कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नेप्से र कारोबार दुवै बढे

कान्तिपुर संवाददाता

काठमाडौं — अघिल्लो दिनको तुलनामा बिहीबार सेयर बजार परिसूचक नेप्से २७.०५ अंकले बढेर १ हजार ३ सय ४३.८५ बिन्दुमा उक्लेको छ । अघिल्लो दिन ४२ अंकले बढेको नेप्सेले अन्तिम कारोबार दिन पनि सोही प्रवृत्ति पछयाएको हो ।

उत्पादन तथा प्रशोधन समूह र ‘अन्य’ समूहबाहेक कारोबारमा आएका सबै समूहको परिसूचक बढेपछि नेप्से बढेको हो । 

हालसम्मको उच्चतम बिन्दु (१ हजार ८ सय ८१ बिन्दु) बाट नेप्से निकै तल ओर्लिएको र तरलता समस्या समाधान हुन लागेको संकेतका आधारमा लगानीकर्ताले बजारमा सेयर खरिद माग बढाएका छन् । यसले लगानीकर्ताको मनोबल बढाएकाले बजारमा सकारात्मक प्रभाव परेको विश्लेषकहरूले जनाएका छन् ।

प्रकाशित : फाल्गुन ६, २०७३ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?