मैथिलीले उचित स्थान पाएन

राजीव रञ्जन

काठमाडौँ — सीताका धेरै उपनामहरुमध्ये भूमिजा र मैथिली पनि हो । संस्कृत र संस्कृतिले सु–सज्जित मिथिलाको पौराणिक एवं वैज्ञानिक तथ्यहरु मैथिलीमा गुञ्जायमान छ । 

सीताको जन्मथलो जनकपुर संसारका हिन्दुहरुको पावन धरती हो। मैथिली सरल, सुरिलो र लिपीमय भाषा हो। नेपालका रैथाने मुस्लिमहरुको पनि मैथिली र मिथिला प्रति अदम्य प्रेम मिथिलामा महसुस गर्न सकिन्छ। तथापि राजनैतिक लाभको लागि गरिने हिन्दी भाषाको प्रयोगले सीताले बोलेको भाषाको अपमान मात्र हुन्छ।

विश्व भाषाको सन्दर्भमा अंग्रेजहरुले अंग्रेजीलाई अन्तर्राष्ट्रियकरण गर्दै अद्भुत नमूना पेस गरेका छन्। साम्राज्यवादी, यथास्थितिवादी तथा अतिवादी ताकतहरु कुनै पनि देशलाई उपनिवेश बनाउन ‘भाषा’ले प्रमुख भूमिका निर्वाह गरेको देखिन्छ।

नेपालजस्तो सानो देशमा पनि १२३ भाषाहरु छन्। जहाँ ४४.६५ प्रतिशतले मातृभाषा नेपाली रोजेका छन्। ११.७५ प्रतिशतको मातृभाषा मैथिली हो, जुन रोजेका होइनन्। अब तथ्यांककै आधारमा हेर्दा ३५ बज्जिका पनि मिथिलीकै प्रकार हुन्। थारु र भोजपुरी मातृभाषाको रुपमा प्रयोग गर्नेले मैथिली स्पष्टरुपमा बोल्न सक्छन्। ३ लाखको हाराहारीमा रहेको कोचिला थारुहरुले लगभग मैथिली संयोजन गरेका छन्। तर, हिन्दी हाम्रो देशमा मातृभाषाको रुपमा प्रयोग गर्ने नगन्य मात्रामा छन्।
नेपाली भाषा र हिन्दी भाषामा फरक छुट्टयाउँदा भौगोलिक अन्तर हुन सक्छ। तर, दुवैको परस्पर विकासमा धेरै अन्तर छैन। भारतमा ६०.५ आवादिले हिन्दीलाई पहिलो भाषा रोजेका छैनन्। भारतमा १.१८५ प्रतिशतले मैथिली र ०.२८५ प्रतिशतले नेपाली पहिलो भाषाको रुपमा बोल्दछ।

मध्यकालीन नेपालमा मैथिलि कला, संस्कृति र साहित्यकै बोलवाला थियो। करिब ५–६ सय वर्षसम्म राज गरेका मल्लहरुको प्रमुख भाषा मैथिली र संस्कृत नै थियो। लिच्छवीहरु पनि धेरै टाढाबाट आएका होइनन्, करिब ४०० ई.पु. पौराणिक मिथिलाको बैशालीबाट आएका थिए। लिच्छवीकाललाई नेपालको स्वर्णकाल भनिन्छ। सेनहरु पनि बंगालबाट नै आएका हुन्। जसको कला संस्कृति र भाषा मिथिला र मैथिलीभन्दा धेरै फरक छैन। भूपतिन्द्र मल्लले २३ वटा रचना मैथिली र ४ वटा नेवारीमा लेखेका थिए। नेपाल मण्डलका नेवारहरु पनि विभिन्न मल्लकालीन दस्ताबेजहरुबाट अनभिज्ञ छैनन्। इतिहासलाई आफ्नै ढंगले लेखाउने कला शाहवंशीहरुको वंशानुगत गुण नै हो।

ट्यूबरक्लोसिसबाट पीडित पत्नीलाई जोगाउने प्रयासमा रणबहादुर शाहले एउटा बिधवा ब्राह्मणसँग बिहे गरे, ताकि मिथिलाका वैद्यहरुको मदतले उनको पत्नी निको होउन्। तर, कालको मुखबाट बैधहरुले बचाउन सकेन। पत्नीको देहान्तबाट बहुलाएका राजाले सम्पूर्ण बैधहरुमाथि दमन गर्न बाँकी राखेनन्।

