१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेप्से साढे ३ अंकले गिरावट

काठमाडौं — अघिल्लो दिनको तुलनामा सेयर बजार मापक नेप्से परिसूचकमा ३.६८ अंकको गिरावट आएको छ । बुधवार ५० अंकको वृद्धि सहित १ हजार ६ सय ६२.०२ मा बन्द भएको नेप्से विहीवार १ हजार ६ सय ५८.३४ विन्दुमा झरेको छ । परिसूचक घटेपनि कारोबार रकम करिब साढे २९ प्रतिशतले बढेको छ । कारोबारमा आएकामध्ये होटल, बीमा र ‘अन्य’ बाहेक सबै समूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको थियो ।

करिब साढे ८ हजार कारोबारबाट १ सय ४३ कम्पनीका १८ लाख १७ हजार २ सय ४५ कित्ता शेयर किनबेच भए । ती किनबेचबाट १ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम कारोबार रकम ३१ करोड ७८ लाख रुपैयाँले बढी हो । यो सँगै सेयर बजार पुँजीकरण बजारको १९ खर्ब १२ अर्ब रुपैयाँ कायम भएको छ । कारोबारमा आएकामध्ये ५० कम्पनीको सेयर मूल्य बढ्यो, ७६ कम्पनीको घट्यो र १७ कम्पनी स्थिर रहयो ।

बिहीबार ‘अन्य समूहको परिसूचक ०.५२ प्रतिशतले, बीमाको ०.३९ प्रतिशतले र होटलको ०.३५ प्रतिशत सकारात्मक रहे । तर, विकास बैक समूहको परिसूचक ०.४२, वित्त कम्पनीको ०.९६, बैकिङ समूहको ०.४१, उत्पादन तथा प्रशोधनको ०.२५ र जलविद्युतको ०.१२ प्रतिशत ऋणात्मक रहे ।

प्रकाशित : वैशाख ८, २०७४ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?