कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

माछापालनमा आकर्षण

दमक — झापामा व्यावसायिक माछापालक किसान बढेका छन् । जिल्लामा १ हजार २ सयभन्दा बढी किसान माछापालन व्यवसायमा लागेका छन् । जिल्लामा हाल ३ सय १० हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै आएकोमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा दुईवटा ब्लकमा माछापालन गरिने भएको छ ।

यसअन्तर्गत बैगुनधुरा र तोपगाछी गाविसलाई माछा ब्लक तोकिएको छ । यी दुई गाविसको ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक माछापालन गरिने कृषि विकास कार्यालयका प्राविधिक सहायक शालिकराम भट्टराईले बताए । परियोजनाअन्तर्गत ब्लकमा रहेर माछापालनका लागि कृषक उद्यमी, कृषक समूह र कृषि सहकारीका तर्फबाट कार्यालयमा ३० वटा निवेदन परेको भट्टराइले जानकारी दिए । ‘निवेदनहरूमाथि अध्ययन गर्ने काम भइरहेको छ ।

चाँडै फिल्ड भिजिट सकेर चैतभित्रै कृषकहरूसँग सम्झौता गर्ने तयारी छ,’ भट्टराईले भने, ‘वैशाखदेखि हामी पोखरी खन्ने काममा लाग्नेछौं ।’ कृषि विकास कार्यालयका अनुसार जिल्लामा १ हजार ७२ टन माछा उत्पादन हुन्छ ।

प्रकाशित : चैत्र ७, २०७३ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?