पाकिस्तानले २.३० प्रतिशत । आर्थिक बृद्धिदरको हिसाबले पाकिस्तानको लागि यो खर्च धेरै हो । २०१६ मा भारतको आर्थिक बृद्धिदर ७ प्रतिशत रहेको थियो भने पाकिस्तानको जम्मा ४ प्रतिशत छ । नेपालको भने जम्मा २.५ प्रतिशत ।

यसरी भारतले यो अवधीमा गरेको शिक्षाको लगानीले भारतलाई आज विश्वको सातौ ठुलो कुलग्राहस्थ उत्पादन भएको मुलुकको रुपमा उभ्याएको छ । तर भारत सरकार आाफैले भने बजेटको जम्मा साढे ३ प्रतिशत मात्र शिक्षामा खर्च गरेको छ । बााकी सबै प्राइभेट सेक्टरबाट लगानी भएका हुन । ताकी नेपालले वार्षिक १३.१४ सम्म शिक्षालाई बजेट छुट्याउने गरेको छ । पाकिस्तानमापनि १३ प्रतिशत हाराहारीमा शिक्षामा खर्च गर्ने गरेको भएपनि बालुवामा पानी हाले सरह नै भएको छ । हामीले सोच्नु र खोज्नु पर्ने कुरा यहीा छ ।
कयौ बालबालिकाहरु अहिले पनि कुपोषणको सिकार भएका छन । नाजुक स्वास्थ्य स्थिति छ । सरकारले स्वास्थ्यमा धेरै लगानी गरे पनि कुनै प्रतिफल प्राप्त हुन सकेको छैन । शिक्षा र स्वास्थ्य एक आपसमा जोडिएका बिषय हुन । शिक्षाको लगानी सही ढंगले भए स्वास्थ्यको फजुल खर्च कम हुनेछ । प्रत्येक ब्यक्ति शिक्षित भए देश बन्ने छ । हामी यस्तै देशको सपना बुनेर प्रबासमा रात कटाउाछौ ।

भ्रष्ट्राचारमुक्त देश

सन २०१६ ट्रान्स्पेरेन्सी इन्टर्नेसनलले जारी गरेको सुचीमा नेपाल १३१ औ भ्रष्ट देशमा सुचिकृत छ । विश्वमा कुनै पनि मुलुक भ्रस्टाचारमुक्त छ भनेर कल्पना गरिन्न । तर कति कम हुन्छ भनेर खोजिन्छ । भरखरै नयाँ शक्ति छोडेका रामेश्वर खनालले भनेको एउटा कुरा निकै नै सोचनीय र गम्भीर छ,‘हामी नेपालमा नेता भ्रस्ट भए भन्छौ । त्यो भन्दा भ्रस्ट त जनता छन । उनले जसरी भने पनि आशय चााही यही हो । जनताहरु भोट् बेच्छन । गाउ गाउमा कार्यकर्ताहरु छन, उनिहरु चुनावको बेला भोटको ब्यापार गर्छन् । कसलाई बेच्छन ? भ्रष्ट पार्टी र भ्रष्ट नेतालाई । अनी देश कसरी बन्छ ?

जबसम्म जनताको बुद्धिको बिर्को उघ्रिदैन तबसम्म नेपालमा हुने वाला केही रहेनछ भनेर रामेश्वर खनालले बुझेछन । उनी जुनसुकै पार्टीमा आस्था राखुन तर रामेश्वर जस्ता ब्यक्तिहरु निराश हुनु देशको लागि निकै दुस्खद हो । जनताको बुद्धि उघार्न त शिक्षामा लगानी गर्नु पर्‍यो । जनतालाई शिक्षित पार्नु पर्‍यो । अहिले नेपालमा बिद्यालय बिद्यालयमा भ्रष्ट्राचार छ । सरस्वती मन्दिरमा भ्रष्ट्राचार छ । एक बोरा सिमेन्ट किन्ने देखि बिद्यालयमा चाहिने चक र डस्टर किन्ने पैसामा भ्रष्टाचार छ । स्कुलको हेडमास्टर र संचालक समितीकाजिम्मेवार ब्यक्तिहरु मिलेर भ्रस्टाचार गर्छन् । अनी नेपालकहिले बन्छ ?

