नेप्सेमा १७ अंकको सुधार

काठमाडौं — अघिल्लो दिनको तुलनामा मंगलबार सेयर बजार परिसूचक नेप्से करिब १७ अंकले बढेको छ । अघिल्लो दिन साढे ६५ अंकले घटेर १ हजार ३ सय ९ मा झरेको बजार मंगलबार बढेर १ हजार ३ सय २६ दशमलव ६० विन्दुमा उक्लेको हो ।

कारोबारमा आएका मध्ये बिमा र ‘अन्य’ बाहेक सबै समूहको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो । अघिल्ला पाँच दिनको करिब डेढ सय अंकले घटेको बजारमा लगानीकर्ताले लगानी बढाएपछि नेप्से बढेको विश्लेषकहरूको भनाइ छ ।

 करिब ४ हजार ४ सय कारोबारबाट १ सय ३७ कम्पनीका १७ लाख ४९ हजार ७ सय ९८ कित्ता सेयर खरिद बिक्री भए । उक्त कारोबारबाट ५२ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भए । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब १ करोड रुपैयाँले कम हो । उक्त दिन बजार पुँजीकरण १४ खर्ब ९२ अर्ब रुपैयाँ कायम भएको छ । ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापक सेन्सिेटिभ परिसूचक १ दशलमव ४१ प्रतिशतले र कारोबारमा रहेका सबै कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ फ्लोट परिसूचक १ दशमलव ३१ प्रतिशतले उकालो लागेको नेप्सेले जनाएको छ । 

उक्त दिन बिमा र ‘अन्य’ समूहको परिसूचक क्रमश: ० दशमलव ५ र ० दशमलव ०४ प्रतिशतले सकारात्मक रहे । तर, बैंकिङ समूहको परिसूचक २ दशमलव ०४, होटलको ६ दशमलव ६६, विकास बैंकको २ दशलमव २४, जलविद्युत्को ० दशमलव ८५, वित्त कम्पनीको १ दशमलव ४९ र उत्पादन तथा प्रशोधनको ० दशलमव ९२ प्रतिशतले बढे ।

प्रकाशित : माघ १९, २०७३ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?