सौर्यले जेट विमान थप्यो

काठमाडौं — आन्तरिक हवाई रुटमा जेट विमान उडाउँदै आएको सौर्य एयरलाइन्सले आइतबार ५० सिट क्षमताको दोस्रो विमान ल्याएको छ । यस एयरलाइन्सका प्रवन्ध निर्देशक गोपाल भट्टराईका अनुसार, सन् २००३ मा बनाइएको यो विमानको मूल्य १ अर्ब रुपैयाँ परेको छ ।

क्यानडाको बम्बार्डियर इन्कले उत्पादन गरेको यो विमान सिआरजे (क्यानडियन रिजनल जेट–२००) मोडल हो । १४ वर्षअघि यो विमान साउथ अफ्रिकन एक्सप्रेस एयरवेजका लागी बनाइएको थियो । नेपालको नियमले १५ वर्षसम्म उडेको पूरानो जहाज ल्याउन छुट छ ।   

प्रवन्ध निर्देशक भट्टराईका अनुसार, केही महिनायता यो विमान उक्त एयरवेजबाट एउटा अमेरिकी कम्पनीले खरिद गरेको थियो । त्यही कम्पनीबाट सौर्यले यो विमान खरिद गरेको उनले बताए । ‘अफ्रिकन कम्पनी हुदै अमेरिकी कम्पनीको स्वामित्वबाट हामीले खरिद गरेका हौं । यस्को इन्जिन ओभरहल (पुरै मर्मत ) गरेर जीरो आवरको राखिएको छ,’ उनले भने ।

सौर्यका अपरेशन म्यानेजर बिबेचन खनालका अनुसार, यो विमान फागुन २५ मा अमेरिकाबाट काठमाडौंका लागी ( फेरी उडान) उडाइएको थियो । अमेरिकाबाट क्यानडा, आइसल्याण्ड, फिनल्याण्ड, अजरबैजान हुँदै पाचौं दिनमा ५० सिटे विमानलाई तीन जना अमेरिकी पाइलटले आइतबार काठमाडौं अवतरण गराएका थिए ।

यसलाई नागरिक उड्डयन प्राधिकरणले नाइनएन–एएमई रजिष्ट्रेशन नम्बर दिएको छ । नेपाली आकासमा उड्नेमध्येको सबैभन्दा कान्छो एयरलाइन्सले ०७१ मंसिर १ गतेदेखी काठमाडौं–बिराटनगर–काठमाडौं (सुगम रुट) मा चार्टर उडान थालेको थियो । प्राधिकरणको नियम अनुसार, एउटा मात्रै विमान भएको एयरलाइन्सले सेडियुल (तालिका) उडान भर्न पाइदैन् ।

सौर्यका मार्केटीङ्ग प्रमुख मुकेश खनालका अनुसार, अबको एक महिनाभित्र सौयले अन्य एयरलाइन्सले जस्तै सेडियुल उडान गर्ने छ । उनका अनुसार, एउटा जहाजमार्फत भद्रपुर, बिराटनगर र नेपालगंजमा मात्रै उडान भर्दै आएको यस एयरलाइन्सले अब धनगढी, भैरहवा र विराटनगरमा नियमित उडान गर्ने जनाएको छ  । उनले सौर्यले अब माउन्टेन (पर्वतीय) उडान पनि थाल्ने जनाएको छ ।

दोस्रो सिआरजे विमान थपिएसँगै थप ६ जना नया पाइलट भर्ना गरिने प्रक्रिया थालिसकेको कम्पनीले जनाएको छ । जेट इन्जिन भएकाले यो विमानले अन्य ट्रब्रोप्रोप इन्जिन भएका विमानको दाजोमा १५ मिनेट हाराहारी चाडो पुर्‍याउँछ ।

 

 

प्रकाशित : फाल्गुन २९, २०७३ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेपालगन्जस्थित सिखर प्लाई उद्योगमा आगलागी

कान्तिपुर संवाददाता

नेपालगन्ज — नेपालगन्ज औद्योगिक क्षेत्रभित्र रहेको शिखर प्लाई उद्योगमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी हुँदा मेसिन, उत्पादित सामग्री र कच्चा पदार्थ लगायतमा ठूलो क्षती भएको प्रहरीले जनाएको छ । करिब ५ बजेर १७ मिनेटदेखि भएको आगलागी आइतबार राती अबेरसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।



प्रहरीका अनुसार व्यावसायी चम्पालाल गोथाराले संचालन गरेको कारखानामा आगलागी भएको हो । नेपालगन्ज नगरपालिकाको दमकलले आगो निभाउन नसकेपछि बर्दियाबाट ल्याइएको अर्को दमकल, नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी तथा स्थानीयले प्रयास गरिरहेका छन् ।

आगलागीबाट ठूलो क्षती भएको र हालसम्म नियन्त्रणमा आउन नसकेकाले क्षतीको विवरण एकिन नभएको प्रहरी निरीक्षक बिरबहादुर थापाले बताए । कारखानाले शिखर प्लाई उत्पादन गरी मध्य तथा सुदूरपश्चिमका साथै मुलुकका अन्य स्थानमा समेत पुर्‍याउने गरेको छ ।   

 

प्रकाशित : फाल्गुन २९, २०७३ २०:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT