कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

इन्धन तस्करी रोक्न कडाइ

विराटनगर — आयल निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालयले भारतीय सीमावर्ती क्षेत्रका पम्पमा कडाइ गरेको छ । भारत र नेपालबीचको मूल्य अन्तरले इन्धन तस्करीको आशंका गर्दै नियन्त्रका लागि कडाइ गरेको हो ।

नेपालको तुलनामा भारतमा डिजेल प्रतिलिटर २० र पेट्रोल १३ रुपैयाँ महँगो भएपछि तस्करी बढेको आशंका बढेको छ । क्षेत्रीय प्रबन्धक भानुभक्त खनालले त्यस क्षेत्रका पम्पको अनुगमन गर्दा आधिकारिक रूपमा डिजेल, पेट्रोल भारत गएको नभेटिए पनि सम्भावित तस्करीलाई नियन्त्रण गर्न पम्पलाई कडाइ गरिएको बताए ।

मोरङ, सुनसरी, झापा र सप्तरीका सीमावर्ती क्षेत्रका पम्पमा निगरानी बढाइएको छ ।

केहीअघि दैनिक सरदर ८ सय किलोलिटर डिजेल र अढाई सय किलोलिटर पेट्रोल वितरण हुन्थ्यो । हाल सरदर ६ सय किलोलिटर डिजेल र डेढ सय किलोलिटर पेट्रोल मात्र बजारमा वितरण गर्दा पनि कतै अभाव नभएको खनालले बताए ।

‘मूल्य अन्तरका कारण भारतीय नम्बर प्लेटका ट्रक र अन्य हलुका सवारीका साधन फर्कने समयमा बढी तेल हालेर फर्कने क्रम बढेको थियो,’ उनले भने, ‘हाल एउटा ट्रकलाई फर्कने समयमा ५० लिटरभन्दा बढी डिजेल नदिने मापदण्ड बनाएपछि भारत पुग्ने तेलको मात्रा घट्न थालेको हो ।’

प्रकाशित : चैत्र २२, २०७३ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?