जयस्थिति मल्लबाट चौधों शताब्दीतिर मनु स्मृतिबाट प्रभावित भई कान्यकुब्ज र मैथिल ब्राह्मणहरुको मदतले नेपलारास्त्रशास्त्र नामांकित ग्रन्थमा विभिन्न जातजातिहरुमा वर्गीकरण गरेका थिए। एकीकरणपश्चात् सन् १८०१ मा पर्वते बाहून अर्थात् खसहरुले नेवारहरुलाई मतवाली अर्थात् जाँडरक्सी खाने जातमा परिणत गरिदिएका थिए। तिन्ताक मिथिला र मैथिलीको पनि उपत्यकाबाट पकड छुट्यो। यो बिभेदको अन्त अहिले पनि भएको छैन।

दुर्गानन्द झा, लक्ष्मीनारायण, रामराजा प्रताप सिंहजस्ता अनेकौ व्यक्तित्वहरु छन्। जसले शाहवंशीहरुसँग सिधा सामना गरे। आज त्यो मानसिकता शाहवंशको राज्य सत्ता अन्त भए पनि खस माझ जिउँदै छ। मधेस, तराई, पहाड़, हिमाल–भूगोल मात्र हुन्। मिथिला र मैथिली सभ्यता र संस्कृति, साहित्य कलाहरु मेट्ने प्रयास हुँदैछ। मधेसको अधिकारको लड़ाइँ आधुनिक संविधानका बुँदाहरु हुन सक्छ। तर, मौलिक, सांस्कृतिक, पहिचानको हक र अधिकार सम्पन्न हुन मिथिलाको सांस्कृतिक, पहिचान र भाषालगायत मैथिलीको जनजागरण गर्नु अति आवश्यक छ।

काठमाडौं, ललितपुर, भक्तपुर, नेपालमण्डलदेखि पूर्व र पश्चिम समतल भूमिसम्म संस्कृत, मैथिली, नेवारी र अन्य थुप्रै भाषाहरुको महात्मय थियो। तथापि शाही पाठ गर्ने इतिहासकारहरुले आफ्नो वर्चस्व कायम गर्न र आडम्बर गर्न मिथिला शब्द प्रयोग नगरी मधेस र तराई शब्द उपयोगमा लाएका हुन्। सिद्धार्थ शाक्य आज गौतम बुद्धको नामले प्रसिद्ध छन् र बुद्ध नेपालमा जन्मेको हो भन्ने नाराले राष्ट्रिय पहिचान बनाएका छन्।

वैदिककालको संस्कृतबाट अपभ्रंषित भाषाहरु यस्तै गरी बन्ने क्रममा हिन्दी, मैथिली, नेपाली, भोजपुरी, अवधी इत्यादि र अन्य तिब्बती बर्मन भाषाहरुमा मैथिली सहज सहिष्णुता राख्दै आर्यन, द्रविड़ियन एवं मंगोलियन सबैको ऐतिहासिक, सांस्कृतिक र भौगोलिक रूपले भाषाहरुको मिलनको केन्द्र बिन्दु बुझिन्छ। ४०० ई. पु. सुल्व सूत्र र सतपथ ब्राह्मणमा दिएको साध्य आज पैथागोरोउसको नामले प्रख्यात भए जस्तै विभिन्न खोज, अनुसन्धान, साहित्य, कला एवं अन्य विधि विधाहरुमा हस्तक्षेप गर्ने चलन धेरै नै पुरानो छ। देखेको छैन, तर मुहम्मदले शिवलाई मक्कामा कैद गरेको र आफ्नो धर्मको प्रचार गरेको सुनिन्छ। २५० वर्षदेखि नेपाली लाद्न खोजे पनि नेपालीय मैथिली अथवा मैथिलीय नेपालीमा फरक देखिन्छ। अवधीमा लेखिएको हनुमान चालिसा आज विश्वको सबै हिन्दूले पढ्ने गर्छ। तर जब भाषाको कुरा हुन्छ भने नेपालीबाहेक नेपालको कुनै भाषालाई चल्नै नदिने मानसिकता कायम छ। कसैले यसो प्रयास गर्न खोजे विभिन्न आरोप-प्रत्यारोपमा बल्झाई दिन्छन्। मिथिला र मैथिलीको स्वर पटक पटक दबाइएको महसुस हुन्छ।

