कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

ऋण मिनाहा गराउन राजनीतिक दवाव : गभर्नर नेपाल

धनकुटा — नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बैंकबाट लिएको ऋण मिनाहा गराउन राजनैतिक दवाव आउने गरेको भन्दै कुनै पनि दवावमा नपरी आफ्नो दायराको ऋण चुक्ता गराएरै छोड्न् दाबी गरेका छन् ।

ऋण मिनाहा गराउन राजनीतिक दवाव : गभर्नर नेपाल

गुरॉस लघुवित्त वित्तीय संस्था लिमिटेडको शुक्रबार सदरमुकाममा उद्‍घाटन गर्दै गभर्नर नेपालले उक्त कुरा बताएका हुन् । सीप र  जॉगर भएकालाई वित्तीय संस्थाहरुले ऋण उपलब्ध गराएर जीवन उत्थानमा टेवा पुर्‍याइरहेको भन्दै उनले बैंकको ऋण लिएर मिनाहा गराउन दवाव दिन नहुने बताए । वित्तीय संस्थाहरु जनतालाई शोषण गर्न नभएर वित्तीय सेवाका लागि स्थापना गरिने भएकोले सबै क्षेत्रको सहयोग र साथ हुनु पर्ने उनले जोड दिए ।

कतिपय ऋण लिएका व्यक्तिहरु राजनीतिक पार्टी परिवर्तन गर्दै मिनाहा गराउन दवाव दिने गरेको तीतो यथार्थता रहेको भन्दै उनले आफू कुनै पनि प्रभावमा नपर्ने उल्लेख गरे । ‘जुनसुकै दवावको पनि सामना गरिन्छ’, उनले भने, ‘राष्ट्र बैंकले जनताको पैसालाई सुरक्षा गर्ने छ ।’

अर्को प्रसंगमा गभर्नर नेपालले साहुसँग ऋण काढेर विदेशको मरुभूमिमा श्रम गर्न विदेशिने युवा जमातले स्वदेशमा नै बैंकबाट सहुलियत दरमा ऋण लिएर आयमूलक व्यवसाय गर्नु पर्ने सुझाव दिए । ‘यस कार्यका लागि हाम्रो सक्दो सहयोग हुने छ’, उनले भने ‘आउनोस् हामी सेवा गर्न तत्पर छौं ।’ बैंक तथा वित्तीय संस्थाले आफूले मात्र नाफा गर्नेभन्दा तल्ला वर्गका जनतालाई विश्वास दिलाई सेवा गर्नु पर्ने उनको भनाइ थियो । उनले ६८ प्रतिशत कृषि क्षेत्रमा सम्लग्न रहेकासहित ७८ प्रतिशत गरिबीको अवस्था रहेकोले उत्पादनमूलक कार्यमा वित्तीय संस्था तथा बैंकले लगानी गर्नु पर्ने सुझाए ।

यसैगरी मुलुकमा उत्पादन गरिने वस्तु समेत विदेशबाट निर्भर हुनु दुखद् पक्ष रहेको भन्दै चार महिनामा एक अरबको फलफूल र करोडौंको तरकारी विदेशबाट आयात भएको तथ्यांक प्रस्तुत गरे । ‘खै हाम्रो देश के मा दह्रिलो छ’, उनले भने, ‘हामी निराशालाई चिरेर उत्पादनमूलक कार्यमा अघि बढ्न जरुरी छ ।’

प्रकाशित : पुस २२, २०७३ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?