२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

५० अंकले उक्लियो नेप्से

काठमाडौं — अघिल्ला ४ दिन निरन्तर रूपमा घटेको नेप्से बुधबार ५० अंकले उकालो लागेको छ । योसँगै सेयर बजार मापक नेप्से परिसूचक १ हजार ६ सय ६२.०२ विन्दुमा पुगेको छ । उक्त दिन बजार खुलेदेखि नै उकालो लागेको नेप्से मध्याहनमा केही सुस्ताए (घटेको) को थियो ।

५० अंकले उक्लियो नेप्से

त्यसपछि पुन: उकालो लागेको नेप्से अन्तत: ४९.९८ अंकले बढ्यो । अघिल्लो दिनको तुलनामा बुधबार सेयर बजार ३.१० प्रतिशतले बढेको छ । कारोबारमा आएकामध्ये ‘अन्य’ बाहेक सबै समूहको परिसूचक उच्च अंकले बढेपछि समग्र नेप्सेको वृद्धिमा मद्दत पुगेको हो ।

करिब साढे ७ हजार कारोबारबाट १ सय ४२ कम्पनीका १८ लाख २ हजार ४ सय ६७ कित्ता सेयर किनबेच भए । कारोबारमा आएकामध्ये १ सय १८ कम्पनीको सेयर मूल्य बढ्यो, १९ कम्पनीको घट्यो र बाँकी ५ कम्पनीको सेयर मूल्य स्थिर छ । उक्त दिन ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.०९ प्रतिशत बढेर ३ सय ५९.०१ अंक पुगेको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । बुधबार १ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने कुल बजार पुँजीकरण १९ खर्ब १६ अर्ब पुगेको छ ।

कारोबारमा आएका सबै होटलहरूको सेयर मूल्य बढेसँगै होटल समूहको परिसूचक पनि ४.१६ प्रतिशतले बढ्यो । यसैगरी विकास बैंक समूहको परिसूचक ३.७, जलविद्युत्को ३.५७, बिमाको ३.५, बैंकिङको ३.३, वित्त कम्पनीको २.३६ र उत्पादन तथा प्रशोधनको ०.४४ प्रतिशतले उकालो लागे । तर, ‘अन्य’ समूहको परिसूचक ०.१७ प्रतिशत घट्यो । 

प्रकाशित : वैशाख ७, २०७४ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?