सन् १९५० देखि नेपालको राजनीति पनि भारतमुखी भएपछि र नेपालमा प्रजातन्त्र र आधुनिक शासन प्रणालीको चरमबद्ध आन्दोलन र व्यापारमा भारतप्रतिको निर्भरताले नेपाललाई उपनिवेश बनाउन मात्र हिन्दीलाई मिथिलाको सम्पर्क भाषा रूपमा लाद्न खोजिएको हो।
हिन्दी सिनेमा देखेर हुर्केका र भारतको चौतर्फी हस्तछेप हुँदा हिन्दीलाई सम्पर्क भाषाको रूपमा सोच्नु मानसिक यातनाबाट उब्जेको भ्रम हुनसक्छ। हामी संघर्ष गर्दागर्दै एक उपनिवेशको ज्यादतीबाट बच्न अर्को उपनिवेशलाई अन्तर्ग्रहण गर्ने प्रयास गर्दैछौं। नेपालमा मैथिलीले उचित स्थान पाएन भने ससाना भाषाहरु पनि बिस्तारै लोप हुँदै जाने सम्भावना बढ्दै जानेछ।

प्रकाशित : पुस १३, २०७४ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्

राम्रा भनिएका १० बलिउड फिल्म

२०१७
एजेन्सी

काठमाडौँ — भारतीय चलचित्र उद्योग बलिउडमा वार्षिक सयौं फिल्म रिलिज हुन्छन् । तीमध्ये केही फिल्मले बक्सअफिसमा धमाकेदार प्रदर्शन गर्छन् । तर, बक्सअफिसमा राम्रो गर्ने फिल्म सधैं राम्रा हुन्छन् भन्ने छैन । २०१७ मा केही यस्ता फिल्म रिलिज भए जसको चर्चा भएन तर समीक्षकको नजरमा उत्कृष्ट ठहरिए । तीमध्ये केही फिल्म यहाँ चर्चा गरिएको छ ।

१) न्यूटन

यो वर्षको अन्त्यतिर सार्वजनिक भएको राजकुमार रावको मुख्य भूमिका रहेको चलचित्र न्यूटनले विद्रोही समूह नक्साल नियन्त्रित छत्तिकगढमा निर्वाचन गराउन गएका एक सरकारी अधिकारीको कथा बोल्छ । भर्खरै सरकारी सेवामा प्रवेश गरेको न्यूटन कुमार (राजकुमार राव) ले स्वच्छ निर्वाचन गराउन खोज्दा झेल्नुपर्ने जटिलता यो फिल्मको मुख्य कथा हो । ओस्कार अवार्डका लागि भारतबाट छनौट गरिएको फिल्म इरानी फिल्म सेक्रेट व्यालोटबाट प्रभावित छ ।

२) लिपिस्टिक अण्डर माई बुर्खा

चार महिलाको कथा भन्ने फिल्म लिपिस्टिक अण्डर माई बुर्खाले चार महिलाको मनोविज्ञान बोल्छ । यसमा कोनकोना सेन, रत्ना पाठक, आहना कुम्रा र प्लबिता बोर्थाकुर मुख्य भूमिकामा छन् । फरक फरक परिवेशमा बाँचेका महिलाको मनोविज्ञानलाई फिल्ममा उतारिएको छ । अघिल्लो वर्ष नै विभिन्न फिल्म फेस्टिभलमा प्रदर्शित फिल्म यो वर्ष सबैको लागि रिलिज गरिएको हो ।

३) अ डेथ ईन गञ्ज

अघिल्ला वर्ष केही फिल्म फेस्टिभलमा देखाएर यो वर्ष रिलिज गरिएको अ डेथ ईन गञ्जले पारिवारिक बिदामा गएको एउटा परिवारको सुखद् र दु:खद् कथा भन्छ । परिवारसँगै बिदा मनाउन एक पुरानो शहर पुगेका विद्यार्थी श्यामलको कथामा केन्द्रित छ फिल्म । जहाँ लजाजु श्यामलको वास्तविकताबारे परिवारले थाहा पाउँछ ।

४) शुभ मंगल सावधान

आयुष्मान खुराना र भूमी पाड्नेकर अभिनित चलचित्र शुभ मंगल सावधान कमेडी फिल्म हो जुन सेप्टेम्बरमा रिलिज भएको थियो । बिवाहको लागि तयार भएका एक जोडीको कथा भन्ने फिल्मले यौनसम्बन्धी समस्या भागेको पुरुषको फरक खाले बिषय बोकेको छ । फिल्मले समीक्षकबाट राम्रो प्रतिक्रिया पाउनुका साथै बक्स अफिसमा पनि राम्रो आन्दानी गरेको थियो ।

५) बरेलीकी बर्फी

रोमान्टिक कमेडी बरेलीकी बर्फीले दुई युवक र एक युवतीको त्रिकोणीय प्रेमबारे बोल्छ । आफूलाई वास्तविक अवस्थामै स्वीकार्ने अड्डी कसेकी बिट्टी (क्रिति सनोन) लाई मन पर्ने एक लेखकको खोजीमा हुने आरोहअवरोह र त्यसपछिको द्वन्द्वमा फिल्म घुमेको छ । फिल्ममा विशेषत: राजकुमार राओको अभिनय प्रशंसनीय छ ।

६) ट्र्याप्ड

राजकुमार राओ अभिनित ट्र्याप्ड अघिल्लो वर्ष नै विभिन्न फेस्टिभलमा प्रदर्शन भएर समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो । यो फिल्मले आफ्नो प्रेमीसँग भाग्न तयारी गरेको बखत एउटा कोठामा बन्धक बनेका युवकको कथा भन्छ । फिल्मले बन्धक बनेका युवक (राजकुमार राओ) को संघर्ष र त्यसबाट मुक्त भएपछि उसले महशुस गरेको वास्तविकलाई समेटेको छ । यो वर्ष यही वर्ष सबैका लागि रिलिज भएको हो ।

७) हिन्दी मिडियम

आधुनिक शिक्षामा देखिएको विकृतिमा आधारित रहेर तयार पारिएको हिन्दी मिडियम अहिलेका मध्यमवर्गीय अभिभावकको साझा मनोविज्ञान हो । इरफान खान र सबा कमारको जीवन्त अभिनयले फिल्मलाई उत्कृष्ट बनाएको छ नै यसको बिषयवस्तुले पनि यसको ओजन बढाएको छ । यो हरेक अभिभावकले हेर्नेपर्ने फिल्ममा पर्छ । समीक्षकको राम्रो प्रतिक्रियासहित यसले बक्स अफिसमा पनि राम्रो आम्दानी गर्‍यो ।

८) सेक्रेट सुपरस्टार

कम बजेटमा बनाइएको आमिर खान अभिनित सेक्रेट सुपरस्टारकी स्टार जायरा वासिम हुन् । आमिर र किरण राओ निर्मित फिल्मले एक मुस्लिम युवतीको कथा भन्छ जो आफ्नो प्रतिभा प्रस्फुटनको लागि लुकेर गीत गाउँछिन् । पारिवारिक समस्याबाट गुज्रिएकी उनले कसरी आफ्नो लक्ष्य भेट्टाउँछिन् ? यही बिषय र प्रस्तुतिले फिल्म समीक्षकको प्रिय बनेको छ । सामान्य बिषयमा संवेशनशील फिल्म छ, यो ।

९) अनारकली अफ आरा

अनारकली अफ आरा एक डान्सरले आफ्नो अस्तित्व रक्षाका लागि गरेको संघर्षको कथा हो । सत्य कथामा आधारित भनिएको फिल्ममा एक डान्सर (स्वारा भास्कर) आराको एक विश्वविद्यालयको रजत महोत्सवमा नाच्ने कथाबाट सुरु हुन्छ । उक्त विश्वविद्यालयका उपकुलपतिसँगको उक्त डान्सरको द्वन्द्वबाट कथा अघि बढ्छ । एक डान्सरले आफूभन्दा शक्तिशालीसँग कसरी टक्कर लिन सक्छिन् ? यही बिषयमा फिल्म केन्द्रित छ । यसको केही सामग्रीमा विवाद भएपनि समीक्षकबाट यसले राम्रो प्रतिक्रिया पाएको छ ।

१०) ट्वाइलेट : एक प्रेम कथा

अक्षयकुमार र भूमि पाडनेकर अभिनित ट्वाइलेट : एक प्रेम कथाले भारतमा विकराल समस्याको रुपमा रहेको शौचालयको बिषयबारे बोल्छ । अक्षयकुमार र भूमि पाडनेकरले एक नवविवाहित दम्पतिको रुपमा शौचालय अभावमा के दु:ख झेल्छन् ? यही बिषयमा फिल्म बनेको छ । फिल्मले भारतीय समाजको एउटा अन्धविश्वासमाथि चोटिलो प्रहार गरेकाले यसलाई समीक्षकले सकारात्मक सन्देशसहितको उत्कृष्ट फिल्मको रुपमा प्रशंसा गरेका छन् ।

प्रकाशित : पुस १३, २०७४ १९:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्