राजस्व संकलन ३२ प्रतिशतले बढ्यो

काठमाडौं — गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म राजस्व संकलन ३२ प्रतिशतले बढ्यो । यो चालु आर्थिक वर्षको लक्ष्यको तुलनामा १ सय ४ प्रतिशतले प्रगति भएको आन्तरिक राजस्व विभागले जनाएको छ । बिहीबार विभागद्वारा जारी विज्ञप्तिमा यस्तो उल्लेख छ ।

विभागको तथ्यांकअनुसार ०७३ चैतसम्म १ खर्ब ७२ अर्व १७ करोड ४ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन भएको छ । उक्त अवधिमा सरकारले १ खर्व ६५ अर्ब १६ करोड ४ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । 

क्षेत्रगत (शीर्षकगत) रूपमा पनि राजस्व संकलन बढेको विभागले जनाएको छ । जसमध्ये आयकरमा ९५ अर्व ३९ करोड ५६ लाख, मूल्य अभिवृद्धि करमा ४३ अर्ब ५ करोड ४६ लाख र अन्त:शुल्कमा ३२ अर्व ३६ करोड ४५ लाख रुपैयाँ संकलन भएको विज्ञप्तिमा उल्लेख छ । ‘ती शीर्षकहरूमा भएको वृद्धि रकम लक्ष्यको तुलनामा आयकरतर्फ (आयकर, बहालकर, ब्याजकर गरी) १ सय ७ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ ९९ प्रतिशत र अन्त:शुल्कतर्फ १ सय ४ प्रतिशत छ,’ विज्ञप्तिमा भनिएको छ । 

उक्त अवधिमा शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा करमा क्रमश: ५९ करोड ४४ लाख र ७६ करोड ११ लाख रुपैयाँ संकलन भएको छ । शिक्षा सेवा शुल्कतर्फ लक्ष्यको तुलनामा ९५ प्रतिशत र स्वास्थ्य सेवा करतर्फ लक्ष्यको तुलनामा ८६ प्रतिशत संकलन भएको छ । गत वर्षको तुलनामा आयकर वृद्धिदर ३२ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २६ प्रतिशत, अन्त:शुल्कको वृद्धिदर ३९ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २५ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर ३१ प्रतिशत रहेको विभागले बताएको छ । चैतसम्मको उपलब्धिका आधारमा चालु आर्थिक वर्ष राजस्वको वार्षिक लक्ष्य पूरा हुने विभागले जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ३३ अर्व ६० करोड १५ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तय गरेको थियो ।

प्रकाशित : वैशाख ७, २०७४ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?