२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

पूर्वाधार विकास बैंक स्थापना हुँदै

कान्तिपुर संवाददाता

काठमाडौं — सरकारले पूर्वाधार विकास बैंक बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले निजी क्षेत्रको संलग्नतामा पूर्वाधार विकास बैंक बनाउने निर्णय गरेको हो ।

सरकारले पूर्वाधार विकास बैंक बनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले निजी क्षेत्रको संलग्नतामा पूर्वाधार विकास बैंक बनाउने निर्णय गरेको हो । पूर्वाधार बैंक बनाउने चर्चा विगत लामो समयदेखि चल्दै आए पनि कार्यान्वयन हुन सकेको थिएन । तर, यसपटक भने सरकारले बैंक स्थापना गर्दा निजी क्षेत्रलाई पनि सहभागी बनाउने बताएको छ । यसअघि आर्थिक वर्ष ०७१/७२ को बजेट वक्तव्यमा सरकारी स्वामित्वमा सञ्चालित एनआईडीसी विकास बैंकलाई पूर्वाधार विकास बैंकका रूपमा परिमार्जन गरिने उल्लेख थियो ।

तर, यही सरकारले केही महिनाअघि एनआईडीसी विकास बैंकलाई राष्ट्रिय वाणिज्य बैंकसँग गाभ्ने निर्णय गरिसकेको छ ।

प्रकाशित : फाल्गुन १८, २०७३ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?