१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

उद्योग वाणिज्य महासंघमा शेखर गोल्छाको उम्मेदवारी घोषणा

अमृता अनमोल

बुटवल — उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि गोल्छा समूहले आज बुटवलमा उम्मेदवारी घोषणा गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा चन्द्र प्रकाश ढकाल र कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधानको नाम सार्वजनिक गरेको हो ।

उद्योग वाणिज्य महासंघमा शेखर गोल्छाको उम्मेदवारी घोषणा

उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि गोल्छा समूहले आज बुटवलमा उम्मेदवारी घोषणा गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा चन्द्र प्रकाश ढकाल र कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधानको नाम सार्वजनिक गरेको हो ।

संस्थापक सदस्य उद्योग वाणिज्य संघको उमेदवारी घोषणा कार्यक्रममा कार्यकारी सदस्यको पदमा बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुरेन्द्र श्रेष्ठलाई सदस्यका रुपमा सार्वजनीक गरिएको छ । वरीष्ठ उपाध्यक्षका उमेदवार गोल्छाले अध्यक्ष भवानी राणाको कार्यकाल सफल बनाउन र सरकारसंग मिलेर विभिन्न उद्योग,व्यापारसंग सम्बन्धित विभिन्न ऐनलाई पारित र कार्यान्वयन गराउन आफ्नो उमेदवारी रहेको बताउनुभयो ।

उम्मेदवारका अन्य आकांक्षीहरुले उद्योग वाणिज्य संघको सस्थागत विकास, पारदर्शिता, सरकारसंगको सहकार्य, राज्यका हरेक क्षेत्रमा निजी क्षेत्रको भुमिका बढाउन उमेदवारी दिएको बताएका थिए । उमेदवार घोषणा कार्यक्रममा वर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष भवानी राणा पूर्व अध्यक्ष चण्डीराज ढकाल लगायतको सहभागीता थियो ।

उद्योग वाणिज्य महासंघको सवलीकरण र निजी क्षेत्रको विकासमा मोफसलले गरेको भूमिकाको सम्मानस्वरुप बुटवलबाट उम्मेदवारी घोषणा गरेको प्यानलले जनाएको छ ।

प्रकाशित : चैत्र ६, २०७३ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?