'मुम्बई घटनाका कामदार र परिवारलाई राहत देऊ'

काठमाडौ — मुम्बईमा आगलागी भएर मृत्यु भएका परिवार तथा घाइतेहरूलाई सरकारले तत्काल राहत दिन, घाइतेको उपचार गर्न र शव स्वदेश ल्याउन स्थानीय समितिले माग गरेको छ ।

'नेपाल-भारत अवध मैत्री समाज' ले सोमबार पत्रकार सम्मेलनमार्फत घटनाको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न पनि नेपाल सरकारसँग अनुरोध गरेको छ ।
पुस ११ गते मुम्बईको काठ दोकानमा भएको आगलागीमा ७ नेपालीको मृत्यु र ३ घाइते भएका छन् । समाजका अध्यक्ष ईश्वरदयाल मिश्रले कामदारको परिवारको अवस्था अत्यन्त दयनीय भएकाले तत्काल राहत दिन आग्रह गरे ।
 

प्रकाशित : पुस १५, २०७१ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?