बेलायती राजदूतद्वारा ‘ई–वकर्स युके’ कार्यालय उद्‌घाटन

काठमाडौं — नेपालस्थित बेलायती राजदूत एण्डी स्पार्क सिएमजीले द ब्रिटिस कलेजको भागिनी संस्था ई– वकर्स युकेको बिहीबार उदघाटन गरेका छन् ।

बेलायती राजदूतद्वारा ‘ई–वकर्स युके’ कार्यालय उद्‌घाटन


ई–वकर्स युके कम्पनी नेपालमा सफ्टवेयर निर्माण गरी विदेशमा निर्यात गर्ने उद्देश्यका साथ खोलिएको हो । ‘ई वकर्स युके कम्पनीले अन्तर्राष्ट्रिय सफट्वेयर बजारमा सेवा मात्र दिने छैन,’ राजदूत स्पार्कले भने, ‘यसले स्थानीयतवरमा विद्यार्थीहरुलाई व्यवसायिक अनुभव बटुल्ने अवसर पनि मिल्नेछ ।’

थापाथलीस्थित टे«ड टावरमा रहेको द ब्रिटिस कलेज हाताभित्रै उक्त कम्पनी खोलिएको छ । कम्पनीमा ख्यातीप्राप्त सफ्टवेयर डिजाइनर हुनेछन्, जसले विभिन्न मागअनुसार सफ्टवेयर निर्माण गरी आउटसोर्सिङ गर्नेछन् ।

यसैबीच, बेलायती राजदुत स्पार्कले वेष्ट अफ दी इंग्ल्याण्ड विश्वविद्यालयअन्तर्गत अर्थशास्त्र विषयमा सर्वोत्कृष्ट गरेकोमा द ब्रिटिस कलेजमा अध्ययनरत कल्पना पन्तलाई सम्मान गरेका थिए ।

ई–वकर्स युके कम्पनीका प्रबन्धक तथा द ब्रिटिस कलेजका सिईओ राजन कँडेलले कम्पनीले सफ्टवेयर निर्माण गरी आउटसोर्सिङ गर्ने जानकारी दिए ।



 
 

प्रकाशित : मंसिर १८, २०७१ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?