एसएडब्लूडीएफ र इसिमोडबीच समझदारी

कान्तिपुर संवाददाता

काठमाडौं — अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा दक्षिण एसियाली महिला विकास मञ्च (एसएडब्लूडीएफ) र एकीकृत पर्वतीय अन्तर्राष्ट्रिय विकास केन्द्र (इसिमोड) बीच यस क्षेत्रका साना तथा मझौला महिला उद्यमीको विकासका लागि सहकार्य गर्ने समझदारी भएको छ।

एसएडब्लूडीएफ र इसिमोडबीच समझदारी

दुई संस्थाबीच विद्यमान नीतिको अध्ययन र पुस्तिकासमेत प्रकाशन हुने जारी विज्ञप्तिमा उल्लेख छ। मञ्चका तर्फबाट अध्यक्ष प्रमिला आचार्य रिजाल र इसिमोडका तर्फबाट महानिर्देशक डेभिड मोल्डेनले समझदारी पत्र (एलओआइ) मा हस्ताक्षर गरेका छन्। पुस्तिका साना तथा मझौला महिला उद्यमीको अवसर र चुनौतीका बारेमा अध्ययन गर्दै नीतिमा नयाँ सिर्जनाका साथ अगाडि बढाउन सहयोग पुग्ने किसिमको ढाँचामा तयार पारिने जनाइएको छ। पुस्तिकाको अध्ययन १० देशहरू अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान, श्रीलंका, चीन, म्यानमारका महिलालाई समावेश गरिने जनाइएको छ।

प्रकाशित : फाल्गुन २६, २०७३ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?