कलकारखाना र रोजगारी

देशमा बिजुली भएपछि धेरै बिदेशी लगानी भित्रिनेछ । कलकारखाना खुल्ने छन् । ती कलकारखनामा नेपालीले रोजगारी पाउनेछन् । बैदेशिक रोजगारीले जोगाइ दिएको ईज्जत अब आफ्नै देश भित्र खुलेकाकलकारखानले जोगाइदिनेछन । नेपालको परम्परागत कृषि पेशा र बैदेशिक रोजगारीकै कारणले अहिले नेपालमा बेरोजगारी बृदिदर ३ प्रतिशतको हाराहारीमा छ । अब यो झरेर शुन्यमा पुग्ने आशा प्रबासी नेपालीले लिएका छन । आफ्नै देशमा आफ्नै घरपरिवार संगै बसेर काम गर्न पाइने आशा बिजुलीले पलाइदिएको छ ।

यी सबैको सम्भावनाका आधार भनेको उज्यालो नेपाल नै हो । प्रबासी नेपालीहरुले कुलमान घिसिङ नेपाल र नेपालीको लागि बरदान साबित हुने छन भन्ने विश्वाश गरेका छन ।

हाल : युएई

प्रकाशित : चैत्र २९, २०७३ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दुई वर्षदेखि अस्थायी टेन्टमै जिल्ला अस्पताल

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — भुकम्प गएको दुई वर्ष वित्न लाग्दा समेत रसुवा जिल्लाको जिल्ला अस्पताल अस्थायी टेन्टकै भरमा संचालन भइरहेको छ । भूकम्प पछि तत्कालै क्यानेडीयन रेकक्रसले निर्माण गरेको अस्थायी टेन्टकै भरमा अझै पनि जिल्ला अस्पताल सञ्चालन हुँदै आएको छ ।

भुकम्प गएको दुई वर्ष वित्न लाग्दा समेत रसुवा जिल्लाको जिल्ला अस्पताल अस्थायी टेन्टकै भरमा संचालन भइरहेको छ ।

भूकम्प पछि तत्कालै क्यानेडीयन रेकक्रसले निर्माण गरेको अस्थायी टेन्टकै भरमा अझै पनि जिल्ला अस्पताल सञ्चालन हुँदै आएको छ । स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्र दुई वर्षदेखि टेन्टकै भरमा सञ्चालन हुादा बिरामीले अनेक सास्ती भोग्नु परेको छ । टेन्टबाट उपचार गराउादा अस्पतालमा भर्ना हुन आउने सुत्केरी महिला, बालबालिका तथा बृद्धबृद्धा बढि प्रभावित हुने गरेको जिल्ला स्वास्थ्य प्रमुख डा. झलक शर्मा गौतमले बताए ।

२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले १५ शैया रहेको जिल्ला अस्पताल पूर्ण रुपमा क्षति भएको थियो । भवन अभावको कारण कुन सामाग्री कता छ भनेर भेटाउनै मुस्किल हुने गरेको छ । जटिल अबस्थाका बिरामीलाई उपचार गराउने ठाउाको समेत अभाव छ । अस्पतालको बैकल्पिक व्यवस्था नहुदाा दैनिक जसो उचार लिन आउने र दिने दुवैले सास्ती भोग्नुपरेको उपचारमा संग्लग्न स्वास्थ्यकर्मीहरु बताउाछन् । अहिले क्यानेडीयन रेकक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्र सोसाइटी मार्फत प्रिफ्याब भवन निर्माण कार्य भइरहेको छ ।

प्रकाशित : चैत्र २९, २०७३ १३:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT