४८ हजारलाई व्यावसायिक साक्षर बनाइने

काठमाडौ — अमेरिकी विकास नियोग (यूएसएआईडी) को सहयोगमा सुदूर र मध्यपश्चिमका ४८ हजारलाई तीन वर्षभित्र अंक र अक्षरमा आधारित व्यावसायिक साक्षर बनाउने सीप सिकाइने भएको छ ।


२०१७ सम्म सञ्चालन हुने कार्यक्रममा यूएसएआईडीले ४० लाख अमेरिकी डलर सहयोग गर्नेछ । भावी पुस्तालाई खाद्य कार्यक्रम (फिड द फ्युचर) को एउटा हिस्सा मानिएको कार्यक्रमको जोखिममा रहेका घरपरिवारको जीवनयापनको स्तर वृद्धि गर्ने उद्देश्य रहेको छ । ६ करोड ६० लाख अमेरिकी डलर लागतको फिड द फ्युचरको समय अवधि पाँच वर्ष छ । यस कार्यक्रमअन्तर्गत पिछडिएका र अध्ययन नगरेका नेपाली युवा युवतीलाई वैदेशिक रोजगारीमा निरुत्साहित हुने र आफ्नै मुलुकमा उद्यमी बन्ने विश्वास नियोगको छ ।  
यूएसएआईडीको उक्त कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री रामशरण महतले भने, 'यस्ता कार्यक्रमले गाउँस्तरबाट नागरिक सक्षम हुँदै आउने र उनीहरू आफूमा आत्मनिर्भर समेत हुनेछन् ।' उनले यसबाट नेपाली युवाहरू वैदेशिक रोजगारीमा जान निरुत्साहित हुने सरकारको विश्वास रहेर यस्तो कार्यक्रमलाई सरकारले स्वीकार गरेको बताए । मेहनत गरे नेपालमा नै धेरै गर्न सकिने उनले बताए । यसअघि सन् २००८ देखि २०१२ सम्म सञ्चालन गरेको उद्यमी साक्षरता तालिमले नेपालको मध्य पश्चिम क्षेत्रका ३२ हजारभन्दा बढी युवा, महिला तथा पिछडिएका समुदायका लागि जीवनयापनको जग बसाउने काम गरेको दाबी यूएसएआईडीको छ ।
 यूएसएआईडी नेपालकी मिसन निर्देशक, बेथ डनफोर्डले भनिन्, 'अनुभवबाट हामीले यो थाहा पाएका छौं कि स्वास्थ्य, पोषण तथा उद्यमी साक्षरताको कृषसिँग सम्बन्ध स्थापित गराउँदा मानिसहरूलाई गरिबीबाट मुक्त गराउने सम्भावनामा अधिक वृद्धि हुन्छ ।' यूएसएआईडीले विगतमा सञ्चालन गरेको उद्यमी साक्षरता तालिमबाट लाभान्वित दाङकी नैना चौधरीले भनिन्, 'सानी छँदै नै कमलरी भई अर्काको घरमा नै बसें । कमलरी मुक्त भएपछि मैले बिहे गरें भने आम्दानीको लागि कुनै पनि सीप थिएन । तर उद्यमी साक्षरता तथा कृष िउत्पादकत्व तालिमले गर्दा म तरकारी व्यवसायकी मालिक बनेकी छु । मेरोे महत्त्वकांक्षा बढ्दो छ ।'



 

प्रकाशित : श्रावण ५, २०७१ ०९:४७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

फोहोर नउठाए आन्दोलन गर्ने चेतावनी

कान्तिपुर संवाददाता

काठमाडौ — टेकुस्थित ट्रान्सफर स्टेसनमा एक महिनादेखि थुपि्रएको फोहोरमैला महानगरपालिकाले नउठाएको भन्दै स्थानीयवासीले आन्दोलनको

चेतावनी दिएका छन् । वर्षायाममा फोहोर नउठ्दा महामारी फैलने डर बढेको उनीहरूको भनाइ छ । टेकुका स्थानीय राजु महर्जनले एक हप्ताभित्र फोहोर व्यवस्थापन नगरे फोहोर ल्याउन नदिने दाबी गरे । 'पूरै वातावरण दुर्गन्धित भएर घरमा बसिनसक्ने अवस्था छ,' उनले भने, 'मानिस बिरामी हुन थालिसके । महानगरपालिकाले नसुनेपछि अब आन्दोलन गर्नुको विकल्प रहेन ।'
महानगरपालिकाको फोहोर बोक्ने गाडी बिग्रेकाले फोहोर थुप्रेको हो । वातावरण विभागका एक कर्मचारीका अनुुसार गाडी मर्मत गर्न अझै एक साता लाग्छ । 'सबैले इन्धनको नक्कली बिल बनाएर पैसा कुम्ल्याउनमात्र जानेका छन् । कार्यकारी अधिकृतलाईसमेत गाडी मर्मत गर्नेतिर मतलव छैन,' ती अधिकारीले भने । महानगरका कार्यकारी अधिकृत धनबहादुर श्रेष्ठले 'यसबारे छलफल' गर्ने प्रतिक्रिया दिए । सहरका विभिन्न भागबाट दैनिक ५ सय मेटि्रक टन फोहोर ट्रान्सफर स्टेसनमा जम्मा हुन्छ । फोहोर बोक्ने ३० कन्टेनरमध्ये २२ वटा मात्र सञ्चालनमा छन् ।
महानगरले मेकानिकल शाखालाई गाडी मर्मत लगायतका लागि वाषिर्क आठ करोड बजेट विनियोजन गर्छ ।  तर, उसले गाडीको मर्मत गर्दैन । करिब नौ वर्षअघि भारत सरकारले दिएका ७ वटा गाडीमध्ये तीनवटा मात्र सञ्चालनमा छन् । जापानले दिएका १७ कन्टेनरमध्ये ११ वटा बिग्रेका छन् । दुई वर्षअघि चीनले दिएका ६ मध्ये एउटा गाडीमात्र सञ्चालनमा छ ।


-    फोहोर नउठाए टेकुमा ल्याउन दिन्नौं - टेकुवासी
-    स्थानीयवासीसँग छलफल गर्छौं - महानगर

प्रकाशित : श्रावण ५, २०७१ ०